Thursday, February 28, 2013

भुवनलाई पछ्याउँदै धनगढी क्रिकेट लिग


दुई दशकअघि फर्केर हेर्ने हो भने राजधानीमा लिग क्रिकेट भएको तथ्य फेला पारिन्छ। यसमा संलग्नहरू काठमाडौं क्रिकेट लिगको 'फ्ल्यास ब्याक' मा निकै रमाउँछन्। मोरङमा पनि क्रिकेट लिग सञ्चालन भएको पछिल्लो पुस्तालाई पनि थाहा छ। यो सबै नेपाली क्रिकेटमा दन्त्यकथा बनिसकेको छ।
लिग क्रिकेट कुनै पनि देशको मेरुदण्ड मानिन्छ। दुर्भाग्य नै भन्नुपर्छ नेपालले सन् १९९६ देखि आधिकारिक अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न लागेयता क्षेत्रीयस्तरमा हुने लिग क्रिकेट पनि हराएका छन्। अघिल्लो साता सम्पन्न धनगढी क्रिकेट क्रिकेट लिगले क्षेत्रीय क्रिकेट लिगको सम्भावना ब्युँत्याएको छ। अझको यसको सफलताले नेपाली क्रिकेटलाई सम्भावनाको बाटो देखाएको छ। 

Sunday, February 24, 2013

भुवन आइपिएलमा जाने


स्पिनर भुवन कार्कीले इन्डियन प्रिमियर लिग (आइपिएल) को टोली राजस्थान रोयल्समा एक महिना प्रशिक्षण गर्ने भएका छन्। नेपाली क्रिकेटका प्रमुख प्रशिक्षक पुबुदु दासानायकेले भुवनलाई राजस्थानसँग भारतको जयपुरमा प्रशिक्षण गर्ने व्यवस्था मिलाएका हुन्। 
मार्च २२ मा सुरु हुने प्रशिक्षणका लागि भुवन मार्च दोस्रो वा तेस्रो सातासम्म पुगिसक्ने दासानायकले बताए। आइपिएलको छैटौं संस्करण अप्रिल ३ मा सुरु हुनेछ। राजस्थानले दिल्लीमा गएर डेयरडेभिल्ससँग अप्रिल ६ मा पहिलो खेल खेल्नेछ भने जयपुरको घरेलु मैदानमा कोलकाता नाइट राइडर्ससँग ८ मा खेल्नेछ।

Friday, February 22, 2013

ट्वान्टी–२० सँगै जोडिएको लक्ष्य


'ट्वान्टी–२० हेरेपछि एकदिवसीय क्रिकेट निकै सुस्त लाग्छ,' प्रशिक्षक पुबुदु दासानायके कप्तान पारस खड्कासँग आफ्नो विचार राख्दै थिए। काठमाडौंमा हुने एसिसी ट्वान्टी–२० कपको एकमहिने उल्टो गणना सुरु भइसकेको छ। नेपाली टोली त्यसैमा केन्द्रित हुँदा दासानायकेसामु भने आउँदो एक वर्षको लक्ष्य छ।
उनको 'ल्यापटप' नेपाली क्रिकेटको योजनाले भरिएको छ। यस सिजनमा नेपाली क्रिकेट निकै व्यस्त छ। नेपालले देखेको विश्वकप सपनाको बाटो पनि यो समयमै परेको छ। एसिसी ट्वान्टी–२० ले अर्को वर्ष बंगलादेशमा हुने विश्व ट्वान्टी–२० को पनि ढोका खोल्नेछ। त्यस्तै अप्रिल–मेमा हुने विश्व क्रिकेट लिग डिभिजन–३ ले २०१५ को एकदिवसीय विश्वकपको बाटो देखाउने छ।
तस्विरः विकास कार्की/नागरिक

Saturday, February 9, 2013

पचासौं 'क्याप' मा सागर


राष्ट्रिय टोलीमा पहिलोपल्ट अवसर दिँदा धेरैलाई भविष्यको खेलाडी भनेर चित्रित गरिन्छ। सागर थापा नेपाली फुटबलको थोरै यस्ता खेलाडी हुन्, जो राष्ट्रिय टोलीमा 'डेब्यु' गर्नुअघि नै स्थापित भइसकेका थिए। शनिबार पाकिस्तानविरुद्ध मैत्रीपूर्ण शृंखलाको दोस्रो खेलमा उत्रँदा ५० अन्तर्राष्ट्रिय 'क्याप' जित्नुमा सागरको मुख्य आधार नै यही हो।
राष्ट्रिय टोलीमा पर्नुअघि नै सागर घरेलु फुटबलमा 'हट केक' बनिसकेका थिए। फ्रेन्ड्स क्लबले बुटवलमा २०५८ सालको तिलोत्तमा गोल्डकप जित्दा सागरले विद्यालयको पढाइ पनि सकेका थिएनन्। त्यसको अर्को वर्ष सन् २००३ मा दक्षिण कोरियामा भियतनामविरुद्ध इन्चेन रंगशालामा एसिया कपको छनोट चरण खेल्दा सागरले पहिलोपल्ट नेपाली राष्ट्रिय टोलीको जर्सी लगाए। ४३औं मिनेटमा अनन्त थापाको स्थान लिँदै सागर मैदानमा छिरेका थिए।