Sunday, August 24, 2014

उत्कृष्ट बलरको ब्याटिङ विश्वास

जितेन्द्रसिंह ठकुरी एसिसी यु–१६ प्रिमियर क्रिकेटमा उत्कृष्ट बलर भए। उनी दुई वर्षदेखि रिकेश लामाको प्रशिक्षणमा छ। उनका प्रशिक्षक लामाको रहर भने जितेन्द्रलाई फेरि तेस्रो नम्बरमै ब्याटिङ गराउने छ।
मलेसियामा बुधबार सम्पन्न प्रतियोगिता जित्दै नेपालले एसियाली क्रिकेट परिषद (एसिसी) को सबै प्रतियोगिता जित्ने कीर्तिमान बनाउँदा जितेन्द्र ५ खेलमा केवल ३.७३ को औसतमा १५ विकेट लिँदै उत्कृष्ट बलरमा चुनिएका हुन्। थाइल्यान्डसँग पहिलो खेलमै ५ विकेट लिँदै उनले व्यक्तिगत र नेपालका राम्रो सुरुआत दिलाए।
जितेन्द्र सिंह ठकुरी । तस्विरः एसिसी

Friday, August 22, 2014

नेपालका प्रशिक्षकको पहिलो उपाधि

नेपालको पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न जाँदा वसन्त शाहीलाई निकै ख्याति कमाउँला भन्ने थियो। कमै अवसर पाए, जसले उनलाई औसत खेलाडीमा मात्र चिनायो। सन् १९९६ मा मलेसियामा भएको एसिसी ट्रफी क्रिकेटपछि शाहीले नेपालको प्रतिनिधित्व गर्नै पाएनन्।
१८ वर्षपछि शाहीले प्रशिक्षकका रूपमा नेपाललाई डोर्‍याउने अवसर पाए। गन्तव्य उही मलेसिया थियो, लक्ष्य फरक। एसिसी यु–१६ प्रिमियर लिग, जुन नेपालले एसियाली क्रिकेट परिषद (एसिसी) को उमेर समूहमा जित्न नसकेको एकमात्र प्रतियोगिता जितेर ल्याउनु थियो।
वसन्त शाही

Wednesday, August 20, 2014

नेपाली यु–१६ टोली इतिहास रच्न केन्द्रित

नेपाल र मलेसियाबीच किनरारा ओभलमा हुने खेल एसिसी यु–१६ प्रिमियर क्रिकेटको अन्तिम खेल हो। तर यसले उपाधि छिनोफानो गर्ने हुनाले फाइनलसरह भएको छ।
नेपालले मलेसियामै जारी प्रतियोगितामा चार खेल जितिसकेको छ। बहराइनसँग पहिलो खेलमा वर्षाका कारण निराशा भोगेको मलेसिया पनि बाँकी ३ खेल जितेर उपाधि मुखमा उभिएको हो। प्रतियोगितामा सहभागी ६ टोलीले राउन्ड रोबिनमा एकअर्कासँग खेलेपछि विजेता छानिने छ।
कप्तानद्धय मलेसियका वीरनदिप सिंह र नेपालका सुमित महर्जन। तस्विरः एसिसी

Monday, August 18, 2014

'फुच्चे' को करामत

'यो फुच्चेले नेपाली क्रिकेट टोलीको नाक राख्छ।'
नेपाली यु–१६ क्रिकेट टोलीका सहायक प्रशिक्षक राजु बस्न्यातले केही समयअघि १३ वर्षीय स्पिनर अनिल खरेलको खेल कौशलबारे प्रतिक्रिया दिँदै भनेका थिए।
अनिलले प्रशिक्षकको विश्वासलाई सही साबित गरेर देखाएका छन्।
मलेसिया जानु अघि कीर्तिपुरमा भएको अभ्यास क्रममा अनिल खरेल

Tuesday, August 12, 2014

नेपाली प्रशिक्षक नै किन?

टिप्पणी
क्रिकेटका क्यानाडेली प्रशिक्षक पुबुदु दासानायकेको नेपाली क्रिकेटसँगको सम्बन्ध अन्योल रहेको अवस्थामा राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव युवराज लामाले नेपाली प्रशिक्षकमै विश्वास देखाउनुपर्ने समय आएको बताएका छन्।
एसिसी यु–१६ प्रिमियर लिग खेल्न जान लागेको नेपाली टोलीको बिदाइमा उनले यस्तो धारणा राखेका हुन्। वसन्त शाही र राजु बस्न्यातको प्रशिक्षणमा नेपाली टोलीले मलेसियामा बिहीबार सुरु हुने प्रतियोगितामा प्रतिस्पर्धा गर्दैछ। पूर्वराष्ट्रिय खेलाडीद्वय शाही र बस्न्यात दुवैको अन्तर्राष्ट्रिय प्रतियोगितामा यो पहिलो प्रशिक्षण अनुभव हुनेछ।
प्रशिक्षक जगत टमाटा एसिसी यु–१९ एलिट कपका दौरान थाइल्यान्डमा

Tuesday, August 5, 2014

तयारी कम, उत्साह बढी

यु–१६ एसिसी प्रिमियर लिग
एसिसी यु–१६ नेपालले जित्न नसकेको क्रिकेट प्रतियोगिता हो। मलेसियामा अर्को साता सुरु  एसिसी प्रिमियर लिगको तयारी हेर्ने हो भने नेपालले यसपल्ट पनि जित्ने सम्भावना कम देखिन्छ।
नेपाल क्रिकेट संघ (क्यान) ले आर्थिक संकटमा रहेको जनाउँदै यु–१६ को राष्ट्रिय प्रतियोगिता नै गरेन। राष्ट्रिय प्रतियोगिताबिनै नेपालले कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा खेल्न लागेको पहिलोपल्ट हो। आ–आफ्नो जिल्लामा खेलेको अनुभवमै अन्तर्राष्ट्रिय प्रतियागितामा क्षमता देखाउने जिम्मेवारी यु–१६ टोलीले पाएको छ।
स्पिनर आशिष पोखरेल इन्डोर अभ्यासका क्रममा बलिङका लागि तयार हुँदै।