नेपालको पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न जाँदा वसन्त शाहीलाई निकै ख्याति कमाउँला भन्ने थियो। कमै अवसर पाए, जसले उनलाई औसत खेलाडीमा मात्र चिनायो। सन् १९९६ मा मलेसियामा भएको एसिसी ट्रफी क्रिकेटपछि शाहीले नेपालको प्रतिनिधित्व गर्नै पाएनन्।
१८ वर्षपछि शाहीले प्रशिक्षकका रूपमा नेपाललाई डोर्याउने अवसर पाए। गन्तव्य उही मलेसिया थियो, लक्ष्य फरक। एसिसी यु–१६ प्रिमियर लिग, जुन नेपालले एसियाली क्रिकेट परिषद (एसिसी) को उमेर समूहमा जित्न नसकेको एकमात्र प्रतियोगिता जितेर ल्याउनु थियो।

वसन्त शाही |
बुधबार मलेसियामा सबै ५ खेल जितेर नेपालले एसिसीको उमेर समूहको प्रतियोगितामा वर्चस्व कायम राख्दा शाहीले अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता जित्ने पहिलो घरेलु प्रशिक्षकको इतिहास बनाइसकेका थिए। 'नेपाली प्रशिक्षकले उपाधि दिलाउनु नेपाली क्रिकेटकै लागि राम्रो संकेत हो, अन्य नेपाली प्रशिक्षकलाई पनि यसले ठूलो बल प्रदान गर्नेछ,' शाही नेपाली प्रशिक्षकप्रति जोड दिँदै भन्छन्, 'घरेलु प्रशिक्षक कमजोर कोही छैनन्, मौका नपाएका मात्र हुन्।'
मलेसियामा शाहीलाई खेलाडीका रूपमा लैजाने नेपाली प्रशिक्षक नै थिए, सुनोज भट्टराई। त्यसयता नेपाली प्रशिक्षकले कमैमात्र टोली हाँक्ने अवसर पायो। भट्टराईकै प्रशिक्षणमा नेपाल १९९९ मा यु–१९ एसिया कपको फाइनलमा पुग्दै पहिलोपल्ट विश्वकपमा छानियो। नेपालको पहिलो अन्तर्राष्ट्रिय टोलीका अर्का सदस्य जगत टमाटाले २०११ मा एसिसी यु–१९ एलिट र आइसिसी यु–१९ विश्वकप छनोटमा नेपाललाई फाइनलसम्म डोर्याए। घरेलु प्रशिक्षककै बलमा नेपाल आइसिसी यु–१९ विश्वकपमा छानियो। दुई वर्षअघि एसिसी यु–१६ एलिटमा नेपाली प्रशिक्षक मन्जुर आलम खान थिए। नेपाल फाइनलसम्म पुग्यो।
घरेलु प्रशिक्षकले कुनै उपाधि उचाल्न भने सकेका थिएनन्। नेपालले यसअघि जितेको सबै १४ उपाधि विदेशी प्रशिक्षककै कार्यकालमा थियो। शाही उपाधि दिलाउने पहिलो प्रशिक्षक बन्दै २००९ देखि उमेर समूहमा कुनै उपाधि जित्न नसकेको नेपालको खडेरी पनि चिरे। नेपाली प्रशिक्षकले उत्पादन गरेका खेलाडीले सफलता दिलाएको प्रसंग कोट्याउँदै उनले ठूलो प्रतियोगिता खेल्दा भने नेपाललाई विदेशी प्रशिक्षक आवश्यक पर्ने बताउँछन्।
एसिसी यु–१६ एलिट नामले यसअघि प्रतियोगिताको दुवै संस्करणमा नेपाल फाइनलमै पराजित भएको थियो। मलेसियासँग सन् २०१२ मा नेपाल १ विकेटको पराजित भयो। 'विगतमा पनि नेपालले नराम्रो खेलेको होइन, भाग्यले साथ नदिएको मात्र हो,' शाहीले आफ्नो सफलताको कारण खुलाए, 'हाम्रो तयारी छोटो थियो, तर खेलाडीलाई जतिसक्दो अनुभव दिलाएर उतार्दा सफलता पायौं।'
खेलाडीदेखि प्रशिक्षकसम्म
सन् १९९६ मा एसिसी ट्रफीमा नेपाली टोली समूह चरणबाटै बाहिरिँदा अनुभव बटुलेर घर फर्कियो। शाहीले नेपालबाट सबैभन्दा बढी ८ विकेट लिए। १९९८ र २००० को एसिसी ट्रफीमा पनि शाही बन्द प्रशिक्षणमा हुन्थे, तर अन्तिममा उनको नाम हुन्थेन। छनोट प्रक्रिया बुझ्न नसकेका शाहीका लागि राष्ट्रिय टोलीको ढोका बन्द भइसकेको थियो।
राष्ट्रिय प्रतियोगितामा पनि शाही उत्कर्षमा रहेर बिदा भए। २०५७ मा उनले आफ्नै कप्तानीमा कपिलवस्तुलाई जय ट्रफी राष्ट्रिय प्रतियोगिताको अन्तिम संस्करण दिलाए। शाही पर्सासँगको फाइनलमा उत्कृष्ट खेलाडी थिए। त्यसको केही समयपछि उनी आफूले सिकेको अरुलाई सिकाउनेतिर लागे। 'खेलाडीका रूपमा मैले जुन मौका पाएँ, त्यसलाई सदुपयोग गरें, अहिले प्रशिक्षकमा जुन अवसर पाएँ, त्यसलाई पनि सदुपयोग गरंे,' शाही भन्छन्, 'खेलाडी हुँदा मैले जति पनि खेलंे इज्जतसाथ खेलें, कहिल्यै १२औं खेलाडी भइनँ।' उनी प्रशिक्षकमा पनि आफ्नो यात्रा त्यसरी नै अगाडि बढिरहेको ठान्छन्।
बीचमा लगातार ६ वर्ष छनोटकर्ता हुँदा शाही प्रशिक्षकको भूमिकाको चहलपहलबाट बाहिर रहे। छनोटकर्ता भएकाले क्षेत्रीय टोली पनि हेर्न नपाउँदा जिल्लामा भने उनी प्रशिक्षककै भूमिकामा हुन्थे। राष्ट्रिय खेलकुद परिषदले स्वयंसेवक प्रशिक्षक कोर्स गराउँदा क्रिकेटबाट ७ जना सहभागी थिए। ६ जनाले पहिलो श्रेणीमा पास गर्दा शाहीले डिस्टिङ्सन ल्याए।
२०१० मा नेपालमै एसिसी लेभल १ को प्रशिक्षण कोर्स गरेका शाहीले दुई वर्षपछि सिंगापुरमा एसिसी लेभल २ पनि सिध्याए। भैरहवाका शाही स्थानीय तिरुपति क्लबका अध्यक्ष पनि हुन्। क्लबका खेलाडीलाई प्रशिक्षण पनि दिन्छन्। शाहीकै उत्पादन हुन् महिला क्रिकेटर इन्दु वर्मा र प्रतीक्षा बस्याल। शाहीले बुटबलमा एपेक्स स्कुलसँग मिलेर एपेक्स क्रिकेट एकेडेमी चलाएका छन्। त्यही एकेडेमीबाट इन्दु र प्रतीक्षा निस्किए।
शाही भैरहवामा पछिल्लो समय महिला खेलाडीलाई प्रशिक्षण दिन केन्द्रित छन्। 'म अझै खेलाडी निकाल्न लागिपरेको छु, अब केटा खेलाडीमा पनि विशेष ध्यान दिन्छु,' शाही आफ्नो प्रतिबद्धता जनाउँछन्। शाहीको पछिल्लो खोज अनिल खरेल रहे। जसले मलेसियामै शाहीकै प्रशिक्षणमा १३ विकेट लिएर 'मोस्ट प्रोमिसिङ प्लेयर' को उपाधि पाए। नेपाली टोलीका कान्छा सदस्य अनिलको सफलताले शाहीको परिचय अझ फराकिलो बनाइदिएको छ।
उनकै प्रशिक्षणमा गत वर्ष भैरहवा यु–१९ महिला राष्ट्रिय प्रतियोगिताको फाइनल पुग्यो। विराटनगरसँग फाइनलमा पराजित भए पनि शाहीले हिम्मत हारेनन्। त्यतिखेर नेपाललाई पहिलो उपाधि दिलाउने घरेलु प्रशिक्षक बन्छु भनेर शाहीले सायदै सोचेका थिए।

नागरिक राष्ट्रिय दैनिकमा २०७१ भदौ ६ गते प्रकासित
No comments:
Post a Comment