भारत, पाकिस्तान जस्ता राष्ट्रसँग खेल्न पाउनुको चुनौती नेपाली टोलीका कप्तान भुवन कार्कीले राम्रोसँग बुझेका छन्। शनिबार युएईमा सुरु हुने एसिसी यु–१९ एसिया कपमा उनले अर्को चुनौती पनि देखेका छन्।
नेपाली राष्ट्रिय टोली ट्वान्टी–२० विश्वकपमा छनोट भएपछि त्यसको प्रभाव यु–१९ टोलीसम्म परेको भुवनको बुझाइ छ। 'नेपाल ट्वान्टी–२० को विश्वकपमा प्रवेश गरेको छ, एकदिवसीय विश्वकपनजिक छ, सबैले भविष्यको नेपाली टोली भनेर हामीलाई हेरिरहेका छन्। राष्ट्रिय टोलीअनुरुपकै प्रदर्शन गर्ने दबाब हामीसँग छ,' भुवन भन्छन्।

यसै वर्ष मलेसियामा भएको एसिसी यु–१९ इलिट कपमा बहराइनविरुद्ध बलिङ गर्दै नेपाली कप्तान भुवन कार्की । तस्बिरः एसिसी |