नेपालले यस पटक जस्तो एसिसी यु–१६ इलाइट कप जित्ने अबसर
फेरी नपाउला। मलेसियामा भएको प्रतियोगितामा नेपाल उपाधि जितेर एसियाली क्रिकेट
परिषद (एसिसी) को प्रतियोगितामा 'क्लीन स्वीप' तर्फ अगाडी बढेको थियो।
फाइनल खेल्नु अगाडी नेपालले समूह चरणका चार र सेमिफाइनल गरी सवै ५ खेल जितेको
थियो। मलेसियालाई समूह चरणमा पराजित गरिसकेकाले नेपालले उपाधि जित्ने धेरैको
अनुमान र विश्वास थियो।
किनरारा मैदानमा टस जितेको नेपाल ३३ ओभरमा १ सय १७
रनमा अलआउट भयो। ओपनर विरनद्धिप सिंहले अविजित अर्धसतक बनाएपछि मलेसियाले ३९.१
ओभरमा १ सय २० रन बनाउदै लक्ष्य पुरा गर्यो। मलेसियाले समूह चरणमा नेपालसँग पाएको
१ विकेटको पराजयको बदलामात्र लिएन एसिसीको पहिलो उपाधि पनि हात पार्यो। उमेर
समूहमा मलेसियासँग नेपालको यो पहिलो हार हो।
दुई वर्षअघि काठमाडौंमा भएको पहिलो संस्करणमा पनि नेपाल फाइनलमा सिंगापुरसँग ६८ रनले पराजित भएको थियो। सिंगापुरलाई नेपालले सेमिफाइनलमा १ सय १ रनले किनारा लगायो। सन् २००९ यता नेपालले उमेर समूहको पुरुष क्रिकेटमा उपाधि जित्न सकेको छैन्। पछिल्लो उपाधि एसिसी यु–१७ को उपाधि जित्दा नेपालले मलेसियालाई १० विकेटले पराजित गरेको थियो। ४ पटक यु–१९, दुई पटक यु–१७ र एक पटक यु–१५ प्रतियोगिता जितिसकेको नेपालले एसिसीको उमेर समूहमा …क्लीन स्वीप' गर्ने मौका गुमाउन पुग्यो।
फाइनल अघि नेपाली खेलाडीहरु जगदीश चन्दले दुई तथा कप्तान दीपेन्द्र चन्द, नुरध्वज सेन, आदिल खान र अकाश विष्टले १–१ अर्धसतक बनाएका थिए। मलेसिया भन्दा तुलनात्मक रुपमा बलियो मानिएको नेपालले उपाधि जित्ने धेरै अनुमानको त्यति बेला गलत सावित भयो, जब नेपालका माथिल्लोक्रमका ब्याट्सम्यान पालै पालो पवेलियन फर्के। आकाशले ३५ रन बनाई नेपाललाई चुनौतीपूर्ण स्कोरमा पुर्याए।
![]() |
| नेपाल लगातार दोस्रो पटक उपविजेता रहे पनि नूरध्वज सेन सहित केही खेलाडीले भविष्यको लागि आशा जगाएका छन् । तस्वीर सौजन्य : एसीसी |