Showing posts with label Baburam Bhattarai. Show all posts
Showing posts with label Baburam Bhattarai. Show all posts

Wednesday, April 3, 2013

बाबुराम भट्टराईको क्रिकेट मोह


पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले अघिल्लो दिन नै टि्वट गरेर नेपाल र युएईबीचको एसिसी ट्वान्टी–२० कप क्रिकेटको सेमिफाइनल हेर्न जाने जानकारी गराएका थिए। त्यस अलावा उनले देशका नेताहरूले खेलकर्मीबाट सिक्नुपर्ने पनि अवगत गराए। 
मंगलबार नेपालको खेलपूर्व नै भट्टराई कीर्तिपुर मैदान पुगिसकेका थिए। नेपाली टोलीका व्यवस्थापक सञ्जिव पाण्डेलाई शुभकामना दिँदै उनले अतिथि कक्षबाट खेल अवधिभर नेपाली टोलीको हौसला बढाइरहे। खेल सकिएपछि प्रमुख अतिथिको भूमिका निभाउँदै उनले पृथु बाँस्कोटा र प्रदीप ऐरीलाई संयुक्त म्यान अफ द म्याच प्रदान गरे। 
बाबुराम भट्टराई र गगन थापा (दुई छेउ) मा नेपाल र युएई बीचको एसिसी ट्वान्टी–२० सेमिफाइनल खेल हेर्दै।
तस्विर विकास कार्की/नागरिक