Showing posts with label IPL. Show all posts
Showing posts with label IPL. Show all posts

Sunday, February 24, 2013

भुवन आइपिएलमा जाने


स्पिनर भुवन कार्कीले इन्डियन प्रिमियर लिग (आइपिएल) को टोली राजस्थान रोयल्समा एक महिना प्रशिक्षण गर्ने भएका छन्। नेपाली क्रिकेटका प्रमुख प्रशिक्षक पुबुदु दासानायकेले भुवनलाई राजस्थानसँग भारतको जयपुरमा प्रशिक्षण गर्ने व्यवस्था मिलाएका हुन्। 
मार्च २२ मा सुरु हुने प्रशिक्षणका लागि भुवन मार्च दोस्रो वा तेस्रो सातासम्म पुगिसक्ने दासानायकले बताए। आइपिएलको छैटौं संस्करण अप्रिल ३ मा सुरु हुनेछ। राजस्थानले दिल्लीमा गएर डेयरडेभिल्ससँग अप्रिल ६ मा पहिलो खेल खेल्नेछ भने जयपुरको घरेलु मैदानमा कोलकाता नाइट राइडर्ससँग ८ मा खेल्नेछ।