Showing posts with label Rekha Rawal. Show all posts
Showing posts with label Rekha Rawal. Show all posts

Sunday, January 5, 2014

महिला क्रिकेटमा आठ कीर्तिमान

पुरुष क्रिकेटमै नबनेका चार उपलब्धी
विनोद पाण्डे, काठमाडौं
विक्रम गिरी, महेन्द्रनगर

देशमा महिला क्रिकेट सुरु भएको १० वर्ष पनि पुगेको छैन। यति कम समयमा दुई खेलाडीले शनिबार चारवटा यस्ता कीर्तिमान राखे, जुन पुरुषको खातामा समेत छैन। बैतडीकी रेखा रावल र अञ्जली चन्दले शतकसहित महिला क्रिकेटमा आठ कीर्तिमान राखे, जसमध्ये चारवटा पुरुष राष्ट्रिय क्रिकेटमा समेत बन्न नसकेका कीर्तिमान हुन्।
राजधानीमा जारी प्रथम लुम्बिनी राष्ट्रिय च्याम्पियनसिपअन्तर्गत महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा रेखा र अञ्जलीले शतक बनाउँदै अघिल्लो दिन नेरी थापाले देखाएको बाटो पछ्याए। नेपालगन्जकी नेरी शुक्रबार काठमाडौंविरुद्ध १ सय २१ रन बनाउँदै महिला राष्ट्रिय क्रिकेटमा पहिलो शतक बनाउने खेलाडी बनेकी थिइन्।
अञ्जली चन्द र रेखा रावल शतक पुरा गरेपछि। तस्बिर विकास कार्की