नेपाली क्रिकेटको पहिचान बनेको यु–१९ टोलीसामू व्यस्त सत्र छ। शनिबार मलेसियामा सुरु हुने एसिसी यु–१९ एसिया कपलाई तयारी गरिरहँदा प्रशिक्षक पुबुदु दासानायाकेले अस्ट्रेलियामा हुने आइसिसी यु–१९ विश्वकपदेखि राष्ट्रिय टोलीसम्म लक्ष्य बनाएका छन्।
विगतमा देखाएको प्रदर्शनका आधारमा नेपाली यु–१९ टोलीका परिचय टेस्ट खेल्ने राष्ट्रझै सम्मानित छ। नेपालले आगामी तीन महिनामा पाकिस्तान, भारत, अस्ट्रेलिया र इङ्ल्यान्डसँग खेल्ने अवसर पाएको छ। एसिया कपमा पाकिस्तान र भारतसँग खेल्ने नेपालले अस्ट्रेलियामा आयोजक र इङ्ल्यान्डसँग समूह चरणमा भिड्ने छ।
यसअघिको यु–१९ विश्वकपमा पाकिस्तान, बंगलादेश, दक्षिण अफ्रिका, न्युजिल्यान्ड र बंगलादेशलाई पराजित गरिसकेकाले एसोसिएट राष्ट्र भए पनि नेपाल टेस्ट खेल्नेहरूका बीचमा सम्मानित राष्ट्र बनेको हो। लगातार खेलिरहेकाले नेपाली यु–१९ टोलीबाट यसपटक पनि सोही अपेक्षा गरिएको छ। योजनाअनुसार खेलेमा नेपालले अर्को अप्रत्याशित नतिजा निकाल्न सक्ने विश्वास दासानायाके राख्छन्।
![]() |
| तस्वीर: केशव थोकर |