चार वर्षअघि दक्षिण अफ्रिकामा भएको विश्वकप फुटबल दुइटा कुराले अभूतपूर्व रह्यो– स्पेन अर्को महादेशमा गएर विजयी हुने पहिलो युरोपेली राष्ट्र बन्यो। र, दक्षिण अमेरिकी राष्ट्रले युरोपबाहिर पहिलोचोटि हार खानुपर्यो।
ब्राजिलमा भने त्यही इतिहास दोहोर्याउने सम्भावना कठिन बन्दै गएको छ, युरोपेली टिमलाई। साबिक विजेता स्पेन र पूर्व विजेता इङल्यान्ड समूह चरणबाटै बाहिरिएका छन्। दक्षिण अमेरिकी महाद्वीपमा उपाधि जित्ने युरोपको जिम्मेवारी अब जर्मनी, नेदरल्यान्ड्स र फ्रान्सको काँधमा छ। यसले युरोपको कमजोरी सँगसँगै दक्षिण अमेरिकी टोलीको दाबेदारीलाई बलियो बनाएको छ।

![]() |
पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो हपहपपछि ड्रिङक्स पिउदै। उच्च आद्रताका कारण पोर्चुगल र अमेरिका बीचको खेलमा रेफ्रीले छोटो समय खेलाडीलाई ड्रिङक्स ब्रेक नै दिनु परेको थियो। तस्बिर साभारः रोयटर्स |