नेपाली क्रिकेटका लागि श्रीलंका पानि पँधेरो जस्तै हो। अधिकांश मुख्य प्रतियोगिता खेल्नु अगाडी नेपालको तयारी श्रीलंकामै हुन्छ। त्यही श्रीलंकामा नेपालले आफ्नो क्रिकेट इतिहासकै पहिलो शृंखला खेल्दै छ।
श्रीलंका भ्रमणमा त्यहाँको स्थानीय टोलीसँग दुई तीनदिवसीय खेल खेलिसकेको नेपालले अव हङकङसँग बुधबार, बिहीबार र शनिबार गरी तीन ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखला खेल्ने छ। त्यसपछि यी दुई टोलीले एक ५० ओभरको खेल खेल्ने छ।

![]() |
| मंगलबार दिउँसा वर्षाले भिजेको रानगिरी दम्बुला अन्तर्राष्ट्रिय रंगशाला। यही मैदानमा नेपालले हङकङसँग पहिलो दुई ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेल्दै छ। तस्विर सौजन्यः देवेन्द्र सुवेदी |