नेपाली क्रिकेट टोलीका उपकप्तान ज्ञानेन्द्र मल्ल अभ्यास खेलमा प्रायः सानदार ब्याटिङ गर्थे। मुख्य प्रतियोगितामा भने त्यो ब्याटिङले निरन्तरता पाउँदैनथ्यो जसका कारण उनको करिअरमा 'अन्डर पर्फमर' को दाग लाग्न थालेको थियो।
यसपालि पनि विश्व क्रिकेट लिग डिभिजन ३ खेल्न मलेसिया जानुअघि नेपालले श्रीलंकामा अभ्यास खेल खेल्दा ज्ञानेन्द्रले उत्कृष्ट ब्याटिङ गरेका थिए। उनले कोल्टस क्रिकेट क्लबसँगको दोस्रो अभ्यास खेलमा अविजित ५६ र रागामा क्रिकेट क्लबसँगको तेस्रो खेलमा १ सय ६७ रन बनाए। त्यही सानदार ब्याटिङ मद्दतमा नेपालले तीनमध्ये दुई अभ्यास खेल जित्यो।

फाइल तस्विरः क्रिकइन्फो |
ज्ञानेन्द्रको ब्याटिङ क्षमता यसपालि पनि अभ्यासभन्दा माथि नउठ्ने हो कि भन्ने धेरैको चिन्ता थियो। उनकै अन्तर्राष्ट्रिय करिअरको तथ्यांकले चिन्ता स्वभाविक बनाएको थियो। माथिल्लो क्रममा खेलेर पनि उनले ट्वान्टी–२० मा अर्धशतक र एकदिवसीयमा शतक बनाउन सकेका थिएनन्।
तर, यसपालि ज्ञानेन्द्रको ब्याट मलेसियाको मैदानमा राम्ररी घुमेको छ जसले महŒवपूर्ण खेलमा देशलाई प्रभावशाली जित दिलाएको छ। मलेसियामा भइरहेको विश्व क्रिकेट लिग डिभिजन ३ मा आइतबार सिंगापुरसँगको खेलमा शतक बनाएर ज्ञानेन्द्रले ब्याटबाटै धेरै जवाफ पनि दिए।
सिंगापुरसँग बनाएको १ सय १४ रन उनको अन्तर्राष्ट्रिय खेल जीवनमै पहिलो शतक थियो। अहिले नेपाली टोलीमा रहेका शक्ति गौचन, शरद भेषावकर, पारस खड्का र सुवास खकुरेलले यसअघि नै अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो नाममा शतक लेखाइसकेका थिए। सुवास र अनिल मण्डलले २ वर्षअघि मलेसियामै डिभिजन ४ मा शतक बनाएका थिए। सुवासले अमेरिकाविरुद्ध बनाएको १ सय १५ रन नेपाली खेलाडीको उच्च अन्तर्राष्ट्रिय स्कोर हो। ज्ञानेन्द्र त्यो नेपाली कीर्तिमानभन्दा एक रनलेमात्र पछि रहे।
राष्ट्रिय टोलीका पूर्वकप्तान विनोद दास ज्ञानेन्द्रलाई नेपाली क्रिकेटको सबैभन्दा राम्रो ब्याट्सम्यान मान्छन्। 'पारस, शरद, ज्ञानेन्द्र सबै राम्रा ब्याट्सम्यान हुन्, त्यसमा ज्ञानेन्द्र सबैभन्दा निपूर्ण छन्,' विनोदले भने। विनोदकै कप्तानीमा ज्ञानेन्द्रले २००५ मा मलेसियाविरुद्ध एसिसी फास्ट ट्र्याक कन्ट्रिज तीनदिवसीयमार्फत नेपाली टोलीमा प्रवेश गरेका थिए।
उनको पहिलो खेल भने २००६ मा एसिसी ट्रफीमा कुवेतविरुद्ध मलेसियामा थियो जसमा उनले ७८ र दोस्रो खेलमा भुटानविरुद्ध ५२ रन बनाएका थिए। नेपालबाट ज्ञानेन्द्रबाहेक कुनै खेलाडीले आफ्नो पहिलो दुई खेलमा अर्धशतक बनाउन सकेका छैनन्। अहिले तेस्रो नम्बरमा ब्याटिङ गर्ने ज्ञानेन्द्र 'डेब्यु' गर्दा ओपनर थिए। परेश लोहनी उनका ओपनिङ जोडी थिए। ज्ञानेन्द्रलाई प्राविधिक रूपमा उत्कृष्ट ब्याट्सम्यान मान्दै परेशले विगत सम्भि्कए, 'नन स्ट्राइकबाट उनको ब्याटिङ हेर्दा आनन्द लाग्छ।'
३०–४० रनको स्कोरमा आउट हुनु ज्ञानेन्द्रको नियति र कमजोरी दुवै थियो। नेपालबाट ४६ ट्वान्टी–२० खेल्दा उनले एउटै अर्धशतक बनाउन सकेका थिएनन्। यसै वर्ष न्युजिल्यान्डमा विश्वकप छनोटमा क्यानडाविरुद्ध ८६ रन बनाउनु ज्ञानेन्द्रको एकदिवसीयमा यसअघिको उच्च स्कोर थियो।

'ज्ञानेन्द्र आफ्नै क्षमताअनुसार खेल्न सकिरहेका थिएनन्। टिममा उनी एउटा महŒवपूर्ण ब्याट्सम्यान हुन्,' विनोदले भने, 'ठूलो स्कोर नभए पनि उनले टिमलाई सधैं योगदान गरिरहेका थिए। उनलाई टिमले सधैं विश्वास गरेको थियो। सिंगापुरसँगको शतक त्यही विश्वासको प्रतिफल हो। ज्ञानेन्द्रको ब्याटिङका कारण नेपाली टोलीमाथि विश्वास गर्ने वातावरण बलियो हुँदैछ।' विनोदको भनाइ मान्ने हो भने नेपाल ज्ञानेन्द्रको ब्याटिङकै कारण डिभिजन ३ मा मात्र नभई डिभिजन २ बाट पनि अगाडि बढ्न सक्छ।
नेपालले तयारीका लागि खेलेका अभ्यास खेलमा भने ज्ञानेन्द्र सधंैका नायक थिए। २००६ मा उनले पाकिस्तानमा पाकिस्तान क्रिकेट एकेडेमीविरुद्ध अविजित ७८ रन बनाएका थिए। २००९ मा विश्वकै पुरानो क्रिकेट क्लब मेरिलेबोन क्रिकेट क्लब नेपाल आउँदा ज्ञानेन्द्रले तीनदिवसीय खेलमा १ सय ४१ रन बनाएका थिए। ज्ञानेन्द्रको खेलबाट प्रभावित भएर ब्रिटिस टोलीले उनलाई इङ्ल्यान्डमा खेलाउने समेत इच्छा देखाएको थियो।
२०११ मा माल्दिभ्समा भएको सार्क ट्वान्टी–२० कपले ज्ञानेन्द्रको ब्याटिङलाई थप उजगार गर्यो। आइसिसी र एसिसीको आधिकारिक मान्यता नपाएको उक्त प्रतियोगितामा भारतको कर्णाटकसँगको खेलमा उनले २१ बलमा अविजित ६७ रन बनाउदा ९ छक्का प्रहार गरेका थिए।
रिभर्स स्विप, दिल स्कुप, स्विच हिट जस्ता क्रिकेटको आधुनिक शैलीमा ज्ञानेन्द्रको ब्याटिङ भिजिसकेको छ। दुई वर्षअघि मलेसियामा अमेरिकाविरुद्ध डिभिजन ४ को फाइनलमा नेपाल जितनजिक पुग्दा ज्ञानेन्द्रले स्विच हिटमा प्रहार गरेको छक्का प्रशिक्षक पुबुदु दासानायकेको स्मरणमा सधैं ताजा रहने गर्छ।
अमेरिकासँग सोमबार हुने खेलमा ज्ञानेन्द्रले शतक बनाए वा त्यस्तै महत्वपूर्ण क्षणमा स्विच हिटमा छक्का प्रहार गरे नेपाल फेरि डिभिजन २ मा उक्लने निश्चित छ।
नागरिक राष्ट्रिय दैनिकमा २०७१ कात्तिक १० गते प्रकासित
No comments:
Post a Comment