Showing posts with label Binod Das. Show all posts
Showing posts with label Binod Das. Show all posts

Monday, October 27, 2014

'अन्डर पर्फमर' ज्ञानेन्द्रको शतक

नेपाली क्रिकेट टोलीका उपकप्तान ज्ञानेन्द्र मल्ल अभ्यास खेलमा प्रायः सानदार ब्याटिङ गर्थे। मुख्य प्रतियोगितामा भने त्यो ब्याटिङले निरन्तरता पाउँदैनथ्यो जसका कारण उनको करिअरमा 'अन्डर पर्फमर' को दाग लाग्न थालेको थियो।
यसपालि पनि विश्व क्रिकेट लिग डिभिजन ३ खेल्न मलेसिया जानुअघि नेपालले श्रीलंकामा अभ्यास खेल खेल्दा ज्ञानेन्द्रले उत्कृष्ट ब्याटिङ गरेका थिए। उनले कोल्टस क्रिकेट क्लबसँगको दोस्रो अभ्यास खेलमा अविजित ५६ र रागामा क्रिकेट क्लबसँगको तेस्रो खेलमा १ सय ६७ रन बनाए। त्यही सानदार ब्याटिङ मद्दतमा नेपालले तीनमध्ये दुई अभ्यास खेल जित्यो। 
फाइल तस्विरः क्रिकइन्फो 

Saturday, November 30, 2013

नेपथ्यका नायक


तस्बिर पुबुदु दासानायके फेसबुक पेजबाट
यो तस्बिर हेर्ने हो भने धेरै क्रिकेटप्रेमीले सचिन तेन्दुलकरको १ सय ४२ को इनिङ्स सम्भि्न्छन्। सन् १९९४ मा श्रीलंकाको भारत भ्रमणमा लखनउमा बनेको शतक। यो तस्बिरको विशेषता नै हो तेन्दुलकरबाहेक अरुमा ध्यान नजाने। दुई वर्षअघि नेपाली क्रिकेटप्रेमीको ध्यान यसै तस्बिरमा सचिन पछाडि उभिने खेलाडीमाथि गयो, जब पुबुदु दासानायके नेपालको प्रशिक्षक बनेर काठमाडौं आए।
हुन त, फोटो जस्तै विकेटकिपर दासानायकेले श्रीलंकाबाट आफ्नो खेलजीवनमा सम्झनलायक खासै केही प्रदर्शन गरेनन्। दासानायकेले श्रीलंकाबाट कुल ११ टेस्ट र १८ एकदिवसीय अन्तर्राष्ट्रिय खेले। २००१ मा क्यानाडा बसाइ सरेपछि उनले सफलता पाउन लागे। २००५ मा उनी क्यानाडाकै कप्तान नै बने। २००७ मा उनलाई क्यानाडाले खेल्ने सँगै प्रशिक्षण गर्ने जिम्मेवारी पनि दियो। चार वर्षपछि उनले क्यानाडालाई एउटा प्रशिक्षकको नाताले एकदिवसीय विश्वकपसम्म डोर्‍याए।

Tuesday, November 26, 2013

'यस्तो चोट कसैलाई नलागोस्'

आइसिसी ट्वान्टी–२० विश्वकप छनोटको नतिजालाई लिएर नेपाली प्रशंसक जति उकुसमुकुसमा छन्, त्योभन्दा धेरै छट्पटी पूर्वकप्तान विनोद दासलाई छ। नेपाल विश्व ट्वान्टी–२० छनोटनजिक पुगेका बेला इतिहास रच्ने यो अवसरमा विनोद भने टोलीबाट अलग छन्।
उनीसँगै सञ्जम रेग्मी र पृथु बाँस्कोटा चोटका कारण युएई जानै पाएनन्। विनोद र सञ्जम पछिल्लो एक दशकभन्दा बढी समयदेखि नेपाली टोलीका नियमित सदस्य हुन्। दुई वर्षयता पृथुले पनि आफूलाई टोलीको प्रमुख सदस्यमा स्थापित गरिसकेका छन्। बुधबार हुने खेलमा हङकङलाई पराजित गरे नेपाल अर्को वर्ष बंगलादेशमा हुने ट्वान्टी–२० विश्वकपमा छानिनेछ। 
विनोद दास, पृथु बाँस्कोटा, सञ्जम रेग्मी

Tuesday, November 12, 2013

पूर्वकप्तानहरूको विश्वकपमा छनोट हुने विश्वास

विश्व ट्वान्टी–२० छनोटमा सहभागिता जनाउन नेपाली टोली युएई पुगिसकेको छ। शुक्रबार सुरु हुने १६ राष्ट्र सम्मिलित प्रतियोगिताका शीर्ष ६ टोलीले अर्को वर्ष बंगलादेशमा हुने विश्व ट्वान्टी–२० मा भाग लिन पाउने छन्। नेपाली टोलीको लक्ष्य ट्वान्टी–२० विश्वकपमा छनोट हुनु हो।
राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तानहरूको वर्तमान टोलीमाथि कस्तो अपेक्षा छ? नेपाली टोली विश्वकपमा छनोट हुन्छ? उनीहरू नेपाली टोलीको कमजोरी के देख्छन्। खेलाडीको व्यक्तिगत प्रदर्शनलाई कसरी हेरेका छन्। प्रशिक्षक र नेपाल क्रिकेट संघको भूमिकाका कस्तो देख्छन्? आदि विषयमा पूर्वकप्तानहरूको विचार : 
नेपाली टोलीका पूर्व कप्तानहरु माथी देब्रेबाट उत्तम कर्माचार्य, राजु खड्का, एलबी क्षेत्री, पवन अग्रवाल र विनोद दास। साथमा विश्व ट्वान्टी–२० छनोटको लोगो

Saturday, November 3, 2012

तीब्र बलरको खोजी



विनोद दास र अमृत भट्टराई चोटले पिरोलिएका थिए। उनीहरूको अनुपस्थितिमा युएईसँग गत महिना एसिसी ट्रफी इलिटको फाइनल खेल्नुअघि नेपालसँग तीब्र बलरको विकल्पमा कप्तान पारस खड्कामात्र थिए। देब्रेहाते स्पिनर शक्ति गौचनले नेपाली बलिङ प्रारम्भ गरे। 
१६ वर्षको अन्तर्राष्ट्रिय क्रिकेट यात्रामा नेपालले पहिलो पटक स्पिनरबाट बलिङ प्रारम्भ गरेको थियो। रणनीतिक हिसाबमा भए अर्को पक्ष हुनसक्छ, पहिलो बलबाट स्पिनर लगाउने मुख्य कारणचाहिँ तीब्र बलरको अभाव नै प्रमुख थियो। चन्द्र साउद पनि चोटका कारण खेल्न नसक्ने भएपछि युएई जानुअघि नै टोलीमा तीब्र बलरको अभाव भइसकेको थियो। चन्द्र नेपालका सबैभन्दा तीब्र बलर मानिन्छन्। उनको गति १ सय ३० किलोमिटर छ। 
श्रीलंकाका पूर्व तीब्र बलर रुमेश रत्नायके नेपाली तीब्र बलरलाई सिकाउदै ।तस्विरः विकास कार्की

Tuesday, October 2, 2012

शारजहाँमा विनोद र जावेद


एसिसी ट्रफी इलिटको पहिलो खेलमा नेपालको सामना गर्दा युएईका प्रशिक्षक अकिब जावेदलाई प्रतिद्वन्द्वी टोलीका अनुभवी खेलाडी विनोद दासबारे राम्रै जानकारी हुनसक्छ। यी दुवै दोस्रोपटक आमनेसामने हुँदैछन्। शारजहाँको भेटले दुवैलाई उनीहरूको विगत सम्झाउने छ। 
विनोद दास र अकिव जावेद। साभार तस्विर
वर्तमान नेपाली टोलीका सबैभन्दा पाका खेलाडी विनोदले पाकिस्तानका पूर्वस्टार जावेदसँग ५ वर्षअघि थाइल्यान्डमा भेटेका थिए। एसियाली क्रिकेट परिषद् (एसिसी) द्वारा आयोजित विशेष फास्ट बलिङ कोचिङ कोर्समा दुवै सहभागी थिए। फेब्रुअरीमा युएईको प्रशिक्षक बन्नुअघि जावेद पाकिस्तानी बलिङ प्रशिक्षक थिए।