Showing posts with label 1958 asian games. Show all posts
Showing posts with label 1958 asian games. Show all posts

Saturday, September 22, 2012

सिलवालले जितेको म्याराथन

नेपाली खेलकुदको सबैभन्दा ठूलो कमजोरीमध्येमा इतिहास नहुनुलाई पनि म मान्छु। त्यसैले भेट्रान खेलकर्मीसँग भेट्दा म इतिहासका केही तथ्य भेटिन्छ भन्नेमै केन्द्रित हुन्थें। भूपेन्द्र सिलवालको अतीत सुन्दा उनी मलाई नेपाली खेलकुदको इतिहासभन्दा माथि लाग्यो। उनले जे जति कथा सुनाए त्यो सुन्दा जीउ पूरै सिरिङ सिरिङ हुन्थ्यो।
असारमा सम्पन्न पल्सर स्पोर्टस अवार्डका क्रममा उनीसँग नजिक हुने अवसर पाएँ। नेपाल खेलकुद पत्रकार मञ्चले उनलाई लाइफटाइम एचिभमेन्ट अवार्ड दिने निर्णय गरिसकेको थियो। मञ्चको कार्यसमितिमा भएकाले केही समयअगाडि नै मलाई त्यो निर्णय थाहा थियो। सोहीक्रममा सिलवालसँग नजिक भएको हुँ। अन्य धेरै खेलकुद पत्रकारजस्तै मैले पनि उनलाई 'बा' भनेर बोलाउँथे।
फाइल तस्बिरः ओलम्पिक संग्रहालय

Thursday, July 26, 2012

'खाली खुट्टा दौडिनेमा हामी नेपाली मात्र'

खेलकुद नतिजा मात्र होइन। कुनै यस्तो क्षणको दृश्यले कहिलेकाही जीवनभर बिर्सन नसक्ने बनाइदिन्छ। यो क्षण कुनै खेलाडीका लागि मात्र नभई पूरै खेलकुदमै अमर हुन्छ। सन् १९५८ को टोकियो एसियाली खेलकुदमा म्याराथनमा प्रतिस्पर्धा गरेका भूपेन्द्र सिलवालले एउटा त्यस्तै क्षणको सम्झना गरे, जुन नेपाली खेलकुदको इतिहास बन्यो। खाली खुट्टाले दौड्दा रापले पोलिएको सिलवालको पैतालामा एक जापानी महिलाले पानि खन्याइदिएर मलम लगाइदिइन्। त्यही तस्बिर नेपाली खेलकुदकै चर्चित तस्बिर बन्यो। 

फाइल तस्बिरः ओलम्पिक संग्रहालय