Showing posts with label Roy Dias. Show all posts
Showing posts with label Roy Dias. Show all posts

Friday, January 10, 2014

न्युजिल्यान्ड यात्राः अर्को पहिचानको खोजि

पहिलोपल्ट न्युजिल्यान्ड पुग्दा नेपाली क्रिकेट टोली र प्रशिक्षक रोय डायसलाई बढी सोधिएको प्रश्न थियो– 'पहाडै पहाड भएको देशमा क्रिकेट कहाँ खेल्छौं।' न्युजिल्यान्डका सर एडमन्ड हिलारीसँगै तेन्जिङ नोर्गेले विश्वको सर्वोच्च शिखर पहिलोपटक सफल आरोहण गरेकाले धेरैको सोचाइ नेपाल हिमालै हिमाल भएको देश भन्ने थियो।
सन् २००२ मा आइसिसी यु–१९ विश्वपकपले नेपाललाई अन्तर्राष्ट्रियजगतमा पहिलोपल्ट क्रिकेट खेल्ने देश भनेर चिनाएको थियो। पाकिस्तान र बंगलादेशजस्ता राष्ट्रलाई पराजित गर्दै नेपाल प्लेट फाइनल पुगेको कारण पनि नेपाली क्रिकेट चिनिएको हो। पहाडमात्र होइन, सीमित सुविधाका साथै मैदान पनि भएको भनेर नेपालको चिनारी दिनुपरेका डायस यही नतिजाका कारण नेपालले १० वर्षपछि माथिल्लो लेभलको क्रिकेट खेल्ने बताएर फर्केका थिए। झन्डै १० वर्ष बसेपछि डायस नेपाल छाडेर गए। 

Friday, March 29, 2013

दर्शकले 'सरी' भन्लान् : डायस


नेपालसँग खेल्नु रोय डायसका लागि सधैं भावनात्मक हुन्छ, तर मलेसियाका वर्तमान प्रशिक्षकका लागि अहिले अवस्था त्योभन्दा माथिको बनेको छ। एसिसी ट्वान्टी–२० कपमा शनिबार भिड्ने तयारीमा रहेका नेपाल र मलेसिया अघिल्ला खेलका नतिजाले नाजुक अवस्थामा पुगेका छन, जहाँ शनिबार हार्ने टोली प्रतियोगिताबाट बाहिरिने लगभग पक्का हुनेछ। 
डायस झन्डै एक दशक नेपालका प्रशिक्षक भए, शनिबारको खेल त्यसैले विशेष छ। ३ वर्षमा दोस्रोपल्ट नेपाल फर्किंदा डायससँग यहाँ बिताएका क्षणहरू ताजै हुनेछन्। कीर्तिपुरको परिचित भूमिमा आफैले हुर्काएको नेपालविरुद्ध हुने खेलले डायसलाई फरक रूपमा अतीततिर फर्काउने छ। 
तस्विर सौजन्य किरण राणा



Thursday, September 6, 2012

गडफादरसँगको भिडन्त


विश्व क्रिकेट लिग डिभिजन ४ ले श्रीलंकाका पूर्वस्टार ब्याट्सम्यान रोय डायसलाई यस्तो स्थानमा पुर्‍याइदिएको छ, जहाँ उनी सहज महसुस गर्न सक्दैनन्। नेपालसँग बिहीबार सेलेङ्गर टर्फ क्लबमा घरेलु टोली मलेसियालाई उतार्दा डायस अझ दबाबमा हुनेछन्।
आयोजक मलेसियासँग विजय पाएमा नेपाल लगातार तेस्रो खेल जित्दै फाइनलतर्फ अग्रसर हुँदै डिभिजन ३ को नजिक पुग्नेछ। मलेसियाको हकमा पराजित भइहाले रेलिगेसन दबाब पर्नेछ। डायस ८ महिनाअघि मलेसियाको प्रशिक्षक बनेका थिए। सिंगापुरमा डिभिजन ५ को फाइनलमा पुर्‍याएर डायसले मलेसियालाई बिहीबार नेपालसँग खेलमा उभ्याउन लागेका हुन्।
फाइल तस्विरः दिपेश श्रेष्ठ