Showing posts with label Division 4. Show all posts
Showing posts with label Division 4. Show all posts

Tuesday, September 11, 2012

नायकसँगै फेरीयो बसन्तको परिचय

नेपाली क्रिकेटमा बसन्त रेग्मीको परिचय 'सहनायक' हुने गर्दथ्यो। मलेसियामा भएको विश्व क्रिकेट लिग डिभिजन ४ ले उनको यो परिचय फेरिदिएको छ। राष्ट्रिय टोलीलाई विदेशी भूमिमा पहिलो उपाधि दिलाएपछि उनी नेपाली क्रिकेटका नायक बनेका छन्। बसन्त नेपाली क्रिकेटको स्वाभाविक प्रतिभा हुन्। धेरै उनलाई उपयोगी क्रिकेटर पनि भन्छन्। मलेसियामा उनले आफ्नो यो दुवै क्षमताको पूरा सदुपयोग गरे। ६ वर्षअघि राष्ट्रिय टोलीमा 'डेब्यु' गरेयता उनले नेपालबाट १ सय १० विकेट लिइसकेका छन्। तर उनी कहिल्यै 'स्टार' भएनन्। सधँ सहनायक।
तस्बिर:आइसिसी

Saturday, September 8, 2012

सुवासको सतकीय शान


विकेटकिपर–ब्याट्सम्यान सुवास खकुरेल नेपाली राष्ट्रिय टोलीबाट पहिलोपटक एकदिवसीयमा खेलिरहेका छन्। मलेसियामा जारी विश्व क्रिकेट लिग डिभिजन ४ मा शुक्रबार उनका लागि अमेरिका कुनै नौलो प्रतिद्वन्द्वी थिएन। 
सन् २०१० को बंगलादेश सागमा प्रभावशाली प्रदर्शनपछि सुवासलगत्तै काठमाडौंमा भएको डिभिजन–५ को प्रारम्भिक टोलीमा परेका थिए। अन्तिम टोलीमा भने स्थान बनाउन सकेनन्। प्रतियोगितामा सहभागी हुन आएको अमेरिकी तीब्र बलरसँग नेपाली खेलाडीले रन बनाउन निकै संघर्ष गर्नुपर्‍यो। प्रतियोगिताअघि अमेरिकासँग खेलिएको अभ्यासमा सुवासले ३४ बलमै ५३ रन बनाए।
तस्विर :  आइसिसी

Thursday, September 6, 2012

गडफादरसँगको भिडन्त


विश्व क्रिकेट लिग डिभिजन ४ ले श्रीलंकाका पूर्वस्टार ब्याट्सम्यान रोय डायसलाई यस्तो स्थानमा पुर्‍याइदिएको छ, जहाँ उनी सहज महसुस गर्न सक्दैनन्। नेपालसँग बिहीबार सेलेङ्गर टर्फ क्लबमा घरेलु टोली मलेसियालाई उतार्दा डायस अझ दबाबमा हुनेछन्।
आयोजक मलेसियासँग विजय पाएमा नेपाल लगातार तेस्रो खेल जित्दै फाइनलतर्फ अग्रसर हुँदै डिभिजन ३ को नजिक पुग्नेछ। मलेसियाको हकमा पराजित भइहाले रेलिगेसन दबाब पर्नेछ। डायस ८ महिनाअघि मलेसियाको प्रशिक्षक बनेका थिए। सिंगापुरमा डिभिजन ५ को फाइनलमा पुर्‍याएर डायसले मलेसियालाई बिहीबार नेपालसँग खेलमा उभ्याउन लागेका हुन्।
फाइल तस्विरः दिपेश श्रेष्ठ

Monday, September 3, 2012

सिंगापुर र तान्जेनियासँगको खेल नेपाललाई महत्वपूर्ण

विश्व क्रिकेट लिग डिभिजन ४ मा सिंगापुर र तान्जेनियासँगको पहिलो दुई खेल नेपालका लागि निकै महत्वपूर्ण हुनेछ। विश्वकपको खुड्किलो डिभिजन ४ सोमबार मलेसियामा सुरु हुँदा सेलेङगर टर्फ क्लबमा उत्रिएपछि नेपाल र सिंगापुरको प्रतिद्वन्द्विता पुनः नवीकरण हुनेछ।
नेपाल र सिंगापुर एकदिने खेलमा दुईपटक आमने सामने भएका छन्। त्यही दुई भेट नै एकअर्कालाई शत्रु मान्न पर्याप्त बन्यो, विशेष गरी सिंगापुरको हकमा। दुवैमा विजय पाएको नेपाल त्यसलाई निरन्तरता दिन आतुर छ। सिंगापुर भने नेपाललाई पराजित गरी दुवैपटक भोगेको हारको रिस फेर्ने सूरमा हुनेछ।
सहभागि ६ देशका कप्तान। तस्विरः आइसिसी

Saturday, September 1, 2012

सजिलो छैन डिभिजन ४ को यात्रा

विश्व क्रिकेट लिग, विश्वकपको खुड्किलो हो। मलेसियामा मंगलबार विश्व क्रिकेट लिग डिभिजन ४ सुरु हुँदा नेपालको लक्ष्य पनि विश्वकप नै हुनेछ। पछिल्लो तीन वर्षको विश्व क्रिकेट लिगका नतिजा हेर्ने हो भने यथार्थमा नेपाललाई डिभिजन ४ नै उक्लनु कठिन लक्ष्य हुनेछ।
मलेसिया र सिंगापुर नेपालका परम्परागत प्रतिद्वन्द्वी हुन्। अमेरिका र तान्जेनियासँग नेपालले मिश्रित नतिजा बेहोरेको छ। दुई वर्षअघि इटालीको प्रतियोगितामा अमेरिका र तान्जेनियासँगै पराजित भएपछि नेपालको यात्रा डिभिजन ४ मै रोकिएको थियो। नेपाललाई डेनमार्क नौलो प्रतिद्वन्द्वी हो। ५० ओभरको खेलमा डेनमार्कसँग नेपाल पहिलोपटक आमनेसामने हुँदैछ।
२०१० मा इटालीमा भएको डिभिजन ४ को दौरान नेपालका शक्ति गौचनलाई आउट गरेपछि अमेरिकी खेलाडी। तस्विर सौजन्य: आइसिसी

Thursday, July 19, 2012

समस्याग्रस्त तयारी

अन्तर्राष्ट्रिय स्पर्धामा खेल्न जानुअघि नेपाली क्रिकेटसँग समस्यामात्र हुन्छ। आइसिसी यु–१९ विश्वकप र विश्व क्रिकेट लिग डिभिजन ४ जस्ता मुख्य प्रतियोगिता अघि नेपालसँग योजना धेरै छन्। मनसुनले गर्दा अभ्यास गर्न नपाउनु र राष्ट्रिय प्रतियोगिताबिनै मुख्य प्रतियोगिता खेल्न लाग्नु नेपालको यसपटकका मुख्य समस्या हुन्। 
साउने झरीले १० दिनदेखि बन्द प्रशिक्षणमा रहेको यु–१९ टोलीले राम्रोसँग अभ्यास गर्न पाएको छैन। कीर्तिपुरको त्रिवि क्रिकेट मैदानको विकेट कभरले छोपिएको छ। बाँकी मैदान पानी जमेर हिलो भएको छ। अस्ट्रेलियामा अगस्ट ११ बाट सुरु हुने यु–१९ विश्वकपको समय छोट्टिदै आउँदा नेपाली टोलीको जिममै धेरै समय सीमित छ।