Showing posts with label Yubraj Lama. Show all posts
Showing posts with label Yubraj Lama. Show all posts

Tuesday, August 12, 2014

नेपाली प्रशिक्षक नै किन?

टिप्पणी
क्रिकेटका क्यानाडेली प्रशिक्षक पुबुदु दासानायकेको नेपाली क्रिकेटसँगको सम्बन्ध अन्योल रहेको अवस्थामा राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव युवराज लामाले नेपाली प्रशिक्षकमै विश्वास देखाउनुपर्ने समय आएको बताएका छन्।
एसिसी यु–१६ प्रिमियर लिग खेल्न जान लागेको नेपाली टोलीको बिदाइमा उनले यस्तो धारणा राखेका हुन्। वसन्त शाही र राजु बस्न्यातको प्रशिक्षणमा नेपाली टोलीले मलेसियामा बिहीबार सुरु हुने प्रतियोगितामा प्रतिस्पर्धा गर्दैछ। पूर्वराष्ट्रिय खेलाडीद्वय शाही र बस्न्यात दुवैको अन्तर्राष्ट्रिय प्रतियोगितामा यो पहिलो प्रशिक्षण अनुभव हुनेछ।
प्रशिक्षक जगत टमाटा एसिसी यु–१९ एलिट कपका दौरान थाइल्यान्डमा