फजलुर रहमान खान पेप्सी स्टयान्डर्ड चाटर्ड राष्ट्रिय एकदिवसीय क्रिकेटको फाइनलमा सतक बनाउने पहिलो खेलाडी बने। एपिएफसँग शुक्रबार फाइनलमा उनले १ सय २४ रन बनाए पनि भैरहवालाई दोस्रो पटक विजेता बनाउन सकेनन्। फाइनलमा खेलेको इनिङले फजलुरलाई प्रतियोगिताको उच्च रन स्कोरमात्र बनाएन्, यसै प्रतियोगिताबाट सुरु गरिएको इमर्जिङ खेलाडीको उपाधि पनि दिलायो। उनले ६ खेलमा ६१.२० औषतमा ३ सय ६ रन बनाए।
२०११ को जनवरी–फेब्रुअरीमा नेपाली यु–१९ टोली बंगलादेश भ्रमणमा तीन अभ्यास खेल खेल्दै थाइल्यान्ड पुगेको थियो। थाइल्यान्डमा नेपालले एसिसी यु–१९ इलिट कपमा प्रतिस्पर्धा गर्दा फजलुर पहिलो दुई खेलमा म्यान अफ द म्याचमा चुनिएका थिए। दोस्रो खेलमा फजलुरले ओमानविरुद्ध १ सय १ रन बनाएका थिए।
बंगलादेश र थाइल्यान्ड भ्रमणको पहिलो दुई खेलमा फजलुरको प्रदर्शनलाई उनकै भनाइमा उतारेको थिए। तर स्थान अभावका कारण मैले पठाएको समाचार नागरिक राष्ट्रिय दैनिकमा प्रकासित हुन सकेन्। त्यसैलाई यस ब्लगमा प्रकासित गरेको छु।
ओमानविरुद्ध सतक प्रहार गरेपछि फजलुरलाई बधाइ दिदै नेपाली टोली व्यवस्थापक अरुण सत्याल। तस्विरः विनोद पाण्डे |
फजलुर रहमान खान
बंगलादेशमा राम्रोसँग खेल्न नसकेकाले मेरा लागि थाइल्यान्ड यात्रा त्यति सजिलो थिएन। यहाँ पनि राम्रो प्रदर्शन गर्न नसके मेरो क्रिकेट जीवननै अन्योलमा पर्न सक्थ्यो। म सँगै बंगलादेशसँगको अभ्यास खेलमा राम्रो प्रदर्शन गर्न नसकेका साथीहरुले यसलाई राम्ररी बुझेका थिए। त्यसैले थाइल्यान्ड यात्रा विशेष गरी मेरा लागि अन्तिम अबसर हुने सक्ने पनि मैले बुझेको थिए।
बंगलादेशमा नेपाल क्रिकेट टोलीले सिक्ने धेरै अबसर पाएको थियो। बंगलादेश यु १९ सँगको पहिलो खेल सम्झने हो भने नेपालले त्यसपछि आफनो प्रदर्शनमा धेरै सुधार गरयो। सिलेटमा भएको ५० ओभरको पहिलो खेल दुई घन्टामै सकिएर हामीले तत्कालै बंगलादेशसँग अनौपचारिक अर्को ट्वान्टी २० खेल खेल्दै आफनो प्रदर्शन सुधारेका थियौं। बंगलादेशसँगको अन्तिम खेल मेरा लागि विशेष रहयो। धेरै रन बनाउन नसके पनि आउट हुनु अगाडी मैले एउटा छक्का हानेको थिए। त्यसले मेरो आत्मविश्वासलाई धेरै माथी पुरयायो।
बैंककमा म त्यहि आत्मविश्वासका साथ खेलिरहेको छु। मैले आफैलाई बुझे अनुसार एउटा इनिड जम्ने हो भने मैले राम्रो गर्न सक्छु भन्ने थियो। पहिलो दुई खेलमा मैले राम्रो रन बनाउदै म्यान अफ द म्याचमा चुनिए। अब झन राम्रा टोलीसँग खेल्नु पर्ने भएकाले आगामी चुनौती त्यति सजिलो भने छैन। एउटा जितले धेरै हारलाई विर्साउछ। मलाई लाग्छ थाइल्यान्डमा पाएको जीतले बंगलादेशमा पाएको सबै पिडालाई बिर्साएको छ।
युएईविरुद्धको पहिलो खेलमा ८८ रनको लक्ष्य भएकाले मैले सुरु देखि नै आक्रमक भएर खेले। बलरहरुले राम्रो भुमिका निभाएकाले अविजित ४६ रन बनाउदा नै मलाई म्यान अफ द म्याच दिदा केही आश्चार्य लाग्यो। तर मेरा लागि यसको महत्व छुटै थियो। यसले मेरो थाइल्यान्डको यात्रालाई अझ प्रभावकारी बनाउन ठुलो भुमिका खेल्दै छ।
कुनै पनि ब्याट्सम्यानलाई सतक बनाउन सजिलो हुँदैन। ओमानसँग पनि मलाई त्यस्तै भयो। वाइवाइ यु १९ राष्टियमा मैले पोखराविरुद्ध सतक प्रहार गरेको थियो, जसमा १० रनमात्र सिङ्गलमा थियो। बाँकी सबै बाउन्डीमा। पहिलो पटक खेलिरहेकाले अन्तराष्ट्रिय क्रिकेट फरक हुने मैले पाए। ओमानसँग सतक बनाउदा मैले ४० रनमात्र बाउन्डीमा प्रहार गरे। सुवाष खकुरेलसाग ओपनिडमा राम्रो भएपछि सागर पुनसँग मलाई खुलेर खेल्न निकै सजिलो भयो। मेरो लागि सागर निकै भाग्यमानी खेलाडी हो। उ हुदा मैले जहिल्यै पनि राम्रो खेलेको छु। तर सागर मेरो यो भनाईसँग सहमति जनाउदैन। उ भन्छ म उसको जोडी भएकाले उसले राम्रो खेलेको रे।
अफगानिस्तानसँगको खेललाई नेपाली टोलीले निकै महत्व दिएको मैले पाएको छु। अफगानिस्तानसँग पनि राम्रो खेल्न सक्छु भन्ने मेरो आत्मविश्वास छ। अफगानिस्तानसँग राम्रो खेलर उत्कृष्ट बनेमा म अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालका लागि लगातार तीन खेलमा म्यान अफ द म्याच पाउने निश्चल पाण्डेपछि दोस्रो खेलाडी बन्छु रे। तर अफगानिस्तानसागको खेलको महत्वलाई बुभ्दा त्यो खेलमा उत्कृष्ट बनेमा त्यसै सर्वोत्कृष्ट भइ हाल्छु।
नेपालको प्रतिनिधित्व गर्नुको महत्व मलाई राम्रो थाहा छ। मैले मदरसा पढाई बीचैमा छाडेर क्रिकेट रोजेको थिए। एक पटक कपिलवस्तुबाट क्षेत्रिय प्रतियोगिता खेल्दा मैले अम्पायर सञ्जय गुरुडसँग वहाँले लाउनु भएको नेपाल लेखेको 'क्याप' मागे। उहाँले अझ राम्रो खेल, यस्तो 'क्याप' तिमिले धेरै पाउछ भन्नु भयो। मैले त्यसपछि त्यो 'क्याप' पाउन दिन रात मेहनत गरेर खेलेर यो स्थितिमा आइपुगेको हु। अहिले मैले नेपाल लेखेको त्यो 'क्याप' को महत्व बुझे। दोस्रो पटक पनि म्यान अफ द म्याच पाएपछि घरमा फोन गरेको थिए, घरबाट सोधे त्यो भएपछि कति पैसा पाइन्छ।
थाइल्यान्डबाट फर्केपछि नेपाल गएर म पहिला पत्रपत्रिका हेर्नेछु। मैले खेलेको बारे कस्तो समाचार छापिएको हेर्न म ब्यग्र छु। मेरो तस्वीर पत्रपत्रिकामा छापिएको पक्कै हुनु पर्छ। हुनत मेरो घरमा म नै कहलिएको नाम हैन। मेरो दाई सलाउद्धिन सभासाद हुनुहुन्छ। उहाँ तराई मधेश लोकतान्त्रिक पार्टीबाट समानुपातिकमा सभासद चुनिनु भएको हो। मलाई लाग्छ मेरो फोटोहरु छापिएपछि उहाँलाई भन्दा मलाई अब धेरैले चिन्ने छन्।
No comments:
Post a Comment