नेपाल एपिएफ क्लबका फिल्डरहरूले असुहाउँदो फिल्डिङ गरिरहेका थिए। उनीहरूले यो अवसर दिँदा पनि वीरगन्ज सुरक्षित स्थितिमा थिएन। टोलीलाई दोस्रोपल्ट पेप्सी स्ट्यान्डर्ड चार्टर्ड एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता जित्न एउटा साहसिक इनिङ्स खाँचो थियो।
३१–४ को अवस्थामा वीरगन्जलाई सोमबार एपिएफविरुद्ध फाइनलमा २ सय १४ रनको लक्ष्यसम्म पुग्नु थियो। युवा क्रिकेटर आरिफ शेखले त्यो साहस देखाए। उनले अमित श्रेष्ठसँग मिलेर आकर्षक ब्याटिङ गरेपछि वीरगन्ज विजेता बन्यो। राष्ट्रिय खेलाडीहरूले बहिष्कार गरेको अवस्थामा वीरगन्ज र आरिफले मौका छोपे।

![]() |
| राष्ट्रिय प्रतियोगितामा आरिफ म्यान अफ द सिरिज ट्रफीका साथ । तस्विर : विनोद पाण्डे |