विभूति कार्की १४ वर्ष ६ महिनामै राष्ट्रिय टेनिस प्रतियोगिता जितेर चर्चामा रहिन्। कम उमेरमा टेनिसको राष्ट्रिय प्रतियोगिता जित्ने महिला खेलाडी बन्नु उनी चर्चामा रहनुको कारण थियो। खेलकुद पृष्ठभूमिको उनको यो परिवारका लागि यो खासै ठूलो सफलता नहुन सक्छ।
सातदोबाटोस्थित टेनिस कोर्टमा नेपाल एपिएफ क्लबबाट खेल्दै विभूतिले कास्कीकी गंगा शर्मालाई ६–३, २–६, ६–१ ले पराजित गर्दै महिला एकलमा नयाँ विजेता बनेकी थिइन्। कम उमेरमा च्याम्पियन हुन पाउँदाको अनुभव निकै रोचक रहेको विभूति बताउँछिन्।

असलेशा लिसानोभिच यसअघि कम उमेरमा महिला टेनिसकी राष्ट्रिय च्याम्पियन हुन्। २०६८ को छैटौं राष्ट्रिय खेलकुदमा असलेशा १५ वर्ष ११ महिनामा च्याम्पियन बनेकी थिइन्। तिनै असलेशासँग मिलेर विभूतिले महिलातर्फको डबल्स उपाधि जितिन्, जतिखेर विभूति १२ वर्षकी थिइन्।
विभूतिकी बुबा सञ्जयध्वज फुटबल खेल्थे। उनले सन् १९८६ मा नेपाली यु–१६ बाट खेलेका थिए। आमा बिनिताले गण्डकी अञ्चलबाट भलिबलमा प्रतिनिधित्व गरेकी छन्। माबली हजुरआमा स्व. रेवा राणा टेबलटेनिसकी पूर्वराष्ट्रिय खेलाडी हुन्। विभूतिको दिदी साइशा र ८ वर्षे भाइ सत्या पनि टेनिस खेल्छन्। पारिवारिक खेलकुदीय वातावरणले पनि विभूतिलाई र्याकेट समात्न सजिलो बनायो।
विभूति सेन्ट जेभियर्स स्कुलमा ९ मा पढ्छिन्। उनका बुबाका साथी भूअरुण मल्लले सेन्ट जेभियर्समा जुनियर टेनिसको कार्यक्रम ल्याए। 'मेरो साथीले ल्याएको कार्यक्रमले विभूतिको खेल्ने शैली धेरै राम्रो भएपछि हामीले अझ गहिरिएर छोरीलाई राम्रो प्रशिक्षक राखेर सिकाइरहेका छौं,' सञ्जयले भने। ४ वर्षअघि स्कुलमा आएको जुनियर टेनिस इनिसिएटिभ कार्यक्रममा उनले पूर्वच्याम्पियन प्रीति रिजालबाट खेल्न सिकिन्। त्यसको ५ महिनापछि विभूतिले जुनियर इभेन्टमा सहभागी हुँदै प्रतियोतिगाहरूमै सहभागिता जनाउन थालिन्।
विभूतिलाई प्रशिक्षणका लागि बिहान र दिउँसो सातदोबाटो टेनिस कोर्टमा पुर्याउनु सञ्जयको दैनिकी हो। सञ्जयले नभ्याएको समयमा यो जिम्मा बिनिताको काँधमा आइपर्छ। बीचको समय विभूति स्कुलमा हुन्छिन्। बेलुकी घरको पढाइ। एक हिसाबले उनको दैनिकी दुई उत्कृष्ट टेनिस खेलाडीबीच बेसलाइनमा एकअर्काविरुद्ध गरेको प्रहार जस्तै छ। यताबाट उता, उताबाट यता।
छोरीलाई पुर्याउन जाने बहानामा सञ्जय आफै भेट्रान टेनिस खेलाडी बनिसकेका छन्।
विभूतिले सुरुमा नर्भस हुने भएर अभिभावकलाई टेनिस कोर्टमा आउनै दिँदैन थिइन्। 'सुरुमा केही उपाधि जितेपछि उसैले अभिभावक नभई खेल्नै मानिन्। अभिभावक नभई खेल्न गाह्रो हुने उनले बुझेको हुनुपर्छ,' सञ्जय भन्छन्। ४ वर्षअघि लिटिल एन्जल्स जुनियर टेनिस च्याम्पियसिपबाट कोर्टमा उत्रिएकी विभूतिले १८ उपाधि जितिसकेकी छन्। २०१२ मा उनले मनजयकर टेनिसको १२ वर्षमुनिको उपाधि जितिन्।
खुलातर्फ प्रथम लुम्बिनी राष्ट्रिय प्रतियोगिता नै पहिलो हो, जसले उनलाई कीर्तिमानी खेलाडीमा उभ्यायो। विभूतिले भनिन्, 'म राष्ट्रिय च्याम्पियन भएपछि परिवारमा निकै रमाइलो भयो। प्रशिक्षकले राम्रो गर्र्यौं, अझ उपाधि जित्नुपर्छ भन्नुभयो। स्कुलमा धेरैले बधाई दिए। सबै साथी खुसी भएका छन्।' अध्ययनका लागि असलेशा विदेश लागेकीले उनी नहुँदा पनि उपाधि जित्न सजिलो भएको विभूति स्वीकार्छिन्। 'अहिले मैले राम्रो खेलेको छु, असलेशा भएको भए पनि जित्थें होला।'
एपिएफमा आबद्ध भएपछि उनले पहिलो पटकमै उपाधि जितेकी हुन्। विभूतिको अबको लक्ष्य एसियन गेम्स छ, जुन यसै वर्ष दक्षिण कोरियाको इन्चेनमा हुँदैछ। अन्तर्राष्ट्रियमा उनले २०११ देखि उमेर समूहको आइटिएफ यु–१४ मा निरन्तर खेल्दै आएकी छन्। २०१२ मा दुईपल्ट इन्डियन सर्किटमा खेलिन्। २०१३ मा दिल्ली र बैंककमा गएर दुईपटक एसियन टेनिस महासंघको हाइपर्फमेन्स ट्रेनिङ लिइसकिन्।
श्रीराम मगर र शरद लामाको प्रशिक्षणमा विभूतिले आफ्नो खेल निखारिरहेकी छन्। 'उमेरको हिसाबले उनको स्तर अहिलेसम्म निकै राम्रो छ। जुनियरमा उनको खेल अन्तर्राष्ट्रियस्तरको छ,' ३ वर्षदेखि विभूतिलाई प्रशिक्षण दिँदै आएका श्रीरामले भने, 'सिनियरमा विकास हुन अझै समय लाग्छ। जीउ त्यस्तो भए पनि उसले निकै मेहनत गर्छ। जीउमात्र मसिनो हो, ब्याकह्यान्ड, फोरह्यान्ड हामीले भन्दा कडा हान्छिन्।'

नागरिक राष्ट्रिय दैनिकमा २०७० माघ २५ गते प्रकाशित
No comments:
Post a Comment