Showing posts with label Anil mandal. Show all posts
Showing posts with label Anil mandal. Show all posts

Saturday, August 17, 2013

विश्वकपको बाटोमा सिंगापुरको यात्रा

विश्व ट्वान्टी–२० र एकदिवसीय विश्वकप छनोट नेपाली क्रिकेटका आगामी महत्वपूर्ण अभियान हुन्। सिंगापुरमा शनिबार सुरु हुने एसिसी इमर्जिङ टिम्स कपले ती प्रतियोगिता खेल्नु अघि नेपाली क्रिकेटको स्तर मापन गर्नेछ।
सिंगापुर पुग्नुअघि नेपालले कोलम्बोमा श्रीलंकाको यु–२३ टोलीसँग चार अभ्यास खेल खेलेको थियो। सवै ४ खेल हार्दा नेपालले ३ खेलमा सजिलै घुँडा टेकेको थियो। श्रीलंकासहित टेस्ट खेल्ने भारत, पाकिस्तान र बंगलादेशको यु–२३ टोलीले प्रतियोगितामा सहभागिता जनाउदैं छन्। नेपालको समूहमा भारत, पाकिस्तान र अफगानिस्तान छन्।
८ देशका कप्तानहरु ट्रफीका साथ ।  तस्विरः एसिसी

Saturday, July 6, 2013

'एक्सपोजर' पाउदै नेपाली क्रिकेटर

नेपालले एसिसी इमर्जिङ टिम्स कप क्रिकेट प्रतियोगिताका लागि २२ सदस्यीय प्रारम्भिक टोलीको छनोट गरिसकेको छ। त्यसमध्ये ५ खेलाडी विदेशमा खेलिरहेका र प्रशिक्षण लिइरहेका छन्। सिंगापुर हुने प्रतियोगिताका लागि केही खेलाडी सोझै त्यतै पुग्ने छन् भने केही छोटो समयका लागि काठमाडौं आएर टोलीसँगै जानेछन्।
गत वर्ष नेपाली क्रिकेटको स्वर्णिम काल थियो। प्रशिक्षक पुबुदु दासानायकेले नेपाली क्रिकेटको ठूलो छलाङको बाटो खोल्ने अभियान थालनी गरे। नेपाली खेलाडीलाई विदेशी लिगमा खेलाउनु सफलताका प्रमुख आधार थिए। फरक क्रिकेट अनुभवले खेलाडी निखारिएका थिए। 'एक्सपोजर' नपाउनु नेपाली क्रिकेटको प्रमुख समस्या भएको पुष्टि भएको थियो। यस पटक पनि ज्ञानेन्द्र मल्ल, वसन्त रेग्मी, अनिल मण्डल, प्रदीप ऐरी, नरेश बुढाऐर र राजेश पुलामी विदेशमै खेलिरहेका छन्।
एसेज शृंखलाको तयारीमा रहेका अस्ट्रेलियाका कप्तान माइकल क्लार्कसँग राजेश पुलामी