Showing posts with label Basanta Regmi. Show all posts
Showing posts with label Basanta Regmi. Show all posts

Sunday, January 12, 2014

स्वर्णिम इतिहासको पर्खाइमा नेपाली क्रिकेट

नेपाली क्रिकेट इतिहासकै स्वर्णिम मोडमा पुगेको छ। यो मोड पार गरे नेपाली टोली विश्वकपमा पुग्नेछ। न्युजिल्यान्डमा सोमबार सुरु हुने एकदिवसीय विश्वकप छनोटमा सफल भएमा नेपाली क्रिकेटले सबैभन्दा ठूलो सफलता पाउनेछ।
नेपाल ट्वान्टी–२० विश्वकपमा छानिएको २ महिना पनि भएको छैन। युएईमा विश्व ट्वान्टी–२० छनोटमा तेस्रो हुँदै पाएको सफलताले नेपाललाई क्रिकेटको सबैभन्दा माथिल्लो स्तरमा पुर्‍याएको हो। न्युजिल्यान्डमा नेपाली टोली सफल भए विश्व ट्वान्टी–२० भन्दा माथिको उचाइमा पुग्नेछ।
अप्रिलमा भएको एसिसी ट्वान्टी–२० कपको सेमिफाइनलमा शक्ति गौचन युएईका खेलाडीको विकेट लिएपछि।                               फाइल तस्बिरः विकास कार्की

Saturday, January 11, 2014

नेपाललाई सजिलो छैन न्युजिल्यान्डमा खेल्न

नेपालको सबै आशा न्युजिल्यान्डमा शक्ति गौचनको ब्याटिङमा थियो। शक्तिले कस्तो ब्याटिङ गर्छन् त्यसैमा सन् २००२ को आइसिसी यु–१९ विश्वकपमा नेपालको प्रदर्शन निर्भर रहने अनुमान र विश्लेषण धेरैको थियो।
सन् २००१ मा घरेलु मैदानमा सम्पन्न एसिसी यु–१९ कपले शक्तिलाई स्टार बनायो। माल्दिभ्सविरुद्ध शक्तिले पुल्चोक मैदानमा विपक्षीलाई कुनै अवसर नदिई शतक बनाएका थिए। अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाली खेलाडीको यो केवल दोस्रो शतक थियो। शक्तिको यही रवाफमा पहिलो अन्तर्राष्ट्रिय उपाधि जित्दै नेपालले न्युजिल्यान्डको विश्वकप यात्रा तय गरेको थियो।
तस्विर सौजन्यः क्रिकेटिङनेपालडटकम

Friday, November 29, 2013

धन्न खेलेका छन् खेलाडीले

नेपाली क्रिकेट टोलीका उपकप्तान ज्ञानेन्द्र मल्ललाई भदौमा बंगलादेश गएर ढाका लिग खेल्ने प्रस्ताव आएको थियो। केहीअघि उनी क्यानाडामा समेत क्लब क्रिकेट खेलेर आएका थिए। पारिश्रमिकका हिसाबले ज्ञानेन्द्रका लागि ढाका लिग लोभलाग्दो थियो।
तर, उनी ढाका गएनन्। सशस्त्र प्रहरीमा स्थायी जागिर खाने चाहनाअनुरूप उनले ढाका लिगको प्रस्ताव त्यागे।
ज्ञानेन्द्रले आफ्नो भविष्य हेरे, क्षणिक लाभ होइन। उनै ज्ञानेन्द्रसहितको नेपाली राष्ट्रिय टोलीले बुधबार नेपाललाई ट्वान्टी–२० विश्वकप क्रिकेटमा प्रवेश दिलाएर ऐतिहासिक सफलता हासिल गरेको छ।

हङकङलाई पराजित गरी नेपाल विश्व ट्वान्टी–२० मा छनोट भएपछि अविनाश कर्ण। तस्बिरः रमन सिवाकोटी

Friday, August 16, 2013

स्पिनमा बढदो आशा

श्रीलंका यु–२३ क्रिकेट टोलीसँगको अभ्यास खेलमा नेपाली राष्ट्रिय क्रिकेटर सागर पुनले ६ विकेट लिए। सिंगापुरमा शनिबार सुरु हुने एसिसी इमर्जिङ टिम्स कपको तयारीलाई श्रीलंकामा खेलिएका ५ अभ्यास खेलमा नेपाली खेलाडीको यो सकरात्मक पक्ष थियो।
नेपालले श्रीलंकाको यु–२३ टोलीसँग ४ अभ्यास खेल खेलेको थियो। श्रीलंकाको टोलीमा टेस्ट, एकदिवसीय अन्तर्राष्ट्रिय, ट्वान्टी–२० अन्तर्राष्ट्रियसहित सवै प्रथम श्रेणी खेलिसकेका खेलाडी थिए। तेस्रो खेलमा ३ रनको हार बाहेक नेपाल बाँकी तीन खेलमा सजिलै पराजित भयो। सागरले त्यही तेस्रो खेलमा ६ विकेट लिए।
राहुल विक भारतका पूर्व स्पिनर वैंकटपथी राजुका साथ । तस्विरः रमन सिवाकोटी/क्यान

Saturday, July 6, 2013

'एक्सपोजर' पाउदै नेपाली क्रिकेटर

नेपालले एसिसी इमर्जिङ टिम्स कप क्रिकेट प्रतियोगिताका लागि २२ सदस्यीय प्रारम्भिक टोलीको छनोट गरिसकेको छ। त्यसमध्ये ५ खेलाडी विदेशमा खेलिरहेका र प्रशिक्षण लिइरहेका छन्। सिंगापुर हुने प्रतियोगिताका लागि केही खेलाडी सोझै त्यतै पुग्ने छन् भने केही छोटो समयका लागि काठमाडौं आएर टोलीसँगै जानेछन्।
गत वर्ष नेपाली क्रिकेटको स्वर्णिम काल थियो। प्रशिक्षक पुबुदु दासानायकेले नेपाली क्रिकेटको ठूलो छलाङको बाटो खोल्ने अभियान थालनी गरे। नेपाली खेलाडीलाई विदेशी लिगमा खेलाउनु सफलताका प्रमुख आधार थिए। फरक क्रिकेट अनुभवले खेलाडी निखारिएका थिए। 'एक्सपोजर' नपाउनु नेपाली क्रिकेटको प्रमुख समस्या भएको पुष्टि भएको थियो। यस पटक पनि ज्ञानेन्द्र मल्ल, वसन्त रेग्मी, अनिल मण्डल, प्रदीप ऐरी, नरेश बुढाऐर र राजेश पुलामी विदेशमै खेलिरहेका छन्।
एसेज शृंखलाको तयारीमा रहेका अस्ट्रेलियाका कप्तान माइकल क्लार्कसँग राजेश पुलामी

Thursday, March 21, 2013

नेपालका प्रमुख आशाहरु


मंगलबार सुरु हुने एसिसी ट्वान्टी–२० कपका लागि नेपालको तयारी लगभग पुरा भएको छ। नेपालले समूह चरणमा माल्दिभ्स, हङकङ, मलेसिया र सिंगापुरसँग खेल्ने छ। सेमिफाइनल पुगेमा विश्व ट्वान्टी–२० छनोटमा पुग्ने नेपालको सम्भावना बलियो हुनेछ। बंगलादेशमा अर्को वर्ष हुने विश्व ट्वान्टी–२० को पहिलो खुडकिलो एसिसी ट्वान्टी–२० मा नेपाललाई पनि दावेदार मानिएको छ। नेपालको आशामा रहेका प्रमुख खेलाडीहरु यस प्रकार छन्। 


Tuesday, September 11, 2012

नायकसँगै फेरीयो बसन्तको परिचय

नेपाली क्रिकेटमा बसन्त रेग्मीको परिचय 'सहनायक' हुने गर्दथ्यो। मलेसियामा भएको विश्व क्रिकेट लिग डिभिजन ४ ले उनको यो परिचय फेरिदिएको छ। राष्ट्रिय टोलीलाई विदेशी भूमिमा पहिलो उपाधि दिलाएपछि उनी नेपाली क्रिकेटका नायक बनेका छन्। बसन्त नेपाली क्रिकेटको स्वाभाविक प्रतिभा हुन्। धेरै उनलाई उपयोगी क्रिकेटर पनि भन्छन्। मलेसियामा उनले आफ्नो यो दुवै क्षमताको पूरा सदुपयोग गरे। ६ वर्षअघि राष्ट्रिय टोलीमा 'डेब्यु' गरेयता उनले नेपालबाट १ सय १० विकेट लिइसकेका छन्। तर उनी कहिल्यै 'स्टार' भएनन्। सधँ सहनायक।
तस्बिर:आइसिसी