Showing posts with label Nepal Vs UAE. Show all posts
Showing posts with label Nepal Vs UAE. Show all posts

Tuesday, April 2, 2013

नेपालको लक्ष्य सेमिफाइनलभन्दा माथि


नेपालसँग खेल्दा पहिलोपल्ट युएई दबाबमा हुनेछ। एसिसी ट्वान्टी–२० कपको सेमिफाइनललाई लिएर नेपाली क्रिकेट टोलीमा उत्साह छ। त्यस विपरीत युएई सम्भवत नेपालसँगका पछिल्ला तीन खेलमा पाएको पीडा एकैपटक पोख्ने दाउमा छ। 
नेपालले आज युएईसँगको खेललाई एउटा अवसरमा लिएको छ। एसिसी ट्वान्टी–२० कपको चौथो संस्करणमा आइपुग्दा नेपाल लगातार दोस्रोपल्ट सेमिफाइनल खेल्दैछ। युएईलाई हराएर नेपाल पहिलोपल्ट एसिसी ट्वान्टी–२० को फाइनल पुग्ने आशामा छ। लक्ष्य त्योभन्दा अझै माथि छ। 
तस्विरः विकास कार्की/नागरिक

Saturday, October 13, 2012

जित र हार बिनैको नतिजा


खेलकुदको आकर्षण यसमा हुने जित र हार स्वीकार गर्नु हो। युएईमा भएको एसिसी ट्रफी इलिट क्रिकेटको फाइनल कुनै टोलीले जितेनन् र हारेनन् पनि। 'टाइ' भएपछि नेपाल र युएई प्रतियोगिताको संयुक्त विजेता बने। 
सारजहाँ क्रिकेट मैदानमा नेपालले टस जितेपछि ब्याटिङ गर्न आएको युएईले ६ विकेट गुमाई २ सय ४१ रन बनायो। नेपालले ९ विकेट गुमाई त्यति नै रन बनाएपछि खेल 'टाइ' बन्यो। प्रतियोगिताको नियमानुसार दुवै टोली विजेता बने। विजय लक्ष्य पछ्याउँदा नेपालले अहिलेसम्मकै ठूलो स्कोर बनाए पनि एक्लो विजेता बन्न सकेन। 

Friday, October 12, 2012

युएईसँग नेपालको अन्तिम परीक्षा


युएईसँगको फाइनल खेल्नु अगाडि प्रशिक्षक पुबुदु दासानायके नेपाली टोलीको छनोटलाई लिएर अन्योलमा छन्। युएईको शारजहाँमा नेपालले शुक्रबार घरेलु टोलीसँग एसिसी ट्रफी इलिटको फाइनल खेल्दैछ। तीब्र बलरद्वय विनोद दास र अमृत भट्टराई घाइते भएकाले दासानायकेलाई टोली छनोटमा संकट परेको हो।
युएई उड्नुअघि सामान्य चोट बोकेका विनोदको प्रतियोगिता सुरु हुने अघिल्लो दिन घुँडाको चोट बल्भि्कएको थियो। बलिङ गरेर टेक्दा विनोदको घुँडामा समस्या देखियो। छाती दुखाइका कारण अमृतले मलेसियासँग सेमिफाइनलमा ३.३ ओभर बलिङ गरेपछि नै छाडेका थिए। सोही समस्याका कारण उनले कुवेत र साउदी अरेबियासँग पनि खेलेका थिएनन्। 
नेपाली खेलाडी शरद भेषावकर। फाइल तस्विर :  विकास कार्की/नागरिक