Showing posts with label Venkatapathy Raju. Show all posts
Showing posts with label Venkatapathy Raju. Show all posts

Friday, August 16, 2013

स्पिनमा बढदो आशा

श्रीलंका यु–२३ क्रिकेट टोलीसँगको अभ्यास खेलमा नेपाली राष्ट्रिय क्रिकेटर सागर पुनले ६ विकेट लिए। सिंगापुरमा शनिबार सुरु हुने एसिसी इमर्जिङ टिम्स कपको तयारीलाई श्रीलंकामा खेलिएका ५ अभ्यास खेलमा नेपाली खेलाडीको यो सकरात्मक पक्ष थियो।
नेपालले श्रीलंकाको यु–२३ टोलीसँग ४ अभ्यास खेल खेलेको थियो। श्रीलंकाको टोलीमा टेस्ट, एकदिवसीय अन्तर्राष्ट्रिय, ट्वान्टी–२० अन्तर्राष्ट्रियसहित सवै प्रथम श्रेणी खेलिसकेका खेलाडी थिए। तेस्रो खेलमा ३ रनको हार बाहेक नेपाल बाँकी तीन खेलमा सजिलै पराजित भयो। सागरले त्यही तेस्रो खेलमा ६ विकेट लिए।
राहुल विक भारतका पूर्व स्पिनर वैंकटपथी राजुका साथ । तस्विरः रमन सिवाकोटी/क्यान