Showing posts with label Shakti Gauchan. Show all posts
Showing posts with label Shakti Gauchan. Show all posts

Sunday, January 12, 2014

स्वर्णिम इतिहासको पर्खाइमा नेपाली क्रिकेट

नेपाली क्रिकेट इतिहासकै स्वर्णिम मोडमा पुगेको छ। यो मोड पार गरे नेपाली टोली विश्वकपमा पुग्नेछ। न्युजिल्यान्डमा सोमबार सुरु हुने एकदिवसीय विश्वकप छनोटमा सफल भएमा नेपाली क्रिकेटले सबैभन्दा ठूलो सफलता पाउनेछ।
नेपाल ट्वान्टी–२० विश्वकपमा छानिएको २ महिना पनि भएको छैन। युएईमा विश्व ट्वान्टी–२० छनोटमा तेस्रो हुँदै पाएको सफलताले नेपाललाई क्रिकेटको सबैभन्दा माथिल्लो स्तरमा पुर्‍याएको हो। न्युजिल्यान्डमा नेपाली टोली सफल भए विश्व ट्वान्टी–२० भन्दा माथिको उचाइमा पुग्नेछ।
अप्रिलमा भएको एसिसी ट्वान्टी–२० कपको सेमिफाइनलमा शक्ति गौचन युएईका खेलाडीको विकेट लिएपछि।                               फाइल तस्बिरः विकास कार्की

Saturday, January 11, 2014

नेपाललाई सजिलो छैन न्युजिल्यान्डमा खेल्न

नेपालको सबै आशा न्युजिल्यान्डमा शक्ति गौचनको ब्याटिङमा थियो। शक्तिले कस्तो ब्याटिङ गर्छन् त्यसैमा सन् २००२ को आइसिसी यु–१९ विश्वकपमा नेपालको प्रदर्शन निर्भर रहने अनुमान र विश्लेषण धेरैको थियो।
सन् २००१ मा घरेलु मैदानमा सम्पन्न एसिसी यु–१९ कपले शक्तिलाई स्टार बनायो। माल्दिभ्सविरुद्ध शक्तिले पुल्चोक मैदानमा विपक्षीलाई कुनै अवसर नदिई शतक बनाएका थिए। अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाली खेलाडीको यो केवल दोस्रो शतक थियो। शक्तिको यही रवाफमा पहिलो अन्तर्राष्ट्रिय उपाधि जित्दै नेपालले न्युजिल्यान्डको विश्वकप यात्रा तय गरेको थियो।
तस्विर सौजन्यः क्रिकेटिङनेपालडटकम

Tuesday, November 26, 2013

'यस्तो चोट कसैलाई नलागोस्'

आइसिसी ट्वान्टी–२० विश्वकप छनोटको नतिजालाई लिएर नेपाली प्रशंसक जति उकुसमुकुसमा छन्, त्योभन्दा धेरै छट्पटी पूर्वकप्तान विनोद दासलाई छ। नेपाल विश्व ट्वान्टी–२० छनोटनजिक पुगेका बेला इतिहास रच्ने यो अवसरमा विनोद भने टोलीबाट अलग छन्।
उनीसँगै सञ्जम रेग्मी र पृथु बाँस्कोटा चोटका कारण युएई जानै पाएनन्। विनोद र सञ्जम पछिल्लो एक दशकभन्दा बढी समयदेखि नेपाली टोलीका नियमित सदस्य हुन्। दुई वर्षयता पृथुले पनि आफूलाई टोलीको प्रमुख सदस्यमा स्थापित गरिसकेका छन्। बुधबार हुने खेलमा हङकङलाई पराजित गरे नेपाल अर्को वर्ष बंगलादेशमा हुने ट्वान्टी–२० विश्वकपमा छानिनेछ। 
विनोद दास, पृथु बाँस्कोटा, सञ्जम रेग्मी

Friday, November 15, 2013

सजिलो छैन नेपालको विश्वकप यात्रा

विश्वकप खेल्ने उद्देश्यमा रहेको नेपालका लागि पहिलो खेलमा डेनमार्क खासै ठूलो चुनौती नहोला। आइसिसी विश्व ट्वान्टी–२० छनोट यात्रामा नेपालको बाटो सहज भने छैन।
पछिल्लो दुई वर्षको प्रदर्शनका आधारमा नेपाललाई बलियो टोलीमा राखिएको छ। नेपालको आफ्नै उद्देश्य पनि अर्को वर्ष बंगलादेशमा हुने विश्व ट्वान्टी–२० मा छनोट हुनु छ। त्यस विपरीत डेनमार्कलाई प्रतियोगिताको सबैभन्दा कमजोर टोलीमा राखिएको छ। गत वर्ष मार्चमा सम्पन्न यही प्रतियोगितामा डेनमार्क १६ टोलीमा पुछारमा थियो।
नेपाल समावेश समूह 'बी' का कप्तानहरु विश्व ट्वान्टी ट्रफीका साथ। नेपाली टोलीका कप्तान पारस खड्का बायाबाट चौथो ।              तस्विरः आइसिसी

Friday, August 16, 2013

स्पिनमा बढदो आशा

श्रीलंका यु–२३ क्रिकेट टोलीसँगको अभ्यास खेलमा नेपाली राष्ट्रिय क्रिकेटर सागर पुनले ६ विकेट लिए। सिंगापुरमा शनिबार सुरु हुने एसिसी इमर्जिङ टिम्स कपको तयारीलाई श्रीलंकामा खेलिएका ५ अभ्यास खेलमा नेपाली खेलाडीको यो सकरात्मक पक्ष थियो।
नेपालले श्रीलंकाको यु–२३ टोलीसँग ४ अभ्यास खेल खेलेको थियो। श्रीलंकाको टोलीमा टेस्ट, एकदिवसीय अन्तर्राष्ट्रिय, ट्वान्टी–२० अन्तर्राष्ट्रियसहित सवै प्रथम श्रेणी खेलिसकेका खेलाडी थिए। तेस्रो खेलमा ३ रनको हार बाहेक नेपाल बाँकी तीन खेलमा सजिलै पराजित भयो। सागरले त्यही तेस्रो खेलमा ६ विकेट लिए।
राहुल विक भारतका पूर्व स्पिनर वैंकटपथी राजुका साथ । तस्विरः रमन सिवाकोटी/क्यान

Thursday, March 21, 2013

नेपालका प्रमुख आशाहरु


मंगलबार सुरु हुने एसिसी ट्वान्टी–२० कपका लागि नेपालको तयारी लगभग पुरा भएको छ। नेपालले समूह चरणमा माल्दिभ्स, हङकङ, मलेसिया र सिंगापुरसँग खेल्ने छ। सेमिफाइनल पुगेमा विश्व ट्वान्टी–२० छनोटमा पुग्ने नेपालको सम्भावना बलियो हुनेछ। बंगलादेशमा अर्को वर्ष हुने विश्व ट्वान्टी–२० को पहिलो खुडकिलो एसिसी ट्वान्टी–२० मा नेपाललाई पनि दावेदार मानिएको छ। नेपालको आशामा रहेका प्रमुख खेलाडीहरु यस प्रकार छन्। 


Monday, March 18, 2013

शक्तिको गोल्डेन पिरियड


शक्ति गौचन खेल जीवनको दोस्रो इनिङ्समा मस्त छन्। १२ वर्षे क्रिकेट यात्राको 'गोल्डेन पिरियड' मा छन्, उनि। १५ महिना पछाडि फर्किदा शक्तिको अवस्था सुखद थिएन, सम्झनाले मात्र भक्कानिन् थाल्छन्।  उनी 'ब्ल्याक डे' तिर पनि फर्कन चाहदैनन्।
सन् २०११ को एसिसी ट्वान्टी–२० कप नेपालमा हुने निर्णय एक वर्ष पहिलेकै थियो। एक–डेढ महिना तयारीको समय छुट्याउने नेपालको परम्परा नै हो। शक्ति पृथक तयारी गर्दै थिए। उनको तयारी ६ महिनाअघि गृहनगर भैरहवामा सुरु भइसकेको थियो। २०१० को ग्वाङ्झाउ एसियाली खेलकुदमा नपरेकाले शक्ति 'इख' लिएर तयारीमा जुटेका थिए। यसपाली पनि उनको भागमा खुसी परेन। अन्तिम छनोटमा उनी फालिए। 
सन् २०१२ मा युएईमा भएको विश्व ट्वान्टी–२० छनोटमा डेनमार्कसँगको खेलमा  ह्याट्रिक सहित ४ विकेट लिएपछि शक्ति गौचन। तस्विर :  आइसिसी