Wednesday, July 30, 2014

बार्सिलोनामा निखारिदैं आइभनो

बिहान दुई घन्टा प्रशिक्षण। अर्को दुई घन्टा फिटनेस प्रशिक्षण। त्यसपछि बिहानको भोजन। दिउँसो साढे २ बजेदेखि फेरि प्रशिक्षणमा। १ घन्टा पुनः फिटनेस। बेलुका साढे ५–९ बजेसम्म स्कुलमा पढाइ।
नेपाली युवा टेनिस खेलाडी आइभनो लिसानेभिचको दुई वर्षको दैनिकी स्पेनमा यसरी नै चलेको छ। तीनमहिने बिदामा नेपाल आएका आइभनोको प्रशिक्षण काठमाडौंमा पनि जारी छ। बिहान दुई घन्टा खेल्ने। त्यसपछि खाना। अनि साढे १ घन्टा जिममा फिटनेस प्रशिक्षण।

Saturday, July 26, 2014

भारतलाई पोखरामा क्रिकेट रंगशाला बनाइदिन प्रस्ताव

परराष्ट्र मन्त्रीस्तरीय नेपाल–भारत संयुक्त आयोगको तेस्रो बैठकमा नेपालले क्रिकेट रंगशाला बनाउन भारतलाई प्रस्ताव गर्ने भएको छ। यसअघि भनिएको मुलपानी क्रिकेट रंगशालाको स्थानमा पोखरामा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको प्रस्ताव राखिने भएको छ।
भारतीय विदेशमन्त्री सुष्मा स्वराज बैठकका लागि शुक्रबार साँझ काठमाडौं आइसकेकी छन्। तीनदिने बैठकमा परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले नेपालको नेतृत्व गर्नेछन्। सोही बैठकमा रंगशाला बनाउन नेपालले भारतलाई प्रस्ताव गर्न लागेको हो।
पोखरा रंगशालामा रहेको क्रिकेट मैदान। फाइल तस्विरः सुदर्शन रञ्जित

Saturday, July 12, 2014

कुलिङ ब्रेक

इङ्ल्यान्डका मिडफिल्डर फ्रांक लाम्पार्डले चार वर्षअघिको विश्वकपमा हानेको बलले गोललाइन क्रस गर्‍यो। तर सहयाक रेफ्रीले गोल नदिदा दक्षिण अफ्रिका विश्वकप निकै बिवादित बन्यो। जर्मनीविरुद्ध लाम्पार्डले गरेको त्यो प्रहार विश्व फुटबलमा गोललाइन टेक्नोलोजी ल्याउने मुख्य कारणमध्ये एक बन्यो। त्यसैले ब्राजिल विश्वकपमा गोल लाइन टेक्नोलोजी पहिलो पटक प्रयोगमा ल्याइयो। यसको प्रभाव निकै हुने अनुमान गरिएको थियो।
त्योसँगै रेफ्रीले फाउल भएपछि मार्क गर्न लगाउने स्प्रेको प्रतिक्षा पनि ठूलै थियो। तर ब्राजिलको उच्च आर्द्रताले चर्चामा सवैलाई मात दियो। एकाएक प्रयोग गरिएको 'कुलिङ ब्रेक' चर्चामा रहयो। हपहपी गर्मीमा थकानले गलित खेलाडीलाईमात्र नभइ म्याच अफिसियललाई पनि 'कुलिङ ब्रेक' ले शितलता प्रदान गर्‍यो।
मेक्सिकोको खेलाडीहरु कुलिङ ब्रेकमा चिसिदैं। तस्विर सौजन्यः एजेन्सी

Tuesday, June 24, 2014

हपहप ब्राजिलमा हैरान युरोपेली

चार वर्षअघि दक्षिण अफ्रिकामा भएको विश्वकप फुटबल दुइटा कुराले अभूतपूर्व रह्यो– स्पेन अर्को महादेशमा गएर विजयी हुने पहिलो युरोपेली राष्ट्र बन्यो। र, दक्षिण अमेरिकी राष्ट्रले युरोपबाहिर पहिलोचोटि हार खानुपर्‍यो।
ब्राजिलमा भने त्यही इतिहास दोहोर्‍याउने सम्भावना कठिन बन्दै गएको छ, युरोपेली टिमलाई। साबिक विजेता स्पेन र पूर्व विजेता इङल्यान्ड समूह चरणबाटै बाहिरिएका छन्। दक्षिण अमेरिकी महाद्वीपमा उपाधि जित्ने युरोपको जिम्मेवारी अब जर्मनी, नेदरल्यान्ड्स र फ्रान्सको काँधमा छ। यसले युरोपको कमजोरी सँगसँगै दक्षिण अमेरिकी टोलीको दाबेदारीलाई बलियो बनाएको छ।

पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो हपहपपछि ड्रिङक्स पिउदै। उच्च आद्रताका कारण पोर्चुगल र अमेरिका बीचको खेलमा रेफ्रीले छोटो समय खेलाडीलाई ड्रिङक्स ब्रेक नै दिनु परेको थियो। तस्बिर साभारः रोयटर्स

Wednesday, June 4, 2014

दासानायके नेपाली क्रिकेट छाडेर जादैं

नेपाली क्रिकेट प्रशिक्षक पुबुदु दासानायके बुधबार क्यानडा फर्कंदैछन्।
वर्षायाम लागेसँगै नेपाली क्रिकेटका विदेशी प्रशिक्षक यो समय छुट्टीमा घर जाने गर्थे। पुबुदुको कथा भने फरक छ। वर्तमान नेपाली क्रिकेटको भद्रगोल अवस्थाले उनी सधैंका लागि क्यानडा फर्कन लागेका हुन्।

Tuesday, April 29, 2014

अफगानिस्तान र युएईलाई देखाउने अवसर

एसिसी प्रिमियर लिग खेल्न मलेसिया जादा नेपाली क्रिकेट टोली आन्तरिक समस्याहरु विर्सने प्रयासमा छ। ट्वान्टी–२० विश्वकपमा ऐतिहासिक सहभागिता जनाएको १५ दिनपछि नै नेपाली क्रिकेट आन्तरिक विवादमा रुमल्लिएको थियो।
देशको क्रिकेटको सर्वोच्च संस्था नेपाल क्रिकेट संघ (क्यान) मा थिति बसाल्नुपर्ने माग राख्दै विश्वकप खेलेका १६ खेलाडीले राष्ट्रिय प्रतियोगिता बहिस्कार गरेका थिए। उनीहरुले १० बुँदे मागमा क्यानमा आर्थिक पारदर्शीताको पनि आवाज उठाएका थिए। त्यसैलाई लिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्यानको अनुसन्धान गरिरहेको छ।

Saturday, April 26, 2014

महबुबको पुनरागमन

पुरानै लय फर्काउने अभियानमा जुटेका भेट्रान क्रिकेटर महबुब आलमलाई नयाँ ब्याटिङ शैलीमा देख्न पाइनेछ। 'बिचमा घाइते हुँदा क्रिकेटबाट ध्यान नै हराएको थियो,' एसिसी प्रिमियर लिग क्रिकेटका लागि १४ सदस्यीय अन्तिम टोलीमा स्थान बनाएपछि महबुबले भने, 'पुरानो लयमै फर्कने तयारी गर्छु। त्यसका लागि मैले आफ्नो ब्याटिङ शैली नै परिवर्तन गरेको छु।'
एसिसी प्रिमियर मे १ देखि मलेसियामा मे १ देखि हुनेछ। नेपाली टोलीमा कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल, सुवास खकुरेल, सागर पुन, शरद भेषावकर, विनोद भण्डारी, नरेश बुढाऐर, वसन्त रेग्मी, शक्ति गौचन, सोमपाल कामी, आरिफ शेख, रामनरेश गिरी, राजकुमार प्रधान र महबुब छन्। पुष्प थापा, भुवन कार्की र यज्ञमान कुमाल वैकल्पिकमा परेका छन्।