विश्लेषण
नेपालले पाँच आइसिसी यु–१९ विश्वकप क्रिकेट खेल्ने क्रममा थुप्रै कीर्तिमान बनाएको थियो। सन् २००० मा सुपर लिगमा पुग्नु, टेस्ट खेल्ने राष्ट्र पाकिस्तान, बंगलादेश, दक्षिण अफ्रिका (दुईपटक), न्युजिल्यान्ड र जिम्बावेलाई पराजित गर्नु युवा विश्वकपमा नेपालले बनाएका अनुपम उपलब्धि हुन्।
व्यक्तिगततर्फ त्यसको दुई वर्षपछि न्युजिल्यान्डमा बरदान चालिसेले एकै प्रतियोगितामा २ सय ३१ रन बनाउनुका साथै ७ विकेट लिनु, कनिष्क चौगाईंले २० खेलमा कुल ५ सय ३७ रन बनाई सर्वाधिक रन बनाउनेमा प्रतियोगितामै दोस्रो स्थानमा रहनु तथा शक्ति गौचन, विनोद दास, बसन्त रेग्मी र पारस खड्काको अलराउन्ड प्रदर्शन शीर्ष टोलीकै खेलाडीको जस्तो थियो।
नेपालले पाँच आइसिसी यु–१९ विश्वकप क्रिकेट खेल्ने क्रममा थुप्रै कीर्तिमान बनाएको थियो। सन् २००० मा सुपर लिगमा पुग्नु, टेस्ट खेल्ने राष्ट्र पाकिस्तान, बंगलादेश, दक्षिण अफ्रिका (दुईपटक), न्युजिल्यान्ड र जिम्बावेलाई पराजित गर्नु युवा विश्वकपमा नेपालले बनाएका अनुपम उपलब्धि हुन्।
व्यक्तिगततर्फ त्यसको दुई वर्षपछि न्युजिल्यान्डमा बरदान चालिसेले एकै प्रतियोगितामा २ सय ३१ रन बनाउनुका साथै ७ विकेट लिनु, कनिष्क चौगाईंले २० खेलमा कुल ५ सय ३७ रन बनाई सर्वाधिक रन बनाउनेमा प्रतियोगितामै दोस्रो स्थानमा रहनु तथा शक्ति गौचन, विनोद दास, बसन्त रेग्मी र पारस खड्काको अलराउन्ड प्रदर्शन शीर्ष टोलीकै खेलाडीको जस्तो थियो।
अस्ट्रेलियामा भएको यसपटकको विश्वकपमा नेपालले त्यसलाइ निरन्तरता दियो। तर यसपटक धेरै कीर्तिमान नेपाली टोलीविरुद्ध थियो। नेपाली टोली पहिलोपटक ४ खेलमा पराजित भयो र समूह चरणमा एउटै खेल जित्न सकेन। श्रीलंकासँग ७९ र अस्ट्रेलियासँग ८२ रनमा समेटिनु नेपालको विश्वकपमा दोस्रो र तेस्रो न्युन स्कोर थियो। अविनाश कर्ण विश्वकपमा नेपालको अहिलेसम्मकै महँगा बलर बन्नु आदि, इत्यादि।
राहुल बिक र प्रदीप ऐरीले नेपालबाट व्यक्तिगत उत्कृष्ट प्रदर्शन नगरेका होइनन्। त्यस बावजुद यु–१९ विश्वकप क्रिकेटमा १३औं स्थानमा टुंग्याउनु नेपालको कमजोर प्रदर्शनमा स्थापित भयो। विगतमा अप्रत्याशित नतिजाहरू निकाल्दै टेस्ट राष्ट्रको छवि बनाएको नेपाललाई एसोसिएट राष्ट्रसँगको खेल जित्न नै हम्मे पर्यो। आयरल्यान्डसँग १४ रनको हार यु–१९ विश्वकपमा नेपालको एसोसिएट राष्ट्रसँग केवल दोस्रो हार बन्यो।
कप्तान पृथु बाँस्कोटासहित प्रदीप ऐरी, राहुल बिक र सुवास खकुरेल मलेसियामा अर्को साता हुने विश्व क्रिकेट लिग डिभिजन ४ लाई छानिएका खेलाडी हुन्। नरेश बुढाऐर पनि राष्ट्रिय टोलीबाट प्रतिनिधित्व गरिसकेका खेलाडी हुन्। राष्ट्रिय खेलाडीहरूलाई नेपाल क्रिकेट संघ (क्यान) ले मासिक तलब दिने भनेर अनुबन्धित गरेको छ। त्यो हिसाबमा यी खेलाडीको प्रदर्शन व्यावसायिक थिएन।
अझ पृथुको प्रदर्शन बिर्सनलायक रह्यो। बलिङमा पाँचौं बलरको भूमिकाबाट आफ्नो प्रदर्शनमा केही हदसम्म न्याय गरे पनि ब्याटिङमा उनी र टोलीमा खासै फरक देखिएन। कप्तान आफै उदाहरणीय रूपमा प्रस्तुत हुनुपर्नेमा उनी टोलीजस्तै धराशयी हुनपुगे। यु–१९ विश्वकप अगाडिको अभ्यास खेलमा घाइते हुन पुगेका उनले ६ खेलमा ४९ रनमात्र बनाउन सकेनन्। विश्वकपमा आउनु अगाडी मलेसियामा भएको एसिसि यु–१९ एसिया कपमा पृथु तीन मध्येको दुई खेलमा डक आउट भएका थिए। उनको त्यही प्रदर्शनले विश्वकपमा पनि निरन्तरता पायो।
न्युजिल्यान्डसँगको अभ्यास खेलमा १ सय १४ रन बनाएपछि नरेश नेपाली टोलीका सबैभन्दा आशालाग्दा खेलाडी बनेका थिए। पृथुजस्तै उनी पनि दुई खेलमा डकआउट भए। उनले ६ खेलमा ३२ रनमात्र बनाउन सके। पपुवा न्युगिनीसँगअन्तिम खेलमा जोडेको २७ रन पनि त्यसमा समावेश छ।
ब्याटिङमा सुवास र प्रदीपले नेपालबाट सबैभन्दा बढी क्रमशः १५५ र १४९ रन बनाए। पछिल्ला ५ विश्वकपमा देखाएको प्रदर्शन दोहोर्याउने लक्ष्य नेपालले बनाएको हो भने माथिल्लो क्रमको ब्याट्सम्यानका हिसाबमा त्यो कम हो। यी दुई ओपनर पनि भएकाले नेपाली टोलीले कस्तो खेल्ने भन्नेमा धेरै निर्भर थियो। सुवास तीब्र बलिङमा राम्रो खेल्ने खेलाडी मानिन्छन्। अस्ट्रेलियाको तीब्र विकेटमा उनको प्रदर्शन औसत रह्यो। लामो इनिङ खेल्न नसक्नु उनको परम्परा बन्यो।
कडा प्रहार गर्ने ब्याट्सम्यान प्रदीपले पछिल्लो दुई खेलमा अविजित १ सय १० रन बनाए। दुवै इनिङ उनले मध्यपंक्तिबाट खेलेका थिए। प्रदीप र राहुल दुवै अस्ट्रेलिया यात्राको अन्तिममा आएर जमेका खेलाडी हुन्। राहुलले पपुवा न्युगिनीसँग अन्तिम खेलमा ६.२ ओभरमा ४ मेडन राख्दै ३ रन खर्चेर ६ विकेट लिई यु–१९ विश्वकप इतिहासकै किफायती (५ ओभर भन्दा माथिमा) बलिङ गरे।
दुवैले आफ्नो प्रदर्शनबाट प्रशिक्षक पुबुदु दासानायकेलाई झक्झकाएका छन्। झन्डै एक वर्षअघि दासानायके आएपछि प्रदीप नेपाली राष्ट्रिय टोलीको ओपनरको भूमिकामा खेल्दै आएका छन्, जबकि उनी स्लग ओभरकै राम्रो ब्याट्सम्यान मानिन्छन्। पछिल्लो साढे २ वर्षमा १ सय अन्तर्राष्ट्रिय विकेट लिइसके पनि राष्ट्रिय टोलीमा राहुलको स्थान पक्का भएको छैन। दासानायकेले मार्चमा विश्व ट्वान्टी–२० छनोट खेल्न युएई जाँदा उनलाइ टोलीमा राखेका थिएनन्।
क्यानाडालाई २०११ को विश्वकपमा छनोट गराई अन्तर्राष्ट्रिय क्रिकेट परिषद्को हाइपर्फमेन्स प्रशिक्षण लिएका दासानायके खेलाडी छनोटमा चुके जस्तो देखिए। कृष्ण कार्की र फैजलुर रहमानलाई पहिलो रोजाइ भित्र–बाहिर राख्ने दासानायकेको निर्णय कमजोर थियो। दासानायकेले विश्वास देखाएका सौरभ खनालको प्रदर्शन विश्वकप खेल्ने खेलाडीको जस्तो देखिएन।
क्यान परम्परागत ढर्रामा चलेकामा यो नतिजा आएकोमा कुनै शंका छैन। वैशाखमा भएको यु–१९ राष्ट्रिय प्रतियोगितामा १४ मुख्य खेलाडी नखेलाउने क्यानको निर्णय सबैभन्दा विवादास्पद थियो। गत अगस्टमा आयरल्यान्डमा भएको आइसिसी विश्वकप छनोटमा दोस्रो भएको नेपाली टोलीका खेलाडीलाई नखेलाउने क्यानको निर्णय असर विश्वकपसम्म परेकोमा धेरै सहमत छन्।
नयाँ खेलाडीलाई अवसर दिने निर्णय क्यानको थियो। अनुभवी खेलाडीसँग प्रतिस्पर्धा नगराएसम्म छानिएका नयाँ खेलाडी प्रभावकारी नहुन सक्छन्। आयरल्यान्डमै खेलेको भरमा अनुभवी बनेका खेलाडीहरू राष्ट्रिय प्रतियोगितामा मैदानमै देखिन्थे। खेल्नका लागि आतुर उनीहरूको भाव त्यही देखिन्थ्यो। राष्ट्रिय टोलीमा छनोट भएका बाहेक आयरल्यान्डमा खेलेका अन्य खेलाडी विश्वकपको एक महिनाअघि यु–१९ एसिया कपलाई बन्द प्रशिक्षणमा बोलाउनु बाहेक निस्वि्र्कयजस्तै थिए। राष्ट्रिय प्रतियोगिता उनीहरूका लागि अभ्यसरत हुने अवसर पनि थियो।
दासानायके जस्ता हाइपर्फमेन्स प्रशिक्षक ल्याए पनि क्यानले बनाएको प्रशिक्षण शैलीमा कुनै परिवर्तन थिएन। एक महिनाअघि बन्द प्रशिक्षण गराउने अनि मुख्य प्रतियोगितामा उतार्ने। टेेस्ट खेल्ने राष्ट्रसँग अर्को अप्रत्याशित नतिजा निकाल्न यो शैली निकै पुरानो भइसकेको छ। यसले एसोसिएट राष्ट्रसँगै कठिन हुने पाठ यस विश्वकपले दिएको छ। वर्षमा एउटा राष्ट्रिय प्रतियोगिताका आधारमा चुनिएका खेलाडीको प्रदर्शन राम्रो–नराम्रो हुनु दोस्रो विषयमात्र हो।
नागरिक राष्ट्रिय दैनिकमा भदै १० गते प्रकासित
No comments:
Post a Comment