विश्लेषण
नेपालले पाँच आइसिसी यु–१९ विश्वकप क्रिकेट खेल्ने क्रममा थुप्रै कीर्तिमान बनाएको थियो। सन् २००० मा सुपर लिगमा पुग्नु, टेस्ट खेल्ने राष्ट्र पाकिस्तान, बंगलादेश, दक्षिण अफ्रिका (दुईपटक), न्युजिल्यान्ड र जिम्बावेलाई पराजित गर्नु युवा विश्वकपमा नेपालले बनाएका अनुपम उपलब्धि हुन्।
व्यक्तिगततर्फ त्यसको दुई वर्षपछि न्युजिल्यान्डमा बरदान चालिसेले एकै प्रतियोगितामा २ सय ३१ रन बनाउनुका साथै ७ विकेट लिनु, कनिष्क चौगाईंले २० खेलमा कुल ५ सय ३७ रन बनाई सर्वाधिक रन बनाउनेमा प्रतियोगितामै दोस्रो स्थानमा रहनु तथा शक्ति गौचन, विनोद दास, बसन्त रेग्मी र पारस खड्काको अलराउन्ड प्रदर्शन शीर्ष टोलीकै खेलाडीको जस्तो थियो।