Saturday, July 6, 2013

'एक्सपोजर' पाउदै नेपाली क्रिकेटर

नेपालले एसिसी इमर्जिङ टिम्स कप क्रिकेट प्रतियोगिताका लागि २२ सदस्यीय प्रारम्भिक टोलीको छनोट गरिसकेको छ। त्यसमध्ये ५ खेलाडी विदेशमा खेलिरहेका र प्रशिक्षण लिइरहेका छन्। सिंगापुर हुने प्रतियोगिताका लागि केही खेलाडी सोझै त्यतै पुग्ने छन् भने केही छोटो समयका लागि काठमाडौं आएर टोलीसँगै जानेछन्।
गत वर्ष नेपाली क्रिकेटको स्वर्णिम काल थियो। प्रशिक्षक पुबुदु दासानायकेले नेपाली क्रिकेटको ठूलो छलाङको बाटो खोल्ने अभियान थालनी गरे। नेपाली खेलाडीलाई विदेशी लिगमा खेलाउनु सफलताका प्रमुख आधार थिए। फरक क्रिकेट अनुभवले खेलाडी निखारिएका थिए। 'एक्सपोजर' नपाउनु नेपाली क्रिकेटको प्रमुख समस्या भएको पुष्टि भएको थियो। यस पटक पनि ज्ञानेन्द्र मल्ल, वसन्त रेग्मी, अनिल मण्डल, प्रदीप ऐरी, नरेश बुढाऐर र राजेश पुलामी विदेशमै खेलिरहेका छन्।
एसेज शृंखलाको तयारीमा रहेका अस्ट्रेलियाका कप्तान माइकल क्लार्कसँग राजेश पुलामी

Friday, June 28, 2013

विश्व च्याम्पियनसिपमा दीपक विस्टको लक्ष्य

दीपक विष्टले खेलाडीका रूपमा तेक्वान्दोबाट धेरै पदक पाएका छन्। दक्षिण एसियाली खेलकुदमा लगातार चार स्वर्ण र एसियाली खेलकुदमा पाएका दुई कांस्यले उनलाई नेपाली खेलकुदमा सबैभन्दा सफल खेलाडी बनाएको छ।
सन् २०१० मा बंगलादेशमा दक्षिण एसियाली खेलकुदको पछिल्लो स्वर्ण जितेयता उनले चोटका कारण खेलाडी जीवनलाई निरन्तरता दिन सकेनन्। मेक्सिकोको पुइब्लामा असार ३१ देखि साउन ६ सम्म हुने विश्व तेक्वान्दो च्याम्पियनसिपमा आफूले खेलाडी जीवनबाट पाउन नसकेको पदक दिलाउने दीपकको लक्ष्य छ। उनले च्याम्पियनसिप खेल्ने खेलाडीलाई निखारिरहेका छन्।

Friday, June 7, 2013

नेपाललाई आइसिसीको विशेष अनुदान, विश्वकप तयारीलाई १ करोड ६० लाख

विश्वकप क्रिकेट तयारीलाई नेपालले विशेष आर्थिक सहयोग पाएको छ। विश्व क्रिकेटको सर्वोच्च संस्था आइसिसीले विश्वकप छनोट चरण खेल्नेक्रममा रहेका नेपालसहितका राष्ट्रलाई विशेष रकम दिएको हो। आइसिसीको विकास अनुदान नीतिअन्तर्गत 'हाई पर्फमेन्स ग्रान्ट' शीर्षकमा नेपालले यो रकम पाएको हो।
जनवरीमा न्युजिल्यान्डमा विश्वकप छनोट चरणका खेल्ने नेपाललाई आइसिसीले तयारी खर्च भनेर एक लाख ७५ हजार अमेरिकी डलर उपलब्ध गराएको नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष टंक आङबुहाङले बताए। आइसिसीले एसोसिएट एन्ड एफिलिएट राष्ट्रमा ९ देखि १२ औं स्थानका टोलीलाई यो रकम उपलब्ध गराउँछ। वरियतामा शीर्ष ८ स्थानमा रहेका राष्ट्रले यो शीर्षकमा ३ लाख ५० हजार डलर पाउँछन्।

Wednesday, May 29, 2013

हिलोमा चिप्लिएको नेपाली क्रिकेट

झरीमा फक्रने नेपाली क्रिकेट तालिका यसपल्ट पनि अछुतो रहेन। पछिल्लो एक दशकलाई हेर्ने हो भने वर्षायामसँग नेपाली क्रिकेटको सम्बन्ध प्रगाढ बन्दै गएको छ। सोमबार सम्पन्न वाइवाइ महिला यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता यसैको कडी थियो।
भदौदेखि वैशाखसम्म क्रिकेट खेल्न उपयुक्त समय मानिन्छ। जेठदेखि चार महिना लगभग नेपाली क्रिकेट ठप्प नै हुने गर्छ। गत वर्षलाई छाड्ने हो भने नेपाली क्रिकेट झन्डै उल्टो चलिरहेको छ। जेठसँगै सुरु हुने झरी र त्यसमा जोडिने मनसुनमा नेपाली क्रिकेट भिज्दै आएको छ। यही समयमा प्रतियोगिता आयोजना गर्नुपर्ने बाध्यता देखाइए पनि निश्चित क्यालेन्डर नहुँदा नेपाली क्रिकेट वर्षामा चिप्लिने गरेको छ। 
फाइल तस्विर : विकास कार्की

Tuesday, May 28, 2013

झापाले दिलाएको विराटनगरको सफलता

क्षेत्रीय छनोटमा मोरङ, सुनसरी, उदयपुर र इलाम जिल्ला सहभागी नै भएनन्। जबकि तयारी वाइवाइ महिला यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको विराटनगर (क्षेत्र १) का लागि थियो। सप्तरीको पनि सहभागिता ठेगान थिएन। प्रशिक्षक बिरु श्रेष्ठ र रुबिना क्षेत्री डग्मगाएका थिएनन्।
राष्ट्रिय प्रतियोगिता हुने खबरसँगै उनीहरूले आफ्नै हिसाबले विशेष तयारी गरिसकेका थिए। त्यो झापा जिल्ला क्रिकेट टोली बनाउन थियो। खेलाडी सबै काँकडभिट्टाका थिए। अन्तमा यही टोलीले झापाको मात्र नभई विराटनगर क्षेत्रकै प्रतिनिधित्व गर्नुपर्ने स्थिति आयो। बन्द प्रशिक्षण सुरु हुँदै गर्दा सप्तरीका चार खेलाडी काँकडभिट्टा पुगे। दुईले विराटनगर टोलीमा स्थान पाए, बाँकी सबै झापाबाट खेल्ने आशामा रहेका काँकडभिट्टाका खेलाडी थिए। पहिलो ११ मा यही टोलीले प्रतियोगिताका पूरै खेल खेल्यो।


Thursday, May 23, 2013

डिभिजन ३ मेनिया

नेपाली राष्ट्रिय क्रिकेट टोलीको सम्मान पातलिएसँग डिभिजन ३ मेनिया सेलाउदै गएको छ। उपाधि जितेर काठमाडौं आएसँगै सुरु भएको नेपाली टोलीको सम्मानक्रम अहिले पनि जारी छ। पहिलो दिनको अवव्यस्थित सम्मानलाई छाडने हो भने नेपाली टोलीले नगदका हिसाबमा अहिले सम्मकै ठुलो सफलता पाएका छन्। सरकारले दिने निर्णय गरेर प्रदान गर्न बाँकी ३ लाख ५० हजारलाई जोड्ने हो भने प्रति खेलाडीको भागमा ५ लाख भन्दा बढी परेको छ।
सफलता हात पारेसँगै जय जय र त्यसपछि शुन्य विगतको स्थिति पनि लगभग दोहोरिएको छ। फाइनल पुगेर वा उपाधि जितेर आउदाको नेपाली क्रिकेट टोलीसँग जोडिएर आफ्नो प्रोफाइल बढेको ठान्नेहरु डिभिजन ३ मेनियाबाट टाढा भइसकेका छन्। विश्वकपमा छनोट भएर आउने नेपाली टोलीसँग फेरी जोडिने आशामा उनीहरुले सम्भावित मितीमा चिनो पनि लगाइसकेका छन्। त्यसपछि अर्को मेनिया सुरु हुनेछ। यस बीचको स्थिति शुन्य जस्तै।
तस्विर सौजन्यः रमन सिवाकोटी/क्यान

Sunday, May 12, 2013

अविनाशको कीर्तिमानी बलिङ

नेपालले निराशाजनक यात्रा टुंगाए पनि अविनाश कर्ण एकै प्रतियोगितामा सर्वाधिक विकेट लिने नेपाली खेलाडी बने। उनले मलेसियाको एसिसी यु–१९ इलिट कप २४ विकेटसँगै टुंगाए।
शनिबार मलेसियाँगको खेलमा २ विकेट लिए। युएईविरुद्धको सेमिफाइनलमा २२ विकेट पुर्‍याएसँगै उनी सवै खाले अन्तर्राष्ट्रिय क्रिकेटको एकै प्रतियोगितामा नेपालबाट सर्वाधिक विकेट लिने खेलाडी बनेका थिए।
मलेसियामा एसिसी यु–१९ इलिट कपमा उत्कृष्ट बलरका साथ अविनाश कर्ण। तस्विरः विक्रम गिरी