धनगढीले नेपाली क्रिकेटमा नयाँ क्षेत्रको मान्यता पाएको छ। नेपाल क्रिकेट संघ (क्यान) को हालै बसेको बैठकले धनगढीलाई ९ नम्बर क्षेत्रको मान्यता दिएको हो। धनगढी बैतडी (६ नम्बर) क्षेत्रबाट छुट्टिएको हो। दीपक साउदको अध्यक्षतामा धनगढीले क्षेत्रीय मान्यता पाएको छ।
क्षेत्रका अन्य पदाधिकारी भने तोकिएको छैन। साउद राष्ट्रिय खेलकुद परिषद्का सदस्य र सुदूरपश्चिम खेलकुद विकास समितिका अध्यक्ष पनि हुन्। धनगढी क्षेत्रमा कैलाली, कञ्चनपुर, डोटी र अछाम जिल्ला रहने छन्। बैतडी क्षेत्रमा डडेलधुरा, बैतडी, दार्चुला र बझाङ रहने बताइएको छ। क्षेत्रीय सीमांकन भने अझै भइसकेको छैन।

.jpg)