Saturday, November 9, 2013

मिसन ट्वान्टी–२० विश्वकप

विश्व ट्वान्टी–२० छनोटमा नेपालसामु धेरै चुनौती छन्। नेपालको विश्वकप सपना यसैसँग जोडिएको छ। एसोसिएट राष्ट्रका अन्य बलिया विपक्षीसँग खेल्नुपर्ने यथार्थबीच प्रशिक्षक पुबुदु दासानायकेले प्रतियोगिता जितेर सोझै ट्वान्टी–२० विश्वकपमा छनोट हुने लक्ष्य बनाएका छन्।
'मेरो लक्ष्य उपाधि जित्नु नै हो। समूहमा शीर्ष भएर विश्वकपमा छनोट हुनु हो,' दासानायके आत्मविश्वास साथ भन्छन्। तीन महिनाअघि सिंगापुरमा नेपाल एसिसी इमर्जिङ टिम्स कपको एकदिवसीय खेलमा अफगानिस्तानमाथि विजय पाउन थोरैले चुकेको थियो। दासानायके ट्वान्टी–२० विश्वकपमा छनोट हुने आधार यसैलाई मान्छन्।
ब्याट्सम्यान शरद भेषावकर प्रशिक्षणमा। तस्विरः विजय राई/नागरिक

Saturday, November 2, 2013

राष्ट्रिय टोली बाउन्ड्री बाहिर, क्षेत्रीय क्रिकेट भित्र

दसदिने दिल्ली भ्रमणमा सात अभ्यास खेल खेलेर काठमाडौं फर्केपछि नेपाली राष्ट्रिय टोलीको बाँकी प्रशिक्षण कीर्तिपुरस्थित त्रिवि मैदानमै तय थियो। विश्व ट्वान्टी–२० छनोट खेल्न नेपाली टोली नोभेम्बर १० मा युएई जाँदैछ। दिल्लीमा पूरा नभएका रणनीतिक पक्ष उनीहरूको स्वेदशको अभ्यासमा बनाउने योजना थियो।
सोहीअनुरुप शुक्रबार बिहान मैदान पुग्दा खेलाडीहरू एक्कासि झस्किन पुगे। मैदानमा काठमाडौं क्षेत्रीय यु–१९ प्रतियोगिता भइरहेको थियो। नेट्सको अभ्यास विकेट तयारी थिएन। प्रशिक्षक पुबुदु दासानायके राष्ट्रिय खेलाडीलाई खेलाउनभन्दा पनि ललितपुर र भक्तपुर जिल्लाको यु–१९ छनोट प्रतियोगिता हेर्नै बाध्य भए। उनीसँग वर्तमानभन्दा पनि भविष्यको खेलाडी हेर्नुको विकल्प थिएन।
सामन्य स्ट्रेचिङ गरेपछि खेलाडी बाउन्ड्री लाइन बाहिरबाटै ललितपुर र भक्तपुर खेल हेर्न बाध्य थिए। त्यसपछि राष्ट्रिय टोलीका कप्तान पारस खड्काले आफूलाई सम्हाल्न सकेनन्। अघिल्लो महिना अन्तर्राष्ट्रिय क्रिकेट परिषद्ले क्यानलाई ८४ हजार डलर जरिवाना गराउँदाको विषयमा नेपाली क्रिकेटको सर्वोच्च निकायका जिम्मेवार व्यक्तिहरूको नैतिकतामा समेत प्रश्न उठाएका उनले दिल्ली भ्रमणको कमजोरीदेखि अभ्यासका लागि मैदान र नेट्स नपाउँदा नेपाल क्रिकेट संघ (क्यान) को खुलेर आलोचना गरे। कप्तान पारसकै शब्दमा : 

कप्तान पारस खड्का मिडियासँग आलोचना पोख्दै

Sunday, October 20, 2013

नेपाली क्रिकेट टोलीमा भारतीय एनालिस्ट

नेपाली राष्ट्रिय क्रिकेट टोलीमा व्यावसायिक नयाँ टेक्निकल एनालिस्ट राखिएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले भारतका श्रीराम सोमायाजुलालाई दुई महिनाका लागि टेक्निकल एनालिस्टमा नियुक्त गरेको हो।
नोभेम्बर १५ देखि युएईमा हुने विश्व ट्वान्टी–२० छनोट तयारीका लागि नेपाली टोली आइतबार दिल्ली जाँदैछ। दिल्ली डिस्ट्रिक क्रिकेट एसोसिएसनसँग दुईपक्षीय सम्बन्धअनुरुप नेपालले दिल्लीमा ७ अभ्यास खेल खेल्नेछ, त्यसमा चार खेल फिरोज शाह कोटला मैदानमा हुनेछ।


Saturday, October 5, 2013

पहिलोमै आर्मी च्याम्पियन

त्रिभुवन आर्मी क्लबले पहिलो सहभागितामै पेप्सी स्ट्यान्डर्ड चार्टर्ड ट्वान्टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिता जितेको छ। शुक्रबार पाँचौं संस्करणको फाइनलमा आर्मीले साविक विजेता नेपाल एपिएफ क्लबलाई ५ विकेटले पराजित गर्‍यो।
कीर्तिपुरस्थित त्रिवि मैदानमा वर्षाका कारण १६ ओभरमा छोट्याइएको खेलमा टस जितेको एपिएफले ७ विकेट गुमाई १ सय १२ रन बनायो। कप्तान विनोद भण्डारीले अविजित ३० रन बनाएपछि आर्मीले ४ बलअघि लक्ष्य पूरा गर्‍यो। विनोदले वसन्त रेग्मीलाई स्ट्रेट चौका प्रहार गरेपछि आर्मीले १ सय १६ रन बनायो।
त्रिभुवन आर्मी क्लब उपाधि जितेपछि। तस्विरः विकास कार्की/नागरिक

Sunday, September 29, 2013

चोटमा पनि मुस्कुराउदैं पृथु

युवा अलराउन्डर पृथु बाँस्कोटाको चमक शनिबार छुट्टै थियो। नक्सालस्थित होटल क्राउन प्लाजामा नेपाली क्रिकेट टोलीका मलेसियाली फिजियो एसभी सुब्रा र डाक्टर श्रील भगतसामु उनले नयाँ जीवन नै पाएजस्तै अनुभूति गरिरहेका थिए।
राष्ट्रिय टोलीको बन्द प्रशिक्षणक्रममा दुई साताअघि पृथुले यस्तो चोट बोके, जसले उनी आफ्नो खेलजीवननै सकिएको महसुस गर्न बाध्य भए। कीर्तिपुरको त्रिवि मैदानमा प्रशिक्षणमा फुटबल खेल्दा उनको दाहिने घुँडामा चोट लागेको थियो। उक्त चोट पूर्णत फुटबल खेलाडीलाई मात्र पर्न सक्छ। एमआरआई रिपोर्टमा उनको लिगामेन्ट पूर्ण च्यातिएको देखियो। 

Sunday, September 22, 2013

डाक्टर–पाइलट: काठमाडौं

डाक्टर–पाइलट। 'सरकारी जागिर..' बोलका गायक क्रान्ति आलेसम्मिलित ब्यान्डको नाम हो यो। ब्यान्ड नै नभए पनि काठमाडौं जिल्ला क्रिकेट टोलीको परिचय डाक्टर–पाइलटको टोली जस्तै छ। सिनियर पाइलट प्रफुल्ल वैद्य काठमाडौं टोलीका कप्तान हुन्। डाक्टर नीरज भट्टराई टोलीका प्रमुख खेलाडी।
गत वर्ष काठमाडौं जिल्ला छनोट प्रतियोगितामा तीन पाइलट र तीन डाक्टर थिए। प्रफुल्लसहित अर्का दुई पाइलट मोनिर श्रेष्ठ र नाजिर शेख जिल्ला छनोटमै छानिए। क्लबस्तरीय प्रतियोगितामा खेल्ने डाक्टरको संख्या पनि तीन नै थियो। नीरजबाहेक धनबहादुर कार्की र निखिल आचार्यले खेले। नीरज र निखिल जिल्लामै छनोट भए।
पाइलट प्रफुल्ल बैध। तस्विरहरुः विकास कार्की

Saturday, September 21, 2013

नेपाली क्रिकेटका प्रवासी अनुहार


अर्को राम्रो पुस्ता नदेखिएका कारण नेपाली क्रिकेटको भविष्यबारे चिन्ता गर्ने धेरै छन्। दुई वर्षअघि नेपाल आएलगत्तै खेलाडी खोज्न प्रशिक्षक पुबुदु दासानायके मोफसल लागे। वर्षमा एकपटक हुने राष्ट्रिय प्रतियोगिताबाट पनि नयाँ खेलाडी निस्कन सकिरहेको अवस्था देखिँदैन। यस्तैमा भारतमा बस्दै आएका नेपालीहरू जो भारतको क्रिकेट संस्कारमा हुर्किए, अहिले नेपाली नयाँ अनुहार बनेर राष्ट्रिय प्रतियोगितामा देखा परेका छन्। यसले नेपालको घरेलु क्रिकेटको स्तर बढाउने अपेक्षा गरिएको छ। भारतमै हुर्केका सुरज केसी, अर्जुन अधिकारी र सोमपाल थापा घरेलु क्रिकेटमा देखिएका छन्। सोमपाल बन्द प्रशिक्षणमा पुगिसकेका छन् भने अन्यले त्यही लक्ष्य बनाएका छन्।

नेपाली राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा बोलाइएका सोमपाल थापा। तस्विरहरुः विकास कार्की/नागरिक