Showing posts with label Sharad Vesawkar. Show all posts
Showing posts with label Sharad Vesawkar. Show all posts

Sunday, January 12, 2014

स्वर्णिम इतिहासको पर्खाइमा नेपाली क्रिकेट

नेपाली क्रिकेट इतिहासकै स्वर्णिम मोडमा पुगेको छ। यो मोड पार गरे नेपाली टोली विश्वकपमा पुग्नेछ। न्युजिल्यान्डमा सोमबार सुरु हुने एकदिवसीय विश्वकप छनोटमा सफल भएमा नेपाली क्रिकेटले सबैभन्दा ठूलो सफलता पाउनेछ।
नेपाल ट्वान्टी–२० विश्वकपमा छानिएको २ महिना पनि भएको छैन। युएईमा विश्व ट्वान्टी–२० छनोटमा तेस्रो हुँदै पाएको सफलताले नेपाललाई क्रिकेटको सबैभन्दा माथिल्लो स्तरमा पुर्‍याएको हो। न्युजिल्यान्डमा नेपाली टोली सफल भए विश्व ट्वान्टी–२० भन्दा माथिको उचाइमा पुग्नेछ।
अप्रिलमा भएको एसिसी ट्वान्टी–२० कपको सेमिफाइनलमा शक्ति गौचन युएईका खेलाडीको विकेट लिएपछि।                               फाइल तस्बिरः विकास कार्की

Monday, December 2, 2013

'छक्कै छक्का हानिन्छ, विश्वकप खेलिन्छ'

पछिल्लो २६ महिनायता नेपाली राष्ट्रिय क्रिकेट टोली अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेर विरलै खाली हात फर्केको छ। आइसिसी विश्व ट्वान्टी–२० छनोटमा सहभागिता जनाएर आइतबार स्वदेश फर्केको नेपाली टोलीको हातमा भने कुनै ट्रफी थिएन। तर, यसपालि उनीहरूले जति सम्मान पाए, त्यति अहिलेसम्मको कुनै ट्रफीले दिएन।
युएईमा शनिबार सम्पन्न विश्व ट्वान्टी–२० छनोटमा तेस्रो भएकाले नेपाली टोलीले कुनै ट्रफी उचाल्न पाएन। उपाधि नपाए पनि नेपाललाई विश्वकप क्रिकेटको मैदानमा पुर्‍याएर ऐतिहासिक सफलता दिलाएको टोलीलाई आत्मैदेखि गर्वसाथ स्वागत गरे नेपाली खेलप्रेमीहरूले।

त्रिभुवन विमानस्थल बाहिर निस्कदैं पारस खड्का र नेपाली टोली। तस्बिरः विकास कार्की/नागरिक

Sunday, December 1, 2013

नेपाली क्रिकेट परिभाषित शरद

शरद भेषावकरले नेपाली क्रिकेटलाई परिभाषित गर्छन् भन्दा अतिशयोक्ति नहोला। आयोजक युएईसँग शनिबार मध्यपंक्तिका ब्याट्सम्यान शरदले लगातार २ छक्का प्रहार गर्दै नेपाललाई आइसिसी विश्व ट्वान्टी–२० छनोटमा तेस्रो स्थान दिलाउन जुन भूमिका खेले, त्यसले नै शरदको क्षमता प्रष्ट पार्छ।
नेपालले प्रतियोगितामा दोस्रो ब्याटिङ गर्दै ५ खेल जित्यो। ४ खेलमा शरदले विजयी रन बटुले। डेनमार्कसँगको पहिलो खेल छाड्ने हो भने बाँकी तीन इनिङ्स शरदकै मात्र नभएर नेपाली क्रिकेटकै स्मरणीय हुनसक्छ। केन्यासँग अन्तिम ओभरमा १७ रन आवश्यक हुँदा शरदले एक्लैले ३ छक्कासहित २० रन बनाए।
हङकङसँग अन्तिम ओभरमा निर्णायक भुमिका खेल्दै शरद भेषावकर। तस्बिरः रमन सिवाकोटी

Saturday, November 9, 2013

मिसन ट्वान्टी–२० विश्वकप

विश्व ट्वान्टी–२० छनोटमा नेपालसामु धेरै चुनौती छन्। नेपालको विश्वकप सपना यसैसँग जोडिएको छ। एसोसिएट राष्ट्रका अन्य बलिया विपक्षीसँग खेल्नुपर्ने यथार्थबीच प्रशिक्षक पुबुदु दासानायकेले प्रतियोगिता जितेर सोझै ट्वान्टी–२० विश्वकपमा छनोट हुने लक्ष्य बनाएका छन्।
'मेरो लक्ष्य उपाधि जित्नु नै हो। समूहमा शीर्ष भएर विश्वकपमा छनोट हुनु हो,' दासानायके आत्मविश्वास साथ भन्छन्। तीन महिनाअघि सिंगापुरमा नेपाल एसिसी इमर्जिङ टिम्स कपको एकदिवसीय खेलमा अफगानिस्तानमाथि विजय पाउन थोरैले चुकेको थियो। दासानायके ट्वान्टी–२० विश्वकपमा छनोट हुने आधार यसैलाई मान्छन्।
ब्याट्सम्यान शरद भेषावकर प्रशिक्षणमा। तस्विरः विजय राई/नागरिक