पहिलोपल्ट न्युजिल्यान्ड पुग्दा नेपाली क्रिकेट टोली र प्रशिक्षक रोय
डायसलाई बढी सोधिएको प्रश्न थियो– 'पहाडै पहाड भएको देशमा क्रिकेट कहाँ
खेल्छौं।' न्युजिल्यान्डका सर एडमन्ड हिलारीसँगै तेन्जिङ नोर्गेले विश्वको
सर्वोच्च शिखर पहिलोपटक सफल आरोहण गरेकाले धेरैको सोचाइ नेपाल हिमालै हिमाल
भएको देश भन्ने थियो।
सन् २००२ मा आइसिसी यु–१९ विश्वपकपले नेपाललाई अन्तर्राष्ट्रियजगतमा पहिलोपल्ट क्रिकेट खेल्ने देश भनेर चिनाएको थियो। पाकिस्तान र बंगलादेशजस्ता राष्ट्रलाई पराजित गर्दै नेपाल प्लेट फाइनल पुगेको कारण पनि नेपाली क्रिकेट चिनिएको हो। पहाडमात्र होइन, सीमित सुविधाका साथै मैदान पनि भएको भनेर नेपालको चिनारी दिनुपरेका डायस यही नतिजाका कारण नेपालले १० वर्षपछि माथिल्लो लेभलको क्रिकेट खेल्ने बताएर फर्केका थिए। झन्डै १० वर्ष बसेपछि डायस नेपाल छाडेर गए।