Wednesday, November 20, 2013

अमृतले समातेको लय

तीब्र बलर अमृत भट्टराईले अन्ततः आफ्नो लयमा फर्काएका छन्। युएईमा भइरहेको आइसिसी विश्व ट्वान्टी–२० छनोटमा पपुवा न्यु गिनीविरुद्धको खेलमा अमृतले आफ्नो लयमात्र फर्काएनन् २३ महिनाको विकेटको खडेरीलाई पनि तोडेका छन्।
२०११ को डिसेम्बर ४ देखि अमृतले नेपालबाट ट्वान्टी–२० मा विकेट लिन सकेका थिएनन्। यस बीचमा नेपालले २२ ट्वान्टी–२० खेल खेल्दा अमृतले ८ खेल खेलेका थिए। २०११ को एसिसी ट्वान्टी–२० कपमा उनले युएईविरुद्धको खेलमा ४ ओभरमा २५ रन खर्चेर ३ विकेट लिएका थिए। त्यसयता कुनै विकेट लिन सकेका थिएनन्। २ खेलमा ४ विकेट लिए पनि अस्वस्थाताका कारण उनले प्रतियोगितामा बाँकी खेल खेलेका थिएनन्।
अमृत भट्टराई बलिङ गर्दै। तस्विर रमन सिवाकोटी

Monday, November 18, 2013

टेलिभिजन लाइभ जिङ्क्सको तगारो

आइसिसी विश्व ट्वान्टी–२० छनोटमा स्कटल्यान्डविरुद्ध खेल्न मैदानमा उत्रिदा नेपालको ध्यान लगातार तेस्रो विजय हात पार्नु बाहेक 'टेलिभिजन प्रत्यक्ष प्रसारणको जिङ्क्स' को तगारो पन्छाउनु पनि हुनेछ। युएईमा भइरहेको प्रतियोगितामा यी दुई टोली तेस्रो चरणको खेलमा प्रतिस्पर्धा गर्दैछन्।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) ले प्रतियोगिताका खेलहरु आफ्नो आधिकारिक वेवसाइटबाट वेवकास्ट गरिरहेको छ। जस अनुसार नेपालको समूह चरणका बाँकी ५ मध्येको ४ खेल वेवकास्ट हुनेछन्। नेपालले खेल्ने स्कटल्यान्ड, नेदरल्यान्ड्स, अफगानिस्तान र बर्मुडासँगका खेल लाइभ स्ट्रिमिङ हुनेछन्। टेलिभिजन र वेवकास्टबाट प्रत्यक्ष प्रसारण भएका खेलमा विगतमा नेपालको प्रदर्शन राम्रो हुन सकेको छैन्। प्रत्यक्ष प्रसारण हुँदा खेलाडीको ध्यान मैदानमा भन्दा ठूला क्यामारामा केन्द्रित हुने गरेको आरोप लाग्ने गरेको छ। 
सन् २०१२ मा अस्ट्रेलियामा भएको आइसिसी यु–१९ विश्वकपको अस्ट्रेलियासँगको खेल दौरान नेपाली टोली। तस्बिर :  आइसिसी

Friday, November 15, 2013

सजिलो छैन नेपालको विश्वकप यात्रा

विश्वकप खेल्ने उद्देश्यमा रहेको नेपालका लागि पहिलो खेलमा डेनमार्क खासै ठूलो चुनौती नहोला। आइसिसी विश्व ट्वान्टी–२० छनोट यात्रामा नेपालको बाटो सहज भने छैन।
पछिल्लो दुई वर्षको प्रदर्शनका आधारमा नेपाललाई बलियो टोलीमा राखिएको छ। नेपालको आफ्नै उद्देश्य पनि अर्को वर्ष बंगलादेशमा हुने विश्व ट्वान्टी–२० मा छनोट हुनु छ। त्यस विपरीत डेनमार्कलाई प्रतियोगिताको सबैभन्दा कमजोर टोलीमा राखिएको छ। गत वर्ष मार्चमा सम्पन्न यही प्रतियोगितामा डेनमार्क १६ टोलीमा पुछारमा थियो।
नेपाल समावेश समूह 'बी' का कप्तानहरु विश्व ट्वान्टी ट्रफीका साथ। नेपाली टोलीका कप्तान पारस खड्का बायाबाट चौथो ।              तस्विरः आइसिसी

Wednesday, November 13, 2013

विश्वकप यात्राको 'टर्निङ प्वाइन्ट'

आइसिसी विश्व ट्वान्टी–२० छनोट प्रतियोगिता नेपालका लागि 'टर्निङ प्वाइन्ट' हुनसक्छ। दुई वर्षअघि यही प्रतियोगितामा नेपालले प्रतिद्वन्द्वीलाई चिन्ने अवसर मात्र पाएन, भविष्यको चुनौती आँकलन गर्ने मौका पनि पाएको थियो। तिनै परिचित प्रतिद्वन्द्वीको नाडी छामेर नेपालले अर्को वर्ष बंगलादेशमा हुने विश्व ट्वान्टी–२० को ढोका खोल्ने धेरैको विश्वास छ।
सन् २०१० मा नेपाल डिभिजन ४ मा रोकिएपछि अफगानिस्तानका तत्कालीन प्रशिक्षक ताज मलिकले भनेका थिए, 'नेपालको स्तर धेरै माथि छ। तर नेपाल ठूलो टोली भनेर अरुसँग डराउँछ। एकपल्ट नेपालले एउटा लेभल पार गरेर ठूलो टोलीमा गनिएका कुनै टोलीलाई हरायो भने जितको क्रम सुरु हुन्छ।'
तस्विरः विजय राई

Tuesday, November 12, 2013

पूर्वकप्तानहरूको विश्वकपमा छनोट हुने विश्वास

विश्व ट्वान्टी–२० छनोटमा सहभागिता जनाउन नेपाली टोली युएई पुगिसकेको छ। शुक्रबार सुरु हुने १६ राष्ट्र सम्मिलित प्रतियोगिताका शीर्ष ६ टोलीले अर्को वर्ष बंगलादेशमा हुने विश्व ट्वान्टी–२० मा भाग लिन पाउने छन्। नेपाली टोलीको लक्ष्य ट्वान्टी–२० विश्वकपमा छनोट हुनु हो।
राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तानहरूको वर्तमान टोलीमाथि कस्तो अपेक्षा छ? नेपाली टोली विश्वकपमा छनोट हुन्छ? उनीहरू नेपाली टोलीको कमजोरी के देख्छन्। खेलाडीको व्यक्तिगत प्रदर्शनलाई कसरी हेरेका छन्। प्रशिक्षक र नेपाल क्रिकेट संघको भूमिकाका कस्तो देख्छन्? आदि विषयमा पूर्वकप्तानहरूको विचार : 
नेपाली टोलीका पूर्व कप्तानहरु माथी देब्रेबाट उत्तम कर्माचार्य, राजु खड्का, एलबी क्षेत्री, पवन अग्रवाल र विनोद दास। साथमा विश्व ट्वान्टी–२० छनोटको लोगो

Saturday, November 9, 2013

मिसन ट्वान्टी–२० विश्वकप

विश्व ट्वान्टी–२० छनोटमा नेपालसामु धेरै चुनौती छन्। नेपालको विश्वकप सपना यसैसँग जोडिएको छ। एसोसिएट राष्ट्रका अन्य बलिया विपक्षीसँग खेल्नुपर्ने यथार्थबीच प्रशिक्षक पुबुदु दासानायकेले प्रतियोगिता जितेर सोझै ट्वान्टी–२० विश्वकपमा छनोट हुने लक्ष्य बनाएका छन्।
'मेरो लक्ष्य उपाधि जित्नु नै हो। समूहमा शीर्ष भएर विश्वकपमा छनोट हुनु हो,' दासानायके आत्मविश्वास साथ भन्छन्। तीन महिनाअघि सिंगापुरमा नेपाल एसिसी इमर्जिङ टिम्स कपको एकदिवसीय खेलमा अफगानिस्तानमाथि विजय पाउन थोरैले चुकेको थियो। दासानायके ट्वान्टी–२० विश्वकपमा छनोट हुने आधार यसैलाई मान्छन्।
ब्याट्सम्यान शरद भेषावकर प्रशिक्षणमा। तस्विरः विजय राई/नागरिक

Saturday, November 2, 2013

राष्ट्रिय टोली बाउन्ड्री बाहिर, क्षेत्रीय क्रिकेट भित्र

दसदिने दिल्ली भ्रमणमा सात अभ्यास खेल खेलेर काठमाडौं फर्केपछि नेपाली राष्ट्रिय टोलीको बाँकी प्रशिक्षण कीर्तिपुरस्थित त्रिवि मैदानमै तय थियो। विश्व ट्वान्टी–२० छनोट खेल्न नेपाली टोली नोभेम्बर १० मा युएई जाँदैछ। दिल्लीमा पूरा नभएका रणनीतिक पक्ष उनीहरूको स्वेदशको अभ्यासमा बनाउने योजना थियो।
सोहीअनुरुप शुक्रबार बिहान मैदान पुग्दा खेलाडीहरू एक्कासि झस्किन पुगे। मैदानमा काठमाडौं क्षेत्रीय यु–१९ प्रतियोगिता भइरहेको थियो। नेट्सको अभ्यास विकेट तयारी थिएन। प्रशिक्षक पुबुदु दासानायके राष्ट्रिय खेलाडीलाई खेलाउनभन्दा पनि ललितपुर र भक्तपुर जिल्लाको यु–१९ छनोट प्रतियोगिता हेर्नै बाध्य भए। उनीसँग वर्तमानभन्दा पनि भविष्यको खेलाडी हेर्नुको विकल्प थिएन।
सामन्य स्ट्रेचिङ गरेपछि खेलाडी बाउन्ड्री लाइन बाहिरबाटै ललितपुर र भक्तपुर खेल हेर्न बाध्य थिए। त्यसपछि राष्ट्रिय टोलीका कप्तान पारस खड्काले आफूलाई सम्हाल्न सकेनन्। अघिल्लो महिना अन्तर्राष्ट्रिय क्रिकेट परिषद्ले क्यानलाई ८४ हजार डलर जरिवाना गराउँदाको विषयमा नेपाली क्रिकेटको सर्वोच्च निकायका जिम्मेवार व्यक्तिहरूको नैतिकतामा समेत प्रश्न उठाएका उनले दिल्ली भ्रमणको कमजोरीदेखि अभ्यासका लागि मैदान र नेट्स नपाउँदा नेपाल क्रिकेट संघ (क्यान) को खुलेर आलोचना गरे। कप्तान पारसकै शब्दमा : 

कप्तान पारस खड्का मिडियासँग आलोचना पोख्दै