'खेलाडीको भविष्य उज्ज्वल छ, खेलाडीकै जुत्ता बनाउनेको भविष्य छैन,' नेपाली फुटबलमा आएको ठूलो परिवर्तनले बुट बनाउने आफ्नो पेशा संकटमा ल्याएपछि सुरेश मगराती के गर्ने भन्ने अन्योलमा छन्। डेढ दशकअघि सुरु गरेको यो पेशा उनी चटक्कै छाड्न पनि सक्दैनन्।
फुटबल खेलाडीको बुट बनाउन लागेको उनले १४–१५ वर्ष भइसकेको छ। सोल आफै लिएर आउने खेलाडीलाई उनीहरूले भने जस्तै फिट बुट बनाउनु मगरातीको दैनिकी हो। खुबी पनि। मगराती छाला आफै किनेर ल्याउँछन्। त्यसमा खेलाडीले भनेअनुसार कम्पनीको नाम हालेर मगराती नयाँ बुट बनाइदिन्छन्। उनी खेलाडीको नजरमा 'बुट डाक्टर' हुन्।

![]() |
| आफ्नै पसलमा 'बटु डाक्ट' : तस्बिरः विकास कार्की |