Thursday, January 17, 2013

विश्वकपलाई खाका कोर्ने अवसर

थाइल्यान्डमा अर्को साता हुने एसिसी महिला च्याम्पियनसिपको अर्थ बेग्लै छ। यो विश्वकपमा पुग्ने पहिलो चरणको खाका हो। त्यसको अर्थ पहिलोपटक नेपाली महिला क्रिकेटले विश्वकप छनोट चरणमा सहभागिता जनाउन गइरहेको छ। नेपालको विश्वकप  यात्रा लामो छ, असम्भव नै भने छैन। 
जनवरी २३ देखि ३१ सम्म थाइल्यान्डका चियाङ माईमा हुने प्रतियोगिता विजेताले अर्को चरणमा प्रवेश पाउने छ। त्यसैले विश्वकपको छनोट यात्रा अगाडि बढाउने हो भने नेपालसँग उपाधि जित्नुबाहेक अर्को विकल्प छैन। यहाँको विजेताले जुलाई–अगस्टमा आयरल्यान्डमा हुने आइसिसी महिला विश्व ट्वान्टी–२० ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्न पाउनेछ। सो प्रतियोगितामा आयरल्यान्डसँगै पाकिस्तान, श्रीलंका, क्यानाडा, जापान, नेदरल्यान्ड तथा एसिसी र अफ्रिकाको विजेता गरी ८ टोलीले प्रतिस्पर्धा गर्ने छन्।
तस्बिर :  विजय राई/नागरिक

Thursday, January 10, 2013

पुरस्कृत भएपछिका दुई शब्दहरु..........

नेपाल दक्षिण एसियाली खेलकुद पत्रकार संघ (सास्जन) ले संस्थापक अध्यक्ष इश्वर मान सिंहको स्मृतिमा स्थापित गरेको पुरस्कारअन्तर्गत अभिलेखकृत खेलपत्रकारिता पुरस्कारबाट सम्मानित हुने अवसर पाए। म सँगै अन्नपूर्ण पोस्टका खेलकुद प्रमुख रोशनसिंह राउत र गोरखापत्रका फोटोपत्रकार राजेन्द्र चित्रकार शनिबार ईश्वरमान सिंह खेलकुद पत्रकारिता पुरस्कारबाट सम्मानित भए। सौर्य दैनिकका मनोज घिमिरे बुद्धिचाल खेलपत्रकारिता पुरस्कारबाट सम्मानित भए। 

मेरा लागि यस खाले यो पहिलो पुरस्कार थियो। पुरस्कार पाए पछि के बोल्ने भन्ने चिन्ताले अघिल्लो दिन देखि नै सताउन सुरु गरिसकेको थियो। साथी प्रकाश तिमल्सिनाले पुरस्कृत हुनु अघिल्लो दिन नै भोली त भाषण ठोक्नु पर्छ है भन्दा मेरा लागि त्यो गाली जस्तै भइसकेको थियो। तर पुरस्कार पाए पछि बोल्नु पर्ने कुनै कार्यक्रम नै रहनेछ। टन्टै साफ भयो। बोल्नु परेको भए मैले के बोल्ने भनेर मोटा मोटी स्केज तयार पारिसकेको थिए। जस्तै.........

तस्विरः विजय गजमेर/नागरिक

Saturday, December 22, 2012

मलाइ नेपाली 'क्याप' चाहियोः फजलुर


फजलुर रहमान खान पेप्सी स्टयान्डर्ड चाटर्ड राष्ट्रिय एकदिवसीय क्रिकेटको फाइनलमा सतक बनाउने पहिलो खेलाडी बने। एपिएफसँग शुक्रबार फाइनलमा उनले १ सय २४ रन बनाए पनि भैरहवालाई दोस्रो पटक विजेता बनाउन सकेनन्। फाइनलमा खेलेको इनिङले फजलुरलाई प्रतियोगिताको उच्च रन स्कोरमात्र बनाएन्, यसै प्रतियोगिताबाट सुरु गरिएको इमर्जिङ खेलाडीको उपाधि पनि दिलायो। उनले ६ खेलमा ६१.२० औषतमा ३ सय ६ रन बनाए।
२०११ को जनवरी–फेब्रुअरीमा नेपाली यु–१९ टोली बंगलादेश भ्रमणमा तीन अभ्यास खेल खेल्दै थाइल्यान्ड पुगेको थियो। थाइल्यान्डमा नेपालले एसिसी यु–१९ इलिट कपमा प्रतिस्पर्धा गर्दा फजलुर पहिलो दुई खेलमा म्यान अफ द म्याचमा चुनिएका थिए। दोस्रो खेलमा फजलुरले ओमानविरुद्ध १ सय १ रन बनाएका थिए। 
बंगलादेश र थाइल्यान्ड भ्रमणको पहिलो दुई खेलमा फजलुरको प्रदर्शनलाई उनकै भनाइमा उतारेको थिए। तर स्थान अभावका कारण मैले पठाएको समाचार नागरिक राष्ट्रिय दैनिकमा प्रकासित हुन सकेन्। त्यसैलाई यस ब्लगमा प्रकासित गरेको छु।
ओमानविरुद्ध सतक प्रहार गरेपछि फजलुरलाई बधाइ दिदै नेपाली टोली व्यवस्थापक अरुण सत्याल। तस्विरः विनोद पाण्डे

बढ्दैछ ब्याटिङ पावर


फजलुर रहमान खानले फाइनलमा खेलेको सानदार इनिङ शुक्रबार सम्पन्न पेप्सी स्ट्यान्डर्ड चार्टर्ड राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगिताभर ब्याटिङमा देखिएको पछिल्लो झलक थियो। फजलुरले एपिएफसँग फाइनलमा बनाएको सतक प्रतियोगिताको छैटौं हो।
२०५८ बाट सुरु भएयता क्षेत्रीय अवधारणाको राष्ट्रिय प्रतियोगितामा केवल तीन सतकमात्र बनेका थिए। यसपटकको एकै प्रतियोगितामा त्यसको दोब्बर सतक बन्यो। क्षेत्रीयअनुसार राष्ट्रिय क्रिकेटको फाइनलमा सतक पहिलोपटक सम्भव भयो। जनकपुरका अनिल मण्डल, एपिएफका ज्ञानेन्द्र मल्ल, भैरहवाका सागर पुन र वीरगन्जका अमित श्रेष्ठ तीन स्कोरको अंक छुने खेलाडीमा रहे। अमित एकै प्रतियोगितामा लगातार दुई सतक बनाउने पहिलो खेलाडी बने।
फाइनलमा सतक बनाएका फजलुर रहमान खान। तस्विरः रमन सिवाकोटी/क्यान

Thursday, December 13, 2012

परम्परागत ढर्रामै घरेलु क्रिकेट

तस्बिर :  विकास काकी/नागरिक

'तपाईहरू क्रिकेट प्रतियोगिता गर्नुस वर्षा आफै भइहाल्छ,' नेपाल क्रिकेट संघ (क्यान) का पूर्वपदाधिकारीका श्रीमतीले भनेको यो भनाइ स्थापित छ। पछिल्ला केही वर्षहरूमा क्यानले जेठकै साइत पारेर राष्ट्रिय प्रतियोगिता आयोजना गर्दा क्रिकेट बिथोल्न स्वाभाविक वर्षा नै काफी हुन्थ्यो। 
राष्ट्रिय प्रतियोगिताको पछिल्ला दुई संस्करण जेठमै भए। वर्षाले खेल बिथोलिनुका साथै विवाद ल्याउँदा खेलाडीले क्यानको खुलेर विरोधसमेत गरे। यसपटक समय परिवर्तन गरी पेप्सी स्ट्यान्डर्ड चार्टर्ड एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता सुरु भएको छ। नेपालले आगामी पाँच महिनामा एसिसी ट्वान्टी–२० कप र विश्व क्रिकेट लिग डिभिजन ३ जस्ता निकै महत्व पाएका प्रतियोगितामा प्रतिस्पर्धा गर्दैछ। 

Wednesday, November 28, 2012

दृष्टिविहीनको विश्वकप गन्तव्य


लगातार समस्या थपिँदै जाँदा अन्तिम चरणमा पुगिसकेको ट्वान्टी–२० दृष्टिविहीन विश्वकप क्रिकेटको नेपाली तयारीमा जटिलता थपिएको छ। एकपछि अर्को समस्या थपिँदा टोलीको ध्यान मैदानमा केन्द्रित हुन सकेको छैन। आठ महिनाअघि विश्वकप लक्षित गरेर राष्ट्रिय प्रतियोगिता गर्दा जस्तै समस्याले टोली गाँजिएको छ। 
नोभेम्बर ३० देखि डिसेम्बर १४ सम्म भारतको बेङ्लोरमा हुने प्रतियोगितामा नेपालले बंगलादेशसहित श्रीलंका, दक्षिण अफ्रिका, अस्ट्रेलिया, इङ्ल्यान्ड, भारत, वेस्ट इन्डिज र पाकिस्तानको सामना गर्नेछ। डिसेम्बर २ मा बंगलादेशविरुद्ध हुने खेलबाट नेपालको यात्रा सुरु हुनेछ।
तस्विर : नागरिक 

Saturday, November 3, 2012

तीब्र बलरको खोजी



विनोद दास र अमृत भट्टराई चोटले पिरोलिएका थिए। उनीहरूको अनुपस्थितिमा युएईसँग गत महिना एसिसी ट्रफी इलिटको फाइनल खेल्नुअघि नेपालसँग तीब्र बलरको विकल्पमा कप्तान पारस खड्कामात्र थिए। देब्रेहाते स्पिनर शक्ति गौचनले नेपाली बलिङ प्रारम्भ गरे। 
१६ वर्षको अन्तर्राष्ट्रिय क्रिकेट यात्रामा नेपालले पहिलो पटक स्पिनरबाट बलिङ प्रारम्भ गरेको थियो। रणनीतिक हिसाबमा भए अर्को पक्ष हुनसक्छ, पहिलो बलबाट स्पिनर लगाउने मुख्य कारणचाहिँ तीब्र बलरको अभाव नै प्रमुख थियो। चन्द्र साउद पनि चोटका कारण खेल्न नसक्ने भएपछि युएई जानुअघि नै टोलीमा तीब्र बलरको अभाव भइसकेको थियो। चन्द्र नेपालका सबैभन्दा तीब्र बलर मानिन्छन्। उनको गति १ सय ३० किलोमिटर छ। 
श्रीलंकाका पूर्व तीब्र बलर रुमेश रत्नायके नेपाली तीब्र बलरलाई सिकाउदै ।तस्विरः विकास कार्की