Tuesday, April 29, 2014

अफगानिस्तान र युएईलाई देखाउने अवसर

एसिसी प्रिमियर लिग खेल्न मलेसिया जादा नेपाली क्रिकेट टोली आन्तरिक समस्याहरु विर्सने प्रयासमा छ। ट्वान्टी–२० विश्वकपमा ऐतिहासिक सहभागिता जनाएको १५ दिनपछि नै नेपाली क्रिकेट आन्तरिक विवादमा रुमल्लिएको थियो।
देशको क्रिकेटको सर्वोच्च संस्था नेपाल क्रिकेट संघ (क्यान) मा थिति बसाल्नुपर्ने माग राख्दै विश्वकप खेलेका १६ खेलाडीले राष्ट्रिय प्रतियोगिता बहिस्कार गरेका थिए। उनीहरुले १० बुँदे मागमा क्यानमा आर्थिक पारदर्शीताको पनि आवाज उठाएका थिए। त्यसैलाई लिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्यानको अनुसन्धान गरिरहेको छ।

Saturday, April 26, 2014

महबुबको पुनरागमन

पुरानै लय फर्काउने अभियानमा जुटेका भेट्रान क्रिकेटर महबुब आलमलाई नयाँ ब्याटिङ शैलीमा देख्न पाइनेछ। 'बिचमा घाइते हुँदा क्रिकेटबाट ध्यान नै हराएको थियो,' एसिसी प्रिमियर लिग क्रिकेटका लागि १४ सदस्यीय अन्तिम टोलीमा स्थान बनाएपछि महबुबले भने, 'पुरानो लयमै फर्कने तयारी गर्छु। त्यसका लागि मैले आफ्नो ब्याटिङ शैली नै परिवर्तन गरेको छु।'
एसिसी प्रिमियर मे १ देखि मलेसियामा मे १ देखि हुनेछ। नेपाली टोलीमा कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल, सुवास खकुरेल, सागर पुन, शरद भेषावकर, विनोद भण्डारी, नरेश बुढाऐर, वसन्त रेग्मी, शक्ति गौचन, सोमपाल कामी, आरिफ शेख, रामनरेश गिरी, राजकुमार प्रधान र महबुब छन्। पुष्प थापा, भुवन कार्की र यज्ञमान कुमाल वैकल्पिकमा परेका छन्।

Wednesday, April 23, 2014

प्रतिभालाई निर्खादै आरिफ

नेपाल एपिएफ क्लबका फिल्डरहरूले असुहाउँदो फिल्डिङ गरिरहेका थिए। उनीहरूले यो अवसर दिँदा पनि वीरगन्ज सुरक्षित स्थितिमा थिएन। टोलीलाई दोस्रोपल्ट पेप्सी स्ट्यान्डर्ड चार्टर्ड एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता जित्न एउटा साहसिक इनिङ्स खाँचो थियो।
३१–४ को अवस्थामा वीरगन्जलाई सोमबार एपिएफविरुद्ध फाइनलमा २ सय १४ रनको लक्ष्यसम्म पुग्नु थियो। युवा क्रिकेटर आरिफ शेखले त्यो साहस देखाए। उनले अमित श्रेष्ठसँग मिलेर आकर्षक ब्याटिङ गरेपछि वीरगन्ज विजेता बन्यो। राष्ट्रिय खेलाडीहरूले बहिष्कार गरेको अवस्थामा वीरगन्ज र आरिफले मौका छोपे।

राष्ट्रिय प्रतियोगितामा आरिफ म्यान अफ द सिरिज ट्रफीका साथ । तस्विर :  विनोद पाण्डे

Sunday, April 13, 2014

आन्दोलित खेलाडीलाई वार्तामा आउन क्यानको अनुरोध

एक साता भित्रै तलब र भत्ता उपलब्ध गराइने बाचा
नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट खेलाडीहरूको लामो समयदेखि बाँकी तलबभत्ता एक साताभित्र दिने बाचा गर्दै वार्तामा आउन आह्वान गरेको छ।
क्रिकेट खेलाडीहरूले करिब आठ महिनादेखिको तलबभत्ता तत्काल दिनुपर्ने, क्यानको व्यवस्थापन परिवर्तन गर्नुपर्ने लगायत माग राख्दै बुधबार सुरु राष्ट्रिय प्रतियोगिता बहिष्कार गरेपछि क्यान दबाबमा परेको थियो। त्यही दबाबका कारण क्यानले शनिबार आकस्मिक बोर्ड बैठक डाकेर सात दिनभित्र खेलाडीहरूको तलब र सबै भत्ता दिने निर्णय गरेको हो। बैठक झन्डै पाँच घन्टा चलेको थियो।
पत्रकार सम्मेलनमा क्यानका पदाधिकारीहरु। तस्विर सौजन्यः दीनेश गोले

Friday, April 11, 2014

क्रिकेट खेलाडीद्वारा राष्ट्रिय प्रतियोगिता बहिस्कार


'आठ महिनादेखि तलब पाएका छैनौं'
ट्वान्टी–२० विश्वकप खेलेको महिनादिन नबित्दै राष्ट्रिय क्रिकेट खेलाडीहरूले न्यूनतम भत्तादेखि ८ महिनासम्मको तलब नपाएको भन्दै राष्ट्रिय प्रतियोगिता बहिस्कार गरेका छन्। उनीहरूले नेपाल क्रिकेट संघ (क्यान) मा परिवर्तनको मागसमेत राखेका छन्।
राष्ट्रिय प्रतियोगिता बुधबारदेखि राजधानी र पोखरामा सुरु भइसकेको छ। विश्वकप खेलेका सबै राष्ट्रिय खेलाडी विभागीय टोलीहरू नेपाल एपिएफ क्लब र त्रिभुवन आर्मी क्लबमा आबद्ध छन्। कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल, शक्ति गौचन, वसन्त रेग्मी, सुवास खकुरेल एपिएफमा छन् भने विनोद भण्डारी, सागर पुन, जितेन्द्र मुखिया, सोमपाल कामीसहितका खेलाडी आर्मीमा आबद्ध छन्।

Saturday, March 1, 2014

'क्रिकेटको चोट ग्रस्त वर्ष'

नरेश बुढाएर यसो फर्किएका मात्र के थिए, जितेन्द्र मुखियाले त्यही मौकामा बल समात्न भनेर उनलाई फाल्न पुगे। त्यही बल नरेशको टाउकोमा लाग्यो। उनको आँखीको डिल फुट्यो। नरेश रगताम्मे टाउको समात्दै मैदान बाहिर निस्किए।
'फ्रिक' दुर्घटनापछि शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा विश्व ट्वान्टी–२० क्रिकेटको तयारीमा अभ्यासरत नेपालको गति केही समय रोकिन पुग्यो। मलेसियाबाट अघिल्लो दिन मात्र फर्किएका एसभी सुभ्रा मैदान के पुगेका थिए, नरेश टाउको समाउँदै उनीसमक्ष पुगिहाले। सुभ्राले ब्यान्डेजले नरेशको टाउको बेरिदिए। केही समयको विश्रामपछि नरेश फेरि मैदान पसे। 
नरेश बुढाएर । तस्विरः विजय राइ/नागरिक

Saturday, February 22, 2014

लिग फुटबलको इतिहास

लिगको इतिहास पल्टाउँदा नेपाली फुटबललाई मुख्यत दुई भागमा विभाजन गर्ने गरिएको छ। २०४६ सालसम्म पहिलो काल र त्यसयता अर्को। २०४६ पछिको लिग आधुनिक लिगमा परिभाषित हुँदै गएको छ।
नेपाली फुटबलको सुरुआती इतिहास राजपरिवार सदस्य र राणा खानदानको सेरोफेरोमा छ। केही स्थानीय टोलीका युवाहरू हुनेखाने राजपरिवार र राणाहरूसँग रमाइलोका लागि फुटबल खेल्थे। यिनीहरूबीच प्रतिस्पर्धा हुँदा काठमाडौंको टुँडिखेल भरिन्थ्यो। विक्रम सम्वत २००० सालपछि व्यवस्थित फुटबल हुन थाल्यो। खेलाडी र दर्शक बढ्न थाले। यसले नै लिग फुटबलको बाटो देखायो।
तस्विरः विकास कार्की/नागरिक