Sunday, December 7, 2014

सिड्नी थन्डरमा नवीनको ट्रायल

कुनै समय यस्तो थियो जतिखेर चितवनका तीन खेलाडी राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षणमा हुन्थे। कुश गुरुङ, सुदीप पिया र सचिन गुप्ता सन् २००० को एसिसी ट्रफीमा स्थान पाउन राजधानीमा राष्ट्रिय टोलीको ढोका ढकढक्याइरहेका थिए।
त्यसपछि चितवनका कुनै खेलाडी राष्ट्रिय टोलीको बन्द प्रशिक्षणसम्म आइपुगेका छैनन्। उनीहरूका लागि आफ्नो क्षेत्र भैरहवा (तत्कालीन) मै स्थान बनाउनु पनि ठूलो उपलब्धि भइसकेको थियो। यसैक्रममा नवीनले नेपाली क्रिकेटमै ठूलो प्रभाव पारिरहेको भैरहवा क्षेत्रमा स्थान बनाएको थिए। ६० को दशकको सुरुआतमा चितवनका लागि यही नै ठूलो सफलता बन्यो।
नवीन गुरुङ (बिचमा) सँगैं अफगानिस्तानका हमिद खेरखाह र दक्षिण अफ्रिकाका स्कट कोपरफिल्ड। तस्बिर साभारः डेलिटेलिग्राफ डटकम

Saturday, December 6, 2014

एसिसीद्वारा पाण्डे नेतृत्वको क्यानलाई मान्यता

देशभित्र राष्ट्रिय क्रिकेटको सर्वोच्च निकाय नेपाल क्रिकेट संघ (क्यान) का दुई फरक समितिबीच कानुनी लडाइँ चलिरहेका बेला एसियाली क्रिकेट परिषद (एसिसी) ले नेपाल सरकारद्वारा पुनर्गठित विनयराज पाण्डे नेतृत्वको तदर्थ समितिलाई आधिकारिता प्रदान गरेको छ।
एसिसीका प्रमुख कार्यकारी सैयद असरफुल हकले मंगलबार पाण्डेलाई अध्यक्षमा चयन भएकोमा बधाई दिँदै पठाएको पत्रमा भनेका छन्, 'हामी तपाईसँग सहकार्य गर्ने प्रतीक्षामा छौं र नेपाली क्रिकेटको अझ बढी विकासका लागि तपाईको विज्ञता प्रयोग हुनेमा आशावादी छौं।'
एसियाली क्रिकेट परिषदले विनयराज पाण्डेलाई पठाएको पत्र

Saturday, November 29, 2014

ह्युजले खोसेको नेपाली सपना

श्रीलंकासँग जुझारु प्रदर्शन गरेर हारेको नेपाली यु–१९ क्रिकेट टोली अस्ट्रेलियासँग खेल्न तयार थियो। मलेसियामा सन् २००८ को आइसिसी यु–१९ विश्वकप क्रिकेटको उक्त खेलमा नेपालले नतिजामा खासै ठूलो अपेक्षा राखेको थिएन।
२००८ फ्रेबुअरी १९ को दिन अस्ट्रलियासँग खेल्नुअघि नेपाली टोलीमा खबर आयो, 'अस्ट्रेलियाली टोलीका एक ओपनरले प्रथम श्रेणीको क्रिकेट खेलिसकेका रहेछन्।' ती अरु कोही नभएर फिलिप ह्युज थिए, जसको निधनले अहिले विश्व खेलकुदमा सन्नाटा छाएको छ। 
अस्ट्रेलियाको एडिलेडमा डब्लुसिएनएल खेलक्रममा फिलिप ह्युजप्रति श्रद्धान्जली दिदैं खेलाडी तथा अफिसियल। ४ सय ८ उनको अस्ट्रेलियाको टेस्ट खेलाडी नम्बर हो। इन्सेटमा बलले लागेर मृत्यु भएका अस्ट्रेलियन क्रिकेटर ह्युज। तस्बिरः आइसिसी

Saturday, November 22, 2014

क्यान विवाद मैदानमा छताछुल्ल

यु–१९ महिला राष्ट्रिय च्याम्पियनसिपको फाइनल कीर्तिपुरको पारिलो मैदानमा जनकपुरलाई नतिजा सुम्पँदै सम्पन्न भइसकेको थियो। विजेता जनकपुरसँगै उपविजेता विराटनगरलाई ट्रफी उचाल्दै खुसी मनाउने हतारो थियो।
नेपाल क्रिकेट संघ (क्यान) की प्रमुख कार्यकारी अधिकृत भावना घिमिरेसहितका कर्मचारीलाई समापन समारोहको चटारोले भ्याइनभ्याई थियो। 

समापन समारोहका अतिथिहरु । तस्बिरः विजय गजमेर

Wednesday, November 19, 2014

नेपाल पहिलो क्रिकेट शृंखलालाई तयार

नेपाली क्रिकेटका लागि श्रीलंका पानि पँधेरो जस्तै हो। अधिकांश मुख्य प्रतियोगिता खेल्नु अगाडी नेपालको तयारी श्रीलंकामै हुन्छ। त्यही श्रीलंकामा नेपालले आफ्नो क्रिकेट इतिहासकै पहिलो शृंखला खेल्दै छ।
श्रीलंका भ्रमणमा त्यहाँको स्थानीय टोलीसँग दुई तीनदिवसीय खेल खेलिसकेको नेपालले अव हङकङसँग बुधबार, बिहीबार र शनिबार गरी तीन ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखला खेल्ने छ। त्यसपछि यी दुई टोलीले एक ५० ओभरको खेल खेल्ने छ। 
मंगलबार दिउँसा वर्षाले भिजेको रानगिरी दम्बुला अन्तर्राष्ट्रिय रंगशाला। यही मैदानमा नेपालले हङकङसँग पहिलो दुई ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेल्दै छ। तस्विर सौजन्यः देवेन्द्र सुवेदी

Tuesday, November 18, 2014

दुवै क्यानको सक्रियता

एसिसी यु–१९ प्रिमियर क्रिकेटबाट फर्केको नेपाली टोलीको स्वागतका लागि सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का फरक अस्तित्वका पदाधिकारीहरू आ–आफ्नो ढंगले पुगेपछि विवाद थप चुलिएको छ।
कुवेतमा उपविजेता बनेर फर्किएको टोलीलाई निलम्बित क्यानका पदाधिकारी र सरकारबाट भर्खरै बनेको तदर्थ समितिका पदाधिकारीले फरक फरक स्वागत गरे।


Saturday, November 15, 2014

'क्यान विघटन होइन निलम्बन'

मन्त्रिपरिषदबाट पुनर्गठित नेपाल क्रिकेट संघ (क्यान) का नवनियुक्त पदाधिकारीलाई युवा तथा खेलकुद मन्त्रालयले एक हप्तापछि शुक्रबार पदमा बहाल गराउने क्रममा पुरानो कार्यसमिति विघटन नभई निलम्बन गरेको तर्क अघि सारेको छ।
अघिल्लो बिहीबार मन्त्रिपरिषदको निर्णय सुनाउने क्रममा सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री मीनेन्द्र रिजालले क्यानको पुनर्गठन गरिएको बताएका थिए। तर खेलकुद मन्त्रालयले नेपाली क्रिकेटको सर्वोच्च संस्थाको तत्कालीन कार्यसमिति निलम्बन गरी नयाँ तदर्थ समिति बनाइएको बताएको छ। सरकारको निर्णयपछि खेलकुदमन्त्री पुरुषोत्तम पौडेलले गतिलो काम गर्न नसकेको कारण क्यान पुनर्गठन गरेको जनाएका थिए।
युवा तथा खेलकुद मन्त्रालयका सहसचिव एवंम प्रवक्ता चुडामणी पौडेलसहित नया क्यानका पदाधिकारीहरु

Saturday, November 8, 2014

रातो बल र सेतो लुगामा फर्किएको नेपाली क्रिकेट

पारस खड्का उमेरले १७ वर्ष लाग्दैथिए। सन् २००४ को अन्तरमहादेशीय कपमा मलेसियासँगको खेलबाट राष्ट्रिय टोलीमा प्रवेश पाउन उनी कीर्तिपुर मैदानमा उभिएका थिए। एकैपटक तीनदिवसीय खेल खेल्नुपर्ने भएकाले पारसजस्ता युवा खेलाडीको असली परीक्षा हुने सबैको अनुमान थियो।
पारस क्रिजमा जाँदा नेपालले ३८ रनमा ५ विकेट गुमाइसकेको थियो। उनले अनुभवी शक्ति गौचनसँग ८० रन जोडेपछि आफ्नो 'डेब्यु' अविस्मरणीय मात्र बनाएनन् नेपालको विजय आधार पनि तयार पारे। उनले यसअघि मलेसियाको पहिलो इनिङ्समा दुई सानदार क्याच र १ विकेट लिइसकेका थिए। 

नेपालले श्रीलंकाको डेभलपमेन्ट टोलीविरुद्ध यही सेतो जर्सी लगाएर खेल्ने छ। तस्विरः विनोद पाण्डे

Tuesday, November 4, 2014

नेपाली यु–१९ क्रिकेटको अनुभव कम, लक्ष्य ठूलो

एसिसी यु–१९ प्रिमियर लिग क्रिकेट बिहीबार कुवेतमा सुरु हुँदा नेपालले अहिलेसम्मकै अनुभवहीन टोली उतार्दैछ। अनुभव कमी भए पनि नेपाली प्रशिक्षकको भने लक्ष्य ठूलो छ।
सन् १९९७ मा हङकङमा सम्पन्न पहिलो संस्करणबाहेक एसिसी यु–१९ कप र एसिसी यु–१९ कप इलिटको नामले यसअघि आयोजित यस प्रतियोगितामा नेपाली टोलीमा अनुभवी खेलाडीको वर्चस्व हुन्थ्यो। यही प्रतियोगिता चारपटक जित्दै र दुईपटक फाइनलमा पुग्दै नेपालले कुल ६ पटक आइसिसी यु–१९ विश्वकप पनि खेलिसकेको छ।


Saturday, November 1, 2014

डिभिजन २ अगाडी खोजिएको पद्धति

'टुँडिखेलमा खेलेर डिभिजन २ मा ल्याइयो, अब हाम्रो नेपालमा एउटा रंगशाला चाहियो।'
विश्व क्रिकेट लिग डिभिजन ३ लिग जितेर मलेसियाबाट फर्किएको नेपाली टोलीको स्वागत गर्न त्रिभुवन विमानस्थल पुगेका समर्थक एकोहोरो चिच्याइरहेका थिए।
प्रशिक्षक पुबुदु दासानायकेको चिन्ता पनि यसै सेरोफेरोमा थियो। 'प्रतिभाको हिसाबमा हामी डिभिजन २ मा राम्रो गर्न योग्य छौं, तर त्यहीअनुसार पद्धति हुनुपर्‍यो त्यो प्रतियोगिताका लागि,' उनले व्यवस्थापनतर्फ इंगित गरे।

Monday, October 27, 2014

'अन्डर पर्फमर' ज्ञानेन्द्रको शतक

नेपाली क्रिकेट टोलीका उपकप्तान ज्ञानेन्द्र मल्ल अभ्यास खेलमा प्रायः सानदार ब्याटिङ गर्थे। मुख्य प्रतियोगितामा भने त्यो ब्याटिङले निरन्तरता पाउँदैनथ्यो जसका कारण उनको करिअरमा 'अन्डर पर्फमर' को दाग लाग्न थालेको थियो।
यसपालि पनि विश्व क्रिकेट लिग डिभिजन ३ खेल्न मलेसिया जानुअघि नेपालले श्रीलंकामा अभ्यास खेल खेल्दा ज्ञानेन्द्रले उत्कृष्ट ब्याटिङ गरेका थिए। उनले कोल्टस क्रिकेट क्लबसँगको दोस्रो अभ्यास खेलमा अविजित ५६ र रागामा क्रिकेट क्लबसँगको तेस्रो खेलमा १ सय ६७ रन बनाए। त्यही सानदार ब्याटिङ मद्दतमा नेपालले तीनमध्ये दुई अभ्यास खेल जित्यो। 
फाइल तस्विरः क्रिकइन्फो 

Thursday, October 23, 2014

युगान्डासँग निरन्तरताको लक्ष्य

आइसिसी विश्व क्रिकेट लिग डिभिजन ३ बिहीबार मलेसियामा सुरु हुँदा नेपाल र युगान्डाले पुरानै भेटलाई निरन्तरता दिने छन्। यसबाहेक अमेरिका, मलेसिया, बर्मुडा र सिंगापुरको चुनौती पनि यी दुई टोलीसामू छ।
गत वर्षको मे महिनामा पनि नेपाल र युगान्डा नै डिभिजन ३ को फाइनलमा पुग्दै एकदिवसीय विश्वकप छनोटमा परेका थिए। नेपालले बर्मुडामा समूह चरणमा युगान्डासँग पाएको ६ विकेटको पराजय बदला फाइनलमा ५ विकेटले लिएको थियो। 
नेपाली टोलीका कप्तान पारस खड्कासहित अन्य पाँच देशका कप्तान डिभिजन ३ ट्रफीका साथ । तस्विरः आइसिसी

Wednesday, October 22, 2014

दावेदार नेपाललाई सजिलो छैन डिभिजन ३

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) ले विश्व क्रिकेट लिग डिभिजन ३ युगान्डामा गर्ने तय गरिसकेको थियो। यस्तोमा नेपालले युएईमा त्यसका लागि तयारी गर्ने योजना बुन्दै थियो।
आइसिसीको ग्लोबल एकेडेमी मैदानमा नेपालले अभ्यास खेल खेल्ने सम्भावना बन्यो। तर युएईले एकदिवसीय विश्वकप तयारी भनेर दोस्रो टोलीमात्र नेपालसँग उतार्ने जनायो। आइसिसीले डिभिजन ३ मै खेल्ने बर्मुडासँग पनि अर्को अभ्यास खेल खेल्न भन्यो।

Monday, October 13, 2014

अमृतको पुनरागमन

देब्रेहाते मध्यमत गतिका बलर अमृत भट्टराईलाई यति चाँडैं मैदानमा फर्किन्छु जस्तो लागेको थिएन्। एक महिना अगाडीसम्म उनी आफ्नो चोट ग्रस्त घुँडालाई लिएर अन्यौल थिए। शल्यक्रिया गरेको भए अमृत महिनौं मैदान बाहिर रहन सक्थे।
मेमा एसिसी प्रिमियर लिग खेल्न मलेसिया जानुअघि क्याम्पमा बलिङ गर्दा अमृतको घुँडा दोबरिएको थियो। एमआरआइ गर्दा उनको एसिएल पार्सल पूर्णरुपमा च्यातिएको देखिएको थियो। यस्तोमा उनीसँग शल्यक्रियाको विकल्प थिएन्। 
डा. चक्रराज पाण्डेसँग ग्रान्डी अस्पतालमा उपचार गराउदै अमृत भट्टराइ

Tuesday, September 16, 2014

कोरिया क्रिकेटमा नेपाली प्रशिक्षक

दक्षिण कोरियामा शनिबारबाट सुरु हुने एसियाली खेलकुदमा नेपालका तेक्वान्दो, कराते, क्रिकेट र गल्फ टोलीका प्रशिक्षक विदेशी छन्। विदेशी प्रशिक्षक नै रहेको नेपाली फुटबल टोलीले कोरियामा इराकसँग पराजय बेहोर्दै एसियाली खेलकुद प्रारम्भ गरिसकेको छ।
दीपेन्द्र चौधरीको कथा भने बेग्लै छ।
उनी नेपाली क्रिकेट प्रशिक्षक हुन्। एसियाली खेलकुदमा उनकै प्रशिक्षणमा महिला टोली मैदानमा ओर्लंदैछ तर नेपालको होइन, दक्षिण कोरियाको। उनलाई प्रशिक्षणमा सहयोग गरिरहेकी नीरा राजोपाध्याय नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान हुन्।

Saturday, September 13, 2014

एसियाली खेलकुदमा महिला क्रिकेटको कठिन चुनौती

नेपाली महिला क्रिकेटले राम्रो नतिजा दिन सकेको छैन। विगतमा नेपालको पुरुषको राष्ट्रिय टोलीले जस्तै निर्णायक खेल हार्नु महिला क्रिकेटको नियति नै भइसकेको छ। १७औं एसियाली खेलकुदमा नेपाली महिला क्रिकेटले विगत उल्टाए जादु हुनेछ।
एसियाली खेलकुदमा दोस्रोपल्ट क्रिकेट समावेश गरिएको छ। नेपालले दुवैपल्ट सहभागिता जनाउँदैछ। अर्को हप्ता देखि दक्षिण कोरियामा हुने एसियाली खेलकुद मेलामा राम्रो नतिजा ल्याउन नेपालले ठूलै संघर्ष गर्नुपर्ने देखिन्छ। पदक ल्याउन नसके पनि सेमिफाइनलसम्म पुगे नेपाली महिला क्रिकेटको ठूलो सफलता मानिनेछ।

Sunday, August 24, 2014

उत्कृष्ट बलरको ब्याटिङ विश्वास

जितेन्द्रसिंह ठकुरी एसिसी यु–१६ प्रिमियर क्रिकेटमा उत्कृष्ट बलर भए। उनी दुई वर्षदेखि रिकेश लामाको प्रशिक्षणमा छ। उनका प्रशिक्षक लामाको रहर भने जितेन्द्रलाई फेरि तेस्रो नम्बरमै ब्याटिङ गराउने छ।
मलेसियामा बुधबार सम्पन्न प्रतियोगिता जित्दै नेपालले एसियाली क्रिकेट परिषद (एसिसी) को सबै प्रतियोगिता जित्ने कीर्तिमान बनाउँदा जितेन्द्र ५ खेलमा केवल ३.७३ को औसतमा १५ विकेट लिँदै उत्कृष्ट बलरमा चुनिएका हुन्। थाइल्यान्डसँग पहिलो खेलमै ५ विकेट लिँदै उनले व्यक्तिगत र नेपालका राम्रो सुरुआत दिलाए।
जितेन्द्र सिंह ठकुरी । तस्विरः एसिसी

Friday, August 22, 2014

नेपालका प्रशिक्षकको पहिलो उपाधि

नेपालको पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न जाँदा वसन्त शाहीलाई निकै ख्याति कमाउँला भन्ने थियो। कमै अवसर पाए, जसले उनलाई औसत खेलाडीमा मात्र चिनायो। सन् १९९६ मा मलेसियामा भएको एसिसी ट्रफी क्रिकेटपछि शाहीले नेपालको प्रतिनिधित्व गर्नै पाएनन्।
१८ वर्षपछि शाहीले प्रशिक्षकका रूपमा नेपाललाई डोर्‍याउने अवसर पाए। गन्तव्य उही मलेसिया थियो, लक्ष्य फरक। एसिसी यु–१६ प्रिमियर लिग, जुन नेपालले एसियाली क्रिकेट परिषद (एसिसी) को उमेर समूहमा जित्न नसकेको एकमात्र प्रतियोगिता जितेर ल्याउनु थियो।
वसन्त शाही

Wednesday, August 20, 2014

नेपाली यु–१६ टोली इतिहास रच्न केन्द्रित

नेपाल र मलेसियाबीच किनरारा ओभलमा हुने खेल एसिसी यु–१६ प्रिमियर क्रिकेटको अन्तिम खेल हो। तर यसले उपाधि छिनोफानो गर्ने हुनाले फाइनलसरह भएको छ।
नेपालले मलेसियामै जारी प्रतियोगितामा चार खेल जितिसकेको छ। बहराइनसँग पहिलो खेलमा वर्षाका कारण निराशा भोगेको मलेसिया पनि बाँकी ३ खेल जितेर उपाधि मुखमा उभिएको हो। प्रतियोगितामा सहभागी ६ टोलीले राउन्ड रोबिनमा एकअर्कासँग खेलेपछि विजेता छानिने छ।
कप्तानद्धय मलेसियका वीरनदिप सिंह र नेपालका सुमित महर्जन। तस्विरः एसिसी

Monday, August 18, 2014

'फुच्चे' को करामत

'यो फुच्चेले नेपाली क्रिकेट टोलीको नाक राख्छ।'
नेपाली यु–१६ क्रिकेट टोलीका सहायक प्रशिक्षक राजु बस्न्यातले केही समयअघि १३ वर्षीय स्पिनर अनिल खरेलको खेल कौशलबारे प्रतिक्रिया दिँदै भनेका थिए।
अनिलले प्रशिक्षकको विश्वासलाई सही साबित गरेर देखाएका छन्।
मलेसिया जानु अघि कीर्तिपुरमा भएको अभ्यास क्रममा अनिल खरेल