Saturday, February 22, 2014

लिग फुटबलको इतिहास

लिगको इतिहास पल्टाउँदा नेपाली फुटबललाई मुख्यत दुई भागमा विभाजन गर्ने गरिएको छ। २०४६ सालसम्म पहिलो काल र त्यसयता अर्को। २०४६ पछिको लिग आधुनिक लिगमा परिभाषित हुँदै गएको छ।
नेपाली फुटबलको सुरुआती इतिहास राजपरिवार सदस्य र राणा खानदानको सेरोफेरोमा छ। केही स्थानीय टोलीका युवाहरू हुनेखाने राजपरिवार र राणाहरूसँग रमाइलोका लागि फुटबल खेल्थे। यिनीहरूबीच प्रतिस्पर्धा हुँदा काठमाडौंको टुँडिखेल भरिन्थ्यो। विक्रम सम्वत २००० सालपछि व्यवस्थित फुटबल हुन थाल्यो। खेलाडी र दर्शक बढ्न थाले। यसले नै लिग फुटबलको बाटो देखायो।
तस्विरः विकास कार्की/नागरिक

Friday, February 21, 2014

एनसिए र डिसिएको महत्वाकांक्षी कार्यक्रम

नेपाली क्रिकेटले इतिहासको सबैभन्दा ठूलो प्रतियोगिता विश्व ट्वान्टी–२० खेल्न एक महिनामात्र बाँकी छ। नेपाली क्रिकेटको यो 'स्वर्णिम पुस्ता' हो, जसले ट्वान्टी–२० विश्वकप खेल्ने स्थितिमा पुर्‍याइदिएको छ। धेरैको चिन्ता अहिलेको खेलाडीलाई स्थानान्तरण गर्न नसक्ने नेपाली क्रिकेटको संरचनामा छ।
यही चिन्ता चिर्दै धनगढी क्रिकेट एकेडेमी (डिसिए) को यु–१२ टोली राजधानीमा छ। टोलीले नेसनल क्रिकेट एकेडेमी (एनसिए) को यु–१२ टोलीसँग खेल्दैछ। नेपाली राष्ट्रिय टोलीका प्रशिक्षक पुबुदु दासानायकेको परिकल्पना हो एनसिए। डेढ वर्षअघि खुलेको एनसिएमा पहिलो आबद्ध संस्था हो डिसिए। नेपाल क्रिकेट संघ मातहातको एनसिएले ल्याएको यो कार्यक्रम नेपालमा १२ वर्षमुनिका खेलाडीका लागि नौलो हो।
तस्विरः विकास कार्की/नागरिक

Sunday, February 9, 2014

संरचना नयाँ, लक्ष्य पुरानै

एसिसी वुमन्स प्रिमियर मंगलबार थाइल्यान्डमा सुरु हुँदा नेपाली महिला क्रिकेटले अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलोपल्ट ४० ओभरको खेल सामना गर्नेछ। फरक संरचनामा खेल्न लागे पनि नेपालको लक्ष्य भने पुरानै छ, जित्नका लागि खेल्ने।
एसियाली क्रिकेट परिषद् (एसिसी) ले नयाँ संरचनामा प्रतियोगिता ढालेपछिको एसिसी वुमन्स प्रिमियर पहिलो स्पर्धा हो। एसिसीले यसअघि इलिट र च्यालेन्ज गरी दुई समूहमा प्रतियोगिता गर्ने गर्थ्यो। इलिटमा शीर्ष १० र बाँकी च्यालेन्जमा प्रतिस्पर्धा गर्दथे। 
राष्ट्रिय खेलकुद परिषदमा विदाईपछि नेपाली महिला टोली। तस्विरः विकास कार्की

Saturday, February 8, 2014

चर्चा विभूतिको फोरह्यान्डको

विभूति कार्की १४ वर्ष ६ महिनामै राष्ट्रिय टेनिस प्रतियोगिता जितेर चर्चामा रहिन्। कम उमेरमा टेनिसको राष्ट्रिय प्रतियोगिता जित्ने महिला खेलाडी बन्नु उनी चर्चामा रहनुको कारण थियो। खेलकुद पृष्ठभूमिको उनको यो परिवारका लागि यो खासै ठूलो सफलता नहुन सक्छ।
सातदोबाटोस्थित टेनिस कोर्टमा नेपाल एपिएफ क्लबबाट खेल्दै विभूतिले कास्कीकी गंगा शर्मालाई ६–३, २–६, ६–१ ले पराजित गर्दै महिला एकलमा नयाँ विजेता बनेकी थिइन्। कम उमेरमा च्याम्पियन हुन पाउँदाको अनुभव निकै रोचक रहेको विभूति बताउँछिन्। 

Monday, January 27, 2014

हारले उघारिएका कमजोरी

विश्लेषण
सफलताले धेरै पक्ष लुकाउँछ, हारले सवै पाटो उघारिदिन्छ, खास गरी कमजोरी। एकदिवसीय विश्वकप छनोटमा लगातारको हारले नेपाल क्रिकेटका धेरै कमजोरीलाई उदाङ्गो पारेको छ। अगामी विश्वकपमा छनोट हुने महत्वकांक्षी लक्ष्य बनाएको अवस्थामा समूह चरणका सवै चार खेल र पहिलो प्लेअफमा पराजय भोग्दै नेपाली टोलीले राष्ट्रिय क्रिकेटको भविष्यलाई अन्यौल बनाएको छ।
दुई महिनाअघि युएईमा विश्व ट्वान्टी–२० छनोटमा नेपालले स्मरणीय प्रदर्शन गर्‍यो। आयरल्यान्ड र अफगानिस्तानपछि तेस्रो हुँदैं नेपाल ट्वान्टी–२० विश्वकपलाई छानियो। न्युजिल्यान्डमा जारी प्रतियोगितामा आयरल्यान्ड र अफगानिस्तान छैनन्। विश्व क्रिकेट च्याम्पियनसिपको शीर्ष दुईमा परेका आयरल्यान्ड र अफगानिस्तान सोझै छनोट भइसकेकाले नेपाललाई एकदिवसीय विश्वकपमा छनोट हुने दावेदारका रुपमा राखिएको थियो। 
नेदरल्यान्ड्ससँगको पछिल्लो हारले निराश नेपाली टोली। तस्विरः देवेन्द्र सुवेदी

Sunday, January 12, 2014

स्वर्णिम इतिहासको पर्खाइमा नेपाली क्रिकेट

नेपाली क्रिकेट इतिहासकै स्वर्णिम मोडमा पुगेको छ। यो मोड पार गरे नेपाली टोली विश्वकपमा पुग्नेछ। न्युजिल्यान्डमा सोमबार सुरु हुने एकदिवसीय विश्वकप छनोटमा सफल भएमा नेपाली क्रिकेटले सबैभन्दा ठूलो सफलता पाउनेछ।
नेपाल ट्वान्टी–२० विश्वकपमा छानिएको २ महिना पनि भएको छैन। युएईमा विश्व ट्वान्टी–२० छनोटमा तेस्रो हुँदै पाएको सफलताले नेपाललाई क्रिकेटको सबैभन्दा माथिल्लो स्तरमा पुर्‍याएको हो। न्युजिल्यान्डमा नेपाली टोली सफल भए विश्व ट्वान्टी–२० भन्दा माथिको उचाइमा पुग्नेछ।
अप्रिलमा भएको एसिसी ट्वान्टी–२० कपको सेमिफाइनलमा शक्ति गौचन युएईका खेलाडीको विकेट लिएपछि।                               फाइल तस्बिरः विकास कार्की

Saturday, January 11, 2014

नेपाललाई सजिलो छैन न्युजिल्यान्डमा खेल्न

नेपालको सबै आशा न्युजिल्यान्डमा शक्ति गौचनको ब्याटिङमा थियो। शक्तिले कस्तो ब्याटिङ गर्छन् त्यसैमा सन् २००२ को आइसिसी यु–१९ विश्वकपमा नेपालको प्रदर्शन निर्भर रहने अनुमान र विश्लेषण धेरैको थियो।
सन् २००१ मा घरेलु मैदानमा सम्पन्न एसिसी यु–१९ कपले शक्तिलाई स्टार बनायो। माल्दिभ्सविरुद्ध शक्तिले पुल्चोक मैदानमा विपक्षीलाई कुनै अवसर नदिई शतक बनाएका थिए। अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाली खेलाडीको यो केवल दोस्रो शतक थियो। शक्तिको यही रवाफमा पहिलो अन्तर्राष्ट्रिय उपाधि जित्दै नेपालले न्युजिल्यान्डको विश्वकप यात्रा तय गरेको थियो।
तस्विर सौजन्यः क्रिकेटिङनेपालडटकम