![]() |
तस्बिर पुबुदु दासानायके फेसबुक पेजबाट |
यो तस्बिर हेर्ने हो भने धेरै क्रिकेटप्रेमीले सचिन तेन्दुलकरको १ सय ४२ को इनिङ्स सम्भि्न्छन्। सन् १९९४ मा श्रीलंकाको भारत भ्रमणमा लखनउमा बनेको शतक। यो तस्बिरको विशेषता नै हो तेन्दुलकरबाहेक अरुमा ध्यान नजाने। दुई वर्षअघि नेपाली क्रिकेटप्रेमीको ध्यान यसै तस्बिरमा सचिन पछाडि उभिने खेलाडीमाथि गयो, जब पुबुदु दासानायके नेपालको प्रशिक्षक बनेर काठमाडौं आए।
हुन त, फोटो जस्तै विकेटकिपर दासानायकेले श्रीलंकाबाट आफ्नो खेलजीवनमा सम्झनलायक खासै केही प्रदर्शन गरेनन्। दासानायकेले श्रीलंकाबाट कुल ११ टेस्ट र १८ एकदिवसीय अन्तर्राष्ट्रिय खेले। २००१ मा क्यानाडा बसाइ सरेपछि उनले सफलता पाउन लागे। २००५ मा उनी क्यानाडाकै कप्तान नै बने। २००७ मा उनलाई क्यानाडाले खेल्ने सँगै प्रशिक्षण गर्ने जिम्मेवारी पनि दियो। चार वर्षपछि उनले क्यानाडालाई एउटा प्रशिक्षकको नाताले एकदिवसीय विश्वकपसम्म डोर्याए।