Thursday, February 28, 2013

भुवनलाई पछ्याउँदै धनगढी क्रिकेट लिग


दुई दशकअघि फर्केर हेर्ने हो भने राजधानीमा लिग क्रिकेट भएको तथ्य फेला पारिन्छ। यसमा संलग्नहरू काठमाडौं क्रिकेट लिगको 'फ्ल्यास ब्याक' मा निकै रमाउँछन्। मोरङमा पनि क्रिकेट लिग सञ्चालन भएको पछिल्लो पुस्तालाई पनि थाहा छ। यो सबै नेपाली क्रिकेटमा दन्त्यकथा बनिसकेको छ।
लिग क्रिकेट कुनै पनि देशको मेरुदण्ड मानिन्छ। दुर्भाग्य नै भन्नुपर्छ नेपालले सन् १९९६ देखि आधिकारिक अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न लागेयता क्षेत्रीयस्तरमा हुने लिग क्रिकेट पनि हराएका छन्। अघिल्लो साता सम्पन्न धनगढी क्रिकेट क्रिकेट लिगले क्षेत्रीय क्रिकेट लिगको सम्भावना ब्युँत्याएको छ। अझको यसको सफलताले नेपाली क्रिकेटलाई सम्भावनाको बाटो देखाएको छ। 

सुदूरपश्चिमकै पहिलो धनगढीको क्रिकेट एकेडमीले लिग क्रिकेटलाई ब्यँुत्याउने प्रयास गर्‍यो। मंसिर ३० मा सुरु भएर फागुन १२ मा सम्मन्न धनगढी क्रिकेट लिग शनिबार र सार्वजनिक विदाको दिन खेलाइएको थियो। यसले खेलाडीको अध्यनमा बाधा अवरोध गरेन् र अधिकांश युवा खेलाडीले खेल्ने मौका पाए। ४०–४० ओभरमा खेलाइएको खेलमा एसपिए क्रिकेट क्लब, कैलाली बहुमुखि क्रिकेट क्लब, ऐश्वर्य विधा निकेतन क्रिकेट क्लब, धनगी स्पोर्ट क्लब, टिकापुर क्रिकेट क्लब, सिर्जनशिल युवा क्लब, धनगढी क्रिकेट एकेडेमी (टाइगर), धनगढी क्रिकेट एकेडेमी (इगल्स) र सिर्जनशिल युवा क्लब अत्तरिया बोराडाडीको खेल मैदान फाप्लामा प्रतिस्पर्धी भएका थिए।
कैलाली बहुमुखि क्रिकेट क्लबलाई १३ रनले पराजित गरी सिर्जनशील विजेता बन्यो। विजेतालाई नगद २५ हजार र उपविजेतालाई १० हजार प्रदान गरिएको थियो। म्यान अफ द फाइनल पुरन थापाको ६५ रनमा सिर्जनशीलले १ सय ६७ रन बनायो। कैलालीको इनिङ १ सय ५४ रनभन्दा माथी उठ्न सकेन्। एसपिएका निशान्त थापा १ सय ६२ रन बनाउनुका साथै ५ विकेट लिई म्यान अफ द सिरिजमा चुनिए। १८ विकेट लिएका कैलालीका सञ्जय पन्त उत्कृष्ट बलर र १ सय ४१ रन बनाएका सिर्जनशीलका पुरन उत्कृष्ट ब्याट्सम्यानमा चुनिए। सिर्जनशीलकै ज्ञानेन्द्र कुँवर उत्कृष्ट फिल्डर बने। धनगढी क्रिकेट एकेडेमीका प्रशान्त भण्डारी, शैलेन्द्र रेग्मी, अनमोल स्वाँर, गणेश बोहरा, पारस रावलले उदयीमान खेलाडीको पुरस्कार पाए।

स्थानीयको सहयोगका कारण प्रतियोगिता सफल भएका मान्छन, धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवास शाही। 'अहिले हामीले समय अभावका कारण दुइ समूहमा विभाजान गरेर खेलायौं। अर्को वर्ष देखि हामी एकले अर्को टोलीसँग खेलि चार महिनासम्म लिग आयोजना गर्नेछौं,' शाहीले भने। मंसिर २० गते स्थापना भएको धनगढी क्रिकेट एकेडेमीले १० दिन नबित्दै लिगको अवधारणालाई मैदानमा उतारेको थियो। १२ देखि १४ वर्षका धनगढी क्रिकेट एकेडेमीका खेलाडीका लागि यो निकै नौलो अनुभव रह्यो। उनीहरु भन्छन्, 'लिगमा खेलेसँगै यसमा हाम्रो लगाव बढेको छ। हामीले यसबाट धेरै सिक्ने मौका पायौं। यस्ता थुप्रै प्रतियोगिताहरुमा सहभागिता जनाई हामी सक्षम खेलाडी बन्न चाहान्छौं।'
धनगढी यस वर्ष क्रिकेटको माहोलमा रमाउनु पर्ने तेस्रो ठुलो कारण थियो। अघिल्लो महिनामात्र झकिझकाउका साथ नेपालकै सवैभन्दा ठुलो पुरस्कार राशीको एसपिए कप आयोजना भएको थियो। नेपाली राष्ट्रिय टोलीबाट खेलिसकेका भुवन कार्की एसपिए कपको ब्रान्ड एम्बासडर थिए। भुवन धनगढीकै हुन्। अर्को महिना उनी इन्डियन प्रिमियर लिग (आइपिएल) को टोली राजस्थान रोयल्समा अभ्यास गर्न जाँदैछन्। धनगढी क्रिकेट एकेडेमी तथा धनगढी क्रिकेट लिगमा खेलेका खेलाडीहरु भुवनको पथ पछयाउदै लामो यात्रा तय गर्न लालायित छन्।
शुक्रबार साप्ताहिकमा फागुन १७ गते प्रकासित

No comments:

Post a Comment