Friday, March 29, 2013

दर्शकले 'सरी' भन्लान् : डायस


नेपालसँग खेल्नु रोय डायसका लागि सधैं भावनात्मक हुन्छ, तर मलेसियाका वर्तमान प्रशिक्षकका लागि अहिले अवस्था त्योभन्दा माथिको बनेको छ। एसिसी ट्वान्टी–२० कपमा शनिबार भिड्ने तयारीमा रहेका नेपाल र मलेसिया अघिल्ला खेलका नतिजाले नाजुक अवस्थामा पुगेका छन, जहाँ शनिबार हार्ने टोली प्रतियोगिताबाट बाहिरिने लगभग पक्का हुनेछ। 
डायस झन्डै एक दशक नेपालका प्रशिक्षक भए, शनिबारको खेल त्यसैले विशेष छ। ३ वर्षमा दोस्रोपल्ट नेपाल फर्किंदा डायससँग यहाँ बिताएका क्षणहरू ताजै हुनेछन्। कीर्तिपुरको परिचित भूमिमा आफैले हुर्काएको नेपालविरुद्ध हुने खेलले डायसलाई फरक रूपमा अतीततिर फर्काउने छ। 
तस्विर सौजन्य किरण राणा



Tuesday, March 26, 2013

होलीले रंगिने नेपालको तयारी


'बिहानीले दिनकै संकेत गर्छ' अंग्रेजी यो भनाइजस्तै नेपालले मंगलबार सुरु एसिसी ट्वान्टी–२० कपमा माल्दिभ्ससँगको खेललाई यसै किसिमले लिएको छ। उपाधि जित्ने लक्ष्य बनाएको नेपालले पहिलो खेललाई प्रतियोगिताका बाँकी खेलसँग जोडेको छ। 
१० राष्ट्रसम्मिलित प्रतियोगितामा माल्दिभ्सलाई तुलनात्मक हिसाबमा सबैभन्दा कमजोर मानिएको छ। नेपालले माल्दिभ्सलाई सजिलै पराजित गरी प्रतियोगितामा राम्रो सुरुआत गर्ने दाउमा छ। त्यसपछिका खेलमा कस्तो खेलिन्छ भन्ने माल्दिभ्सको खेलले देखाउने कप्तान पारस खड्का र प्रशिक्षक पुबुदु दासानायके बताउँछन्। 
तस्विरः नागरिक

Monday, March 25, 2013

नेपाललाई एसिसी ट्वान्टी–२० जित्ने अवसर


एसिसी ट्वान्टी–२० कपमा नेपाल पहिलोपल्ट दाबेदारका रूपमा उत्रँदैछ। यसअघि तीन संस्करणमा औसत टोलीभन्दा माथि उठ्न नसकेको नेपाललाई यसपालि उपाधिको दाबेदार नै मानिएको छ। घरेलु टोली भएकाले नेपाललाई दाबेदार मानिएको भने होइन। 
पछिल्ला चार अन्तर्राष्ट्रिय प्रतियोगितामा गरेको जुझारु प्रदर्शनले नेपाललाई दाबेदारमा उभ्याएको हो। एसिसी ट्वान्टी–२० को पहिलो दुई संस्करणमा नेपाल समूह चरणभन्दा माथि जानै सकेन। १६ महिनाअघि काठमाडौंमै सम्पन्न एसिसी ट्वान्टी–२० को सेमिफाइनलमा पुगेपछि नेपाली क्रिकेटको यात्रा निरन्तर बढिरहेको छ। यो यही प्रतियोगिता थियो, जसले नेपालको खेल्ने शैली परिवर्तन गरिदियो।

Sunday, March 24, 2013

सतकीय खेलमा पारस


एसिसी ट्रफीमा कुवेतसँग बनाएको अविजित १ सय ६ रन पारस खड्काको अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो सतक थियो। एसिसी ट्वान्टी–२० कपमा मंगलबार माल्दिभ्ससँग पहिलो खेल खेल्न नेपाली टोली उत्रँदा कप्तान पारसको नाममा अर्को सतक जोडिने छ। यसपल्ट पारसले राष्ट्रिय टोलीबाट १ सय खेलको अनुपम उपलब्धि हात पार्न लागेका हुन्। 
पारस आफैलाई सन् २००४ मा मलेसियासँग कीर्तिपुर मैदानमा अन्तरमहादेसीय कप तीनदिवसीयबाट राष्ट्रिय टोलीमा पहिलो खेल खेलेको याद छ। सोही वर्ष मलेसियामै उनले एसिसी ट्रफीमा राष्ट्रिय टोलीबाट पहिलो एकदिवसीय खेले। २००७ बाट सुरु गरेको ट्वान्टी–२० को अन्तर्राष्ट्रिय यात्रामा पारसले सबै २८ खेल खेलेका छन्।
तस्विरः आइसिसी

Thursday, March 21, 2013

नेपालका प्रमुख आशाहरु


मंगलबार सुरु हुने एसिसी ट्वान्टी–२० कपका लागि नेपालको तयारी लगभग पुरा भएको छ। नेपालले समूह चरणमा माल्दिभ्स, हङकङ, मलेसिया र सिंगापुरसँग खेल्ने छ। सेमिफाइनल पुगेमा विश्व ट्वान्टी–२० छनोटमा पुग्ने नेपालको सम्भावना बलियो हुनेछ। बंगलादेशमा अर्को वर्ष हुने विश्व ट्वान्टी–२० को पहिलो खुडकिलो एसिसी ट्वान्टी–२० मा नेपाललाई पनि दावेदार मानिएको छ। नेपालको आशामा रहेका प्रमुख खेलाडीहरु यस प्रकार छन्। 


Monday, March 18, 2013

शक्तिको गोल्डेन पिरियड


शक्ति गौचन खेल जीवनको दोस्रो इनिङ्समा मस्त छन्। १२ वर्षे क्रिकेट यात्राको 'गोल्डेन पिरियड' मा छन्, उनि। १५ महिना पछाडि फर्किदा शक्तिको अवस्था सुखद थिएन, सम्झनाले मात्र भक्कानिन् थाल्छन्।  उनी 'ब्ल्याक डे' तिर पनि फर्कन चाहदैनन्।
सन् २०११ को एसिसी ट्वान्टी–२० कप नेपालमा हुने निर्णय एक वर्ष पहिलेकै थियो। एक–डेढ महिना तयारीको समय छुट्याउने नेपालको परम्परा नै हो। शक्ति पृथक तयारी गर्दै थिए। उनको तयारी ६ महिनाअघि गृहनगर भैरहवामा सुरु भइसकेको थियो। २०१० को ग्वाङ्झाउ एसियाली खेलकुदमा नपरेकाले शक्ति 'इख' लिएर तयारीमा जुटेका थिए। यसपाली पनि उनको भागमा खुसी परेन। अन्तिम छनोटमा उनी फालिए। 
सन् २०१२ मा युएईमा भएको विश्व ट्वान्टी–२० छनोटमा डेनमार्कसँगको खेलमा  ह्याट्रिक सहित ४ विकेट लिएपछि शक्ति गौचन। तस्विर :  आइसिसी


Thursday, March 14, 2013

एसिसी ट्वान्टी–२० मा नेपालका स्मरणीय खेलहरु


एसिसी ट्वान्टी–२० कप आउन १० दिन मात्र बाँकी छ। नेपालको विश्वकप खेल्ने लक्ष्य एसिसीले पुरा गर्न सक्छ। अर्को वर्ष बंगलादेशमा हुने आइसिसी विश्व ट्वान्टी–२० का लागि एसिसी ट्वान्टी–२० पहिलो खुडकिलो हो। युएई र एकदिवसीय मान्यता प्राप्त अफगानिस्तान बाहेक शीर्ष दुई भित्र पर्न सके नेपाल विश्व ट्वान्टी–२० को अन्तिम छनोटमा छानिने छ। विश्व ट्वान्टी–२० छनोट यसै वर्ष युएईमा हुनेछ। एसिसी ट्वान्टी–२० को यसअघिको तीनै संस्करणमा नेपाल सँधै सहभागि हुँदै आएको छ र १६ खेल खेलिसकेको छ। २००७ देखि प्रत्येक २–२ वर्षमा हुँदै आएको प्रतियोगितामा नेपालका केही खेल स्मरणीय बनेका छन्, चाहे त्यो विजयमा होस वा पराजित हुँदा। नेपालका केही अविस्मरणीय खेलहरु। 
सन् २०११ को एसिसी ट्वान्टीमा–२० मा पृथु बाँस्कोटाले कुवेतविरुद्ध अन्तिम ओभरमा ३ विकेट लिई नेपाललाई विजय दिलाएपछि नेपाली खेलाडीहरु उनलाई बधाई दिर्दै । फाइल तस्विरः विकास कार्की/नागरिक


Tuesday, March 12, 2013

दशरथ रंगशाला अझै डरको घर

 मान्छेले जिन्दगी एकपटक पाउँछ। दशरथ रंगशाला काण्डमा परेर बाँच्न सफल भएकैले बिजु थापा आफूलाई दोस्रो जुनी पाउने भाग्यमानी सम्झन्छन्। पहिलेभन्दा अहिले रंगशाला निकै फेरिइसकेको उनले सुनेका छन् तर त्यहाँ गएर प्रत्यक्ष फुटबल हेर्ने आँट उनले जुटाउन सकेका छैनन्।
बालाजु मनमैंजुका थापा रंगशालामा हुने फुटबलका नियमित दर्शक थिए। २०४४ साल फागुन २९ मा रंगशालामा असिनापानीसँगै भागदौड हुँदा ७३ जनाले एकैठाउँमा किचिएर मृत्युवरण गरे। मृत्यु हुनेको संख्या पछि थपियो भनिए पनि तथ्यांक कसैसँग छैन। त्यस दिन त्रिभुवन च्यालेन्ज सिल्डमा जनकपुर चुरोट कारखाना र बंगलादेशको मुक्ति जोद्धाबीचको फाइनल हेर्न पुगेका बिजु मुस्किलले बाँचे। 'त्रिपुरेश्वरछेउ पुग्दा अहिले पनि आङ जिरिङ्ग हुन्छ,' भन्छन्, 'त्यो दिन सम्झेर अझै झस्किन्छु।'

                                                         दशरथ रंगशाला काण्डको २६ वर्ष

तस्विरः विकास कार्की