पछिल्लो २६ महिनायता नेपाली राष्ट्रिय क्रिकेट टोली अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेर विरलै खाली हात फर्केको छ। आइसिसी विश्व ट्वान्टी–२० छनोटमा सहभागिता जनाएर आइतबार स्वदेश फर्केको नेपाली टोलीको हातमा भने कुनै ट्रफी थिएन। तर, यसपालि उनीहरूले जति सम्मान पाए, त्यति अहिलेसम्मको कुनै ट्रफीले दिएन।
युएईमा शनिबार सम्पन्न विश्व ट्वान्टी–२० छनोटमा तेस्रो भएकाले नेपाली टोलीले कुनै ट्रफी उचाल्न पाएन। उपाधि नपाए पनि नेपाललाई विश्वकप क्रिकेटको मैदानमा पुर्याएर ऐतिहासिक सफलता दिलाएको टोलीलाई आत्मैदेखि गर्वसाथ स्वागत गरे नेपाली खेलप्रेमीहरूले।

![]() |
| त्रिभुवन विमानस्थल बाहिर निस्कदैं पारस खड्का र नेपाली टोली। तस्बिरः विकास कार्की/नागरिक |