Sunday, May 12, 2013

अविनाशको कीर्तिमानी बलिङ

नेपालले निराशाजनक यात्रा टुंगाए पनि अविनाश कर्ण एकै प्रतियोगितामा सर्वाधिक विकेट लिने नेपाली खेलाडी बने। उनले मलेसियाको एसिसी यु–१९ इलिट कप २४ विकेटसँगै टुंगाए।
शनिबार मलेसियाँगको खेलमा २ विकेट लिए। युएईविरुद्धको सेमिफाइनलमा २२ विकेट पुर्‍याएसँगै उनी सवै खाले अन्तर्राष्ट्रिय क्रिकेटको एकै प्रतियोगितामा नेपालबाट सर्वाधिक विकेट लिने खेलाडी बनेका थिए।
मलेसियामा एसिसी यु–१९ इलिट कपमा उत्कृष्ट बलरका साथ अविनाश कर्ण। तस्विरः विक्रम गिरी  
यसअघि यो कीर्तिमान तीन खेलाडीको नाममा थियो। राहुल विकले पनि नेपाली यु–१९ बाट खेल्दै थाइल्यान्डमा २०११ मा यो प्रतियोगितामा २१ विकेट नै लिएका थिए। उनले यो प्रदर्शनलाई २०११ मै आयरल्यान्डमा भएको आइसिसी विश्व यु–१९ छनोटमा पनि दोहर्‍याएका थिए।
बसन्त रेग्मी राष्ट्रिय टोलीबाट एकै प्रतियोगितामा २१ विकेट लिने एक्लो खेलाडी हुन्। उनले २०१२ मा मलेसियामा भएको विश्व क्रिकेट लिग डिभिजन ४ मा यो कीर्तिमान बनाउदा अमेरिकासँगको समूह चरण र फाइनलमा ५–५ विकेट लिएका थिए।

२००८ मा जर्सीमा भएको डिभिजन ५ मा महबुब आलमले १९ विकेट लिएका थिए, जसमा मोजाम्बिकसँगको खेलमा सवै १० विकेट लिएको अद्भुत कीर्तिमान पनि छ।

No comments:

Post a Comment