Sunday, June 3, 2012

'प्रतिभावन खेलाडीको बाटो नछेकौं'


काठमाडौं, जेठ १९– मलेसियामा हुने एसिसी यु–१९ एसिया कप लागि वैशाखको अन्तिम साता नेपाली टोलीको प्रारम्भिक घोषणा भयो। जुलाई २८ देखि अगस्ट ९ सम्म आयरल्यान्डमा भएको आइसिसी विश्व यु–१९ छनोटमा दोस्रो बनाई नेपाललाई यु–१९ विश्वकपमा छनोट गराउने १४ खेलाडीलाई सोझै प्रारम्भिक टोलीमा राखिएको थियो।

जेठ २ देखि काठमाडौंमा सुरु हुने भनिए पनि विभिन्न बन्दका कारण केही पछि सरिएको बन्द प्रशिक्षणमा वाईवाई यु–१९ राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट खेलेका १० खेलाडी थपिएको थियो। नेपाल क्रिकेट संघ (क्यान) ले गरेको छनोटमा शिव तन्डुकार, सुशील कँडेल, प्रजेशबहादुर सिंह, गोपाल सिंह, विनोद लामा, अभिषेक झा, हासिम अन्सारी, विजय घालान, सुरेन्द्र चन्द र पवन श्रेष्ठले स्थान पाए।
राष्ट्रिय टोलीका सदस्य शक्ती गौचनले छनोटलाई निकै चाख लिएर हेरे। उनले मलाई फोनमा प्रश्न गरे , 'दाई भैरहवा (क्षेत्र नं.४) को त एउटै खेलाडी परेको छैन्?' सरसर्ती क्यानले पठाएको प्रेस विज्ञप्ती हेरेपछि मैले भैरहवाका एकै खेलाडी पनि त्यसमा पाइन र शक्तीलाई कोही नभएको बताए। उनले भने, 'यो त कसरी हुन सक्छ! पुबुदु सर भैरहवा आउदा सौरभ खनाल, देवेन्द्र सोमारेसहितको खेल धेरै मन पराउनु भएको थियो। उहाँले भैरहवामा सौरभ र देवेन्द्रसहित ६–७ युवा खेलाडी मन पराई उनीहरुलाई भविष्यको राम्रो खेलाडी हुन सक्छन् ख्याल गर्नु भन्नु भएको थिया।'

क्यानले यु–१९ एसिया कप लागि १५ सदस्यीय टोली घोषणा गर्दा २४ सदस्यीय प्रारम्भिक टोलीमै नरहेका सौरभ खनाल र रामनरेश गिरीले स्थान पाए। प्रशिक्षक पुबुदु दासानायाकेले सोझै क्याम्पमा बोलाएका तीन मध्येका दुई थिए, सौरभ र रामनरेश। 'इन्डियन एम्बासडर्स कप र छैटौं राष्ट्रिय खेलकुदमा मैले उनीहरुको खेल हेरेको थिए। निकै राम्रो खेलेका थिए। कसरी उनीहरु प्रारम्भिक टोलीमा छनोट भएनन् त्यो मलाई थाहा भएन्,' नेपालका श्रीलंकाली एवंम क्यानाडेली प्रशिक्षक दासानायाले भने।
माघमा भएको पहिलो यु–१९ राष्ट्रिय क्रिकेटपछि क्यानले विजयकुमार शर्माको संयोजकत्वमा रहेको छनोट समितिलाई विघटन गरेको थियो। त्यसयता क्यानले नै आफै खेलाडी छनोट गर्दै आएको छ। अन्तिम छनोटमा दासानायाकेको निर्णयलाई नै क्यानले सदर गर्दै आएको छ। दासानायाकेले डिसेम्बरमा भएको एसिसी ट्वान्टी–२० छनोटमा प्रारम्भिक टोलीमै नरहेका विकेटकिपर ब्याट्सम्यान सुवाष खकुरेललाई एकै पटक टोलीमा राखेका थिए। पहिला सुवाष तथा अहिले सौरभ र रामनरेशको प्रसङ्गमा उनले भने, 'प्रतिभावन खेलाडीलाई ल्याउन कुनै समस्या हुनु हुँदैन्।'
राष्ट्रिय प्रतियोगितामा कमजोर टोलीसँग राम्रो प्रदर्शन गर्दै टोलीमा स्थान बनाउन खोज्ने परमपराको पनि दासानायाकेले अन्त गरिदिएका छन्। जनकपुरविरुद्व ४३ रन बनाउनुका साथै २ विकेट लिएर म्यान अफ द म्याच प्रदर्शन गर्नुबाहेक खासै योगदान दिन सकेका थिएनन्, सौरभले। रामनरेशको प्रदर्शन राष्ट्रिय प्रतियोगितामा अझ सम्झन लायक पनि थिएन्। उनले ४ खेलमा दुई इनिङमा ९ रन बनाउनुका साथै केवल २ विकेट लिएका थिए। वन्द प्रशिक्षणमा उनीहरुको उत्कृष्ट प्रदर्शनपछि आयरल्यान्डमा नेपाली यु–१९ टोलीबाट खेलेका रुपेश श्रीवास्तव, सुवेन्दु पाण्डे र निश्चल पाण्डे फ्याकिएका छन्।
एसिसी ट्वान्टी–२० पछि प्रतिभावा खोज्न पोखरा, भैरहवा जाँदा उनी सौरभ प्रति आकर्षित भएका थिए। सौरभको मध्यम गतिको बलिङ र मध्यमक्रमको ब्याटिङबाट भैरहवामा दासानायाके प्रभावित भएका थिए। शक्तिले भैरहवामा चलाएको स्टार क्रिकेट एकेडेमीबाट सौरभले दुई वर्ष प्रशिक्षण लिए। क्यानले २४ सदस्यीय टोलीमा नछाने पनि शक्तिले सौरभलाई सोझै क्याम्पमा छनोट  गर्ने विश्वास लिएका थिए। उनका अनुसार लामो रन अपले गर्दा सौरभको बलिङ अलिकती बिग्रिएको थियो। 'रन अप छोटयाएर बलिङ गरेपछि उनको बलिङ सुधारिएको छ,' शक्तिले भने।
वीरगन्जबाट राष्ट्रिय प्रतियोगिता खेलेका हेटौंडाका रामनरेशको खुबीका बारेमा दासानायाकेले भने, …उनको गति राम्रो छ। राम्रो खेलाडी बन्ने स्वभाव छ।' जनकपुरका गोपालकुमार सिंह प्रदर्शन दासानायाके उत्साहित हुनुका अर्को कारण हो। राष्ट्रिय प्रतियोगितामा ८ विकेट लिएका थिए। …उनी फरक प्रकारका बलर हुन्। दुबै साइडबाट बल स्वीङ गर्न सक्छन्,' दासानायाकेले भने। प्रशिक्षणका क्रममा उनले बाउन्सर बल फालेर अन्य ब्याट्सम्यानलाई काबु पारेका थिए।
नेपाली यु–१९ टोलीमा स्थान बनाउने चौथो नया खेलाडी हुन, हासिम अन्सारी। राष्ट्रिय प्रतियोगितामा १ सय ७६ रन बनाउनुका साथै ६ विकेट लिई हासिम म्यान अफ द सिरिजमा चुनिएका थिए। …उनी प्रतिभाशाली खेलाडी हुन् तर उनले आफ्नो खेलमा सुधार गर्नुपर्छ,' दासानायाकेले भने। थाइल्यान्डमा गत वर्ष भएको एसिसी यु–१९ इलाइट कप खेल्दा पनि हासिमले नेपाली टोलीमा स्थान पाएका थिए। उनले क्यानमा बुझाएको राहदानीमा जन्ममिति सन् १९९० भएको पाइएपछि बढी उमेरका कारण उनलाई नेपाली टोलीबाट हटाइएको थियो। पासपोर्ट बनाउदा सरकारी अधिकारीले गलत जन्म मिति लेखिदिएकाले आफुले खेल्न नपाएको दाबी गर्ने हासिमले अहिले त्यसलाई सच्चयाएर १९९२ मितीको पासपोर्ट बनाएका छन्।
कप्तान पृथु बाँस्कोटा, राहुल बिक, सुवास खकुरेल, फैजलुर रहमान, सागर पुन, नरेश बुढाऐर, प्रदीप ऐरी, राजेश पुलामी, कृष्ण कार्की, अविनाश कर्ण, भुवन कार्की छनोट भएका अन्य खेलाडी हुन्, जसले थाइल्यान्डमा र आयरल्यान्डमा खेलेका थिए। थाइल्यान्डको प्रतियोगिता आयरल्यान्ड र यु–१९ एसिया कपको छनोट आधार थियो। थाइल्यान्ड र आयरल्यान्डको दुबै प्रतियोगितामा नेपाल उपविजेता हुँदा राहुल उपकप्तान थिए। मलेसियामा प्रदीपले नेपाली टोलीको उपकप्तानीको जिम्मेवारी लिनेछन्।

No comments:

Post a Comment