Friday, August 10, 2012

यु–१९ विश्वकपमा नेपालको तथ्याङ्क

अस्ट्रेलियामा शनिबार सुरु हुने आइसिसी यु–१९ विश्वकप क्रिकेटमा नेपालको प्रदर्शन तथ्यांकमा। नेपालले यु–१९ विश्वकपमा छैटौंपटक सहभागिता जनाउन लागेको हो। यसअघिका पाँच सहभागितामा नेपाल र नेपाली खेलाडीले गरेको प्रदर्शन।

– नेपालले आइसिसी यु–१९ विश्वकपमा पहिलो खेल दक्षिण अफ्रिकाविरुद्ध सन् २००० मा श्रीलंकाको कटुनायकेस्थित एयरफोर्स मैदानमा खेलेको थियो। दक्षिण अफ्रिकाले ५ विकेट गुमाई बनाएको २ सय ९५ रन नेपालले यु–१९ विश्वकपमा खर्चेको सबैभन्दा बढी रन हो। वर्षाले प्रभावित भएपछि रद्ध भएको थियो।
– नेपालले यु–१९ विश्वकपमा पछिल्लो खेल २००८ मा मलेसियामा वेस्ट इन्डिजविरुद्ध प्लेट च्याम्पियनसिप फाइनल थियो। ७ विकेटले पराजित भएको सो खेलमा नेपालले ७४ रनमात्र बनाउन सकेको थियो। यु–१९ विश्वकपमा नेपालको यो न्युन स्कोर हो।
–  २००६ मा आयरल्यान्डविरुद्ध ८ विकेट गुमाई २ सय ३४ रन बनाउनु नेपालको सर्वाधिक स्कोर हो।
– २००२ को प्लेट फाइनलमा जिम्बावेले नेपाललाई १ सय ३७ रनले पराजित गरेको थियो, जुन रनको अन्तरमा नेपालको सबैभन्दा ठूलो हार हो। जिम्बावेलाई नै २००८ को प्लेट क्वार्टरफाइनलमा ९९ रनले पराजित गर्नु नेपालको सबैभन्दा ठूलो रन अन्तरको जित हो।
– कनिष्क चौंगाईले पपुवा न्युगिनीविरुद्ध बनाएको ९० रन यु–१९ विश्वकपमा नेपाली खेलाडीको व्यक्तिगत उच्च स्कोर हो। कनिष्क र शरद भेषावकरले सबैभन्दा बढी ३–३ तथा शक्ति गौचनले दुई अर्द्धसतक बनाएका छन्।
– नेपाललाई २००६ को प्लेट च्याम्पियनसिपको उपाधि दिलाउने क्रममा कनिष्कले २ सय ३४ रन बनाएका थिए। उनी एकै विश्वकपमा सर्वाधिक रन बनाउने नेपाली खेलाडी हुन्। मन्जित श्रेष्ठले २००४ मा १४ विकेट लिई एकै विश्वकपमा सर्वाधिक विकेट लिने नेपाली खेलाडी बनेका थिए।
– लाक्पा लामाले २००२ मा पपुवा न्युगिनीविरुद्ध १० ओभरमा ३ मेडन राख्दै १४ रन खर्चेर ४ विकेट लिएको प्रर्दशन यु–१९ विश्वकपमा नेपाली खेलाडी उत्कृष्ट प्रदर्शन हो। सबैभन्दा किफायती बलिङ गर्ने शक्ति गौचन हुन्। उनले १४ खेलमा २.६७ को इकोनोमीमा १३ विकेट लिएका छन्।
– २००२ मा बरदान चालिसे (२३१ रन ७ विकेट), विनोद दास (१३१ रन ११ विकेट), शक्ति गौचन (११६ र १० विकेट ), २००४ मा शक्ति गौचन (१७१ रन ७ विकेट), २००६ मा बसन्त रेग्मी (१४१ रन १२ विकेट), २००८ मा पारस खड्का (११३ रन १२ विकेट) विश्वकपमा नेपाली खेलाडीको उत्कृष्ट अलराउन्ड प्रदर्शन हो।
नागरिक राष्ट्रिय दैनिकमा साउन २६ गते प्रकासित

No comments:

Post a Comment