Sunday, August 18, 2013

विश्वकप छनोट छायामा

नेपाल क्रिकेट संघको साधरण सभा
पाँच महिना भित्र ट्वान्टी–२० र एकदिवसीय विश्वकप छनोट खेल्ने जस्ता नेपाली क्रिकेटका सवैभन्दा ठुलो कार्यक्रमहरुलाई कुनै सम्बोधन नगरी नेपाल क्रिकेट संघको दुई दिने साधरण सभा शनिबार पोखरामा सकिएको छ।
ट्वान्टी–२० र एकदिवसीय विश्वकप छनोट जस्ता ठुलो प्रतियोगिता खेल्नु अगाडी कुनै कार्यक्रम नल्याएको भनेर आलोचना खेपिरहेको क्यानले साधरण सभामा पनि त्यसबारे कुनै योजना ल्याउन सकेन। कार्यसमितिबाट विश्वकप छनोटको बारेमा कुनै प्रस्ताव नराखेपछि एक सहभागीले 'जे का लागि छलफल हुनु पर्ने हो त्यो विषय नै नआएको' भन्दै आक्रोस पोखेका थिए।

क्यान सुत्रका अनुसार नोभेम्बरमा युएईमा हुने विश्व ट्वान्टी–२० छनोट अगाडी नेपाली टोलीलाई बंगलादेश पठाउने तयारी गरेको छ। क्यानले नेपाली टोलीलाई ढाका पठाइ तयारी गर्न बंगलादेश क्रिकेट बोर्डसँग छलफल गरिरहेको बताइएको छ। नोभेम्बर पहिलो हप्ता बंगलादेशमा तयारी तथा अभ्यास खेल खेलि नेपाली टोली युएई पुग्ने कार्यक्रम बनाइएको छ। तर साधरण सभामा त्यस सम्बन्धि त्यसबारे कुनै छलफल नै भएन्।
पोखरामा विधान संशोधनका विषयमा केही छलफल भए पनि अन्य विषयमा निर्णय हुन नसक्दा आगामी ६ महिना भित्र ७० सालको साधरण सभा गर्ने निर्णय गरेको छ। त्यसमा विधान संशोधन सम्बन्धी विस्तृत छलफल हुने भएको छ। पोखरामा संशोधित बुँदामा निर्वाचित उपाध्यक्ष २ बाट ३ पुर्‍याएको छ भने सचिव दुईबाट १ मा झारिएको छ। हाल दुवै सचिव मनोनित भए पनि अब निर्वाचनबाट १ मात्र सचिव राखिने छ।
क्यानका सचिव उत्तम कर्माचार्यका अनुसार बेरुजु शीर्षकमा विधानमा केही संशोधन भएको बताए। पोखराबाट उनले टेलिफोन सम्पर्कमा भने, '५ वर्षभन्दा बढी बेरुजु भएका व्यक्तिहरु क्रिकेट संघको मात हातमा बस्न अयोग्य मानिनेछ।'
अध्यक्ष टंक आङबुहाङको क्रिकेट विकासका भावी रणनिति र महासचिव अशोकनाथ प्याकुर्‍यालको सांगठनिक प्रतिवेदन साधरण सभाले पास गरेको छ। कोषाध्यक्ष राजुबावु श्रेष्ठले प्रस्तुत गरेको ६८–६९ लेखा परिक्षण प्रतिवेदन साधरण सभाले पास गर्दै २०७०–७१ का लागि अनुमानित बजेट झन्डै १२ करोड रुपैया प्रस्तुत गरेका थिए।
साधरण सभाले बैतडी (क्षेत्र नं.६) क्षेत्रबाट अलग गरिएको क्षेत्र नं. ९ को मुख्यालय महेन्द्रनगरमा राख्ने निर्णय गरेको थियो। क्यानको कार्य सम्पादन टोलीले दीपक साउद अध्यक्ष रहने गरी धनगढीमा मुख्लाय रहने गरी ९ नम्बर क्षेत्र गठन गरेको थियो। कार्य सम्पादन टोलीले अनावश्यक अधिकार प्रयोग गरेको भनी साधरण सभाले त्यसलाई उल्टाइ दिएको छ।
९ नम्बर क्षेत्रको सिमांकन गर्दै कञ्चनपुर क्षेत्रमा कैलाली, कञ्चनपुर, डोटी र अछाम जिल्ला तथा बैतडी क्षेत्रमा डडेलधुरा, बैतडी, दार्चुला र बझाङ रहने भएको छ।
नागरिक राष्ट्रिय दैनिकमा २०७० भदौ १ गते प्रकासित



No comments:

Post a Comment