Wednesday, October 10, 2012

मलेसियासँगको सेमिफाइनल


अबुधावीस्थित शेख जायेद रंगशालामा एसिसी ट्रफी इलाइटको सेमिफाइनलमा उत्रँदा नेपाल र मलेसिया एक महिनाको अन्तरमा दोस्रोपटक जम्का भेट हुनेछन्। अघिल्लो महिना मलेसियामै सम्पन्न विश्व क्रिकेट लिग डिभिजन ४ को उपाधि जित्दा नेपालले घरेलु टोलीलाई १० विकेटले पराजित गरेको थियो। मलेसियालाई नेपालले ६९ रनमै रोक्दा शक्तिले १० ओभरमा ८ मेडन राख्दै २ रनमात्र खर्चेर ३ विकेट लिई अविस्मरणीय बलिङ गरेका थिए। 
एसिसी ट्रफीको सेमिफाइनलमा नेपाल र मलेसिया तेस्रोपटक भिड्न लागेका हुन्। यसअघि दुवै सेमिफाइनलमा नेपालले विजय पाएको थियो। २००२ मा सिंगापुरको एसिसी ट्रफीमा नेपालले मलेसियालाई २५ र कुवेतमा २०१० को पछिल्लो संस्करणमा ९ रनले पराजित गरेको थियो। दुवै टोली नेपाल फाइनलमा पुग्दा प्रशिक्षक रोय डायस थिए। झन्डै दुई वर्षअघि नेपाल छाडेका डायस पछिल्लो समय मलेसियाका प्रशिक्षक छन्। 
म्यान अफ द म्याचको ट्रफी लिदै कप्तान पारस खड्का। तस्विरः एसिसी


डिभिजन ४ बाट रेलिगेसनमा परेपछि डायसले टोलीमा ठूलो फेरबदल गर्दै सुरेश नवरत्नम् र राकेश माधवन जस्ता पुराना खेलाडीलाई हटाएका छन्। नवरत्नम्ले नेपालसँग दुई वर्षअघि सेमिफाइनलमा १ सय १५ रन बनाएका थिए। 
हङकङविरुद्ध महत्वपूर्ण सफलता
नेपाल अलराउन्ड प्रदर्शनका साथ हङकङलाई १ सय २५ रनले पराजित गरी एसिसी ट्रफी इलिट कपको सेमिफाइनल पुगेको छ। विजेता टोली सेमिफाइनलमा पुग्ने भएकाले नेपाल र हङकङ दुवैलाई मंगलबारको खेल क्वार्टरफाइनलसरह बनेको थियो। 
म्यान अफ द म्याच कप्तान पारस खड्काको ६१ रनमा नेपालले ७ विकेट गुमाई २ सय २५ रन बनायो। अमृत भट्टराई र वसन्त रेग्मीले ३–३ तथा पारसले २ विकेट लिएपछि नेपालले हङकङलाई ३७ ओभरमा १ सय रनमा सीमित गर्‍यो। हङकङमाथि एकदिवसीयमा नेपालको यो लगातार चौथो विजय हो। 
समूह 'बी' बाट नेपाल र युएई सेमिफाइनल पुगेका हुन्। नेपाल र युएई दुवैले ४ मध्ये ३ खेल जिते। नेट रनरेटमा युएई अगाडि भए पनि हेड टु हेडका आधारमा नेपाल समूह विजेता बन्दै अन्तिम चारमा पुग्यो। नेपालले बुधबार नै हुने सेमिफाइनलमा मलेसियासँग खेल्नेछ। समूह 'ए' मा अफगानिस्तान विजेता र मलेसिया उपविजेता बनेका थिए। अफगानिस्तान र आयोजक युएईबीच अर्को सेमिफाइनल हुनेछ। 
प्रतियोगिताको नवौं संस्करणमा नेपाल छैटौंपटक सेमिफाइनल पुगेको हो। सन् २००२ र पछिल्लोपटक फाइनल पुगेको नेपाल २०००, २००६ र २००८ मा पनि सेमिफाइनल पुगको थियो। १९९६ र ९८ को पहिलो दुई संस्करणमा पहिलो चरणबाटै बाहिरिएको नेपाल २००४ मा पाँचौं भएको थियो। विश्व क्रिकेट लिगमा डिभिजन ३ मा रहेको नेपालले समूह चरणमै डिभिजन २ का टोली युएई र हङकङलाई पराजित गर्‍यो।
जित्नेमात्र लक्ष्य बनाएर मैदानमा उत्रिएकाले रनरेट बारेमा केही नसोचिएको शक्ति गौचनले बताए। उनले नागरिकसँग टेलिफोनमा भने, 'स्लो विकेट भएकाले ब्याटिङ अपेक्षाअनुसार भएन। ज्ञानेन्द्र मल्ल र अनिल मण्डल जमेको समयमा आउट भए। पारस पनि रनरेट बढाउन खोज्दा आउट भएकाले हाम्रो स्कोर सोचजस्तो हुन सकेन।'
दुबईस्थित ग्लोबल क्रिकेट एकेडेमीमा टस जितेर ब्याटिङ रोजेको नेपालको सुरुआत राम्रो हुन सकेन्। ओपनर सुवास खकुरेल दोस्रो बलमै खाता नखोली आउट भए। ओपनरको भूमिकामा खेलेका उपकप्तान ज्ञानेन्द्र मल्लले अनिल मण्डलले मिलेर नेपालको स्कोरलाई २१ ओभरमा ७० रनमा पुर्‍याए। उनी २८ रन बनाई निजाकत खानको बलमा एलबिडब्लु आउट भए। ज्ञानेन्द्रले ५१ बल खेली ३ चौका प्रहार गरे। 
अर्को ओभरमा अनिल पनि ३७ रनमा आउट भए। ७४ बल खेलेका उनले ५ चौका प्रहार गरे। शरद भेषावकर १४ रन बनाई आउट भएपछि नेपाल ३० ओभरमा ११२–४ को स्थितिमा पुगेको थियो। 
पारसले वसन्तसँग मिलेर ५७ रनको साझेदारी गरी नेपाललाई सुरक्षित स्थितिमा डोर्‍याए। छैटौं नम्बरमा खेलेका वसन्तले ४१ बलमा ३ चौका प्रहार गर्दै ३१ रन बनाए। पारस ४३औं ओभरमा आउट भए। सुरुआतदेखि नै आक्रामक खेलेका पारसले ५४ बल खेली ६ चौका र २ छक्का प्रहार गरे। पृथु बाँस्कोटा १२ रनमा आउट भए। प्रदीप ऐरी २५ र शक्ति गौचन ५ रनमा अविजित रहे। अन्तिम ओभरमा छक्का प्रहार गरेका प्रदीपले २६ बल खेली २ चौका ठोके। हङकङका निजाकत, करण शाह र तानविर अफजलले २–२ विकेट लिए।
चोटका कारण पहिलो दुई खेल गुमाएका देब्रेहाते तीब्र बलर अमृतले पहिलो ओभरमै इरफान अहमदको महŒवपूर्ण विकेट लिएपछि नेपालले सुरुआतमै बलिङ लय समातेको थियो। शरद भेषावकरले इरफानको राम्रो रनिङ क्याच लिएको क्रिकइन्फोले जनाएको छ। हङकङ कप्तान जेम्स एटकिन्सनको क्याच पनि शरदले नै लिए। उनलाई पारसले आउट गरे। दुई रनपछि देव्रेहाते स्पिनर शक्तिले निजाकतलाई बोल्ड गरेपछि हङकङको खेलमा फर्कने सम्भावना समाप्त भएको थियो। 
कुवेतसँग २ सय ८० रन बनाएर पनि हारेपछि दोस्रो इनिङमा सतर्क भएर बलिङ गरेको शक्तिले नागरिकसँग बताए। 'कुवेतसँग त्यत्रो स्कोर बनाएर पनि हारेकाले सुरुदेखि नै हङकङलाई दबाबमा राख्ने योजना थियो। अमृतले पहिलो ओभरमै इरफान विकेट लिए र त्यसपछि बल पनि टर्न भइरहेको थियो,' शक्तिले भने।
ओपनर वाकास बारकतले १८, बाबर हायतले अविजित २५ र अफजलले २२ रन बनाई हङकङलाई तेहोरो स्कोरमा पुर्‍याए। अमृतले ८ ओभरमा १ मेडन राख्दै २६ र वसन्तले ९ ओभरमा ४ मेडन राख्दै २० रन खर्चे। पारसले ६ ओभरमा १ मेडन राख्दै ८ रन खर्चे। 
मलेसियासँगको सेमिफाइनल
अबुधावीस्थित शेख जायेद रंगशालामा एसिसी ट्रफी इलाइटको सेमिफाइनलमा उत्रँदा नेपाल र मलेसिया एक महिनाको अन्तरमा दोस्रोपटक जम्का भेट हुनेछन्। अघिल्लो महिना मलेसियामै सम्पन्न विश्व क्रिकेट लिग डिभिजन ४ को उपाधि जित्दा नेपालले घरेलु टोलीलाई १० विकेटले पराजित गरेको थियो। मलेसियालाई नेपालले ६९ रनमै रोक्दा शक्तिले १० ओभरमा ८ मेडन राख्दै २ रनमात्र खर्चेर ३ विकेट लिई अविस्मरणीय बलिङ गरेका थिए। 
एसिसी ट्रफीको सेमिफाइनलमा नेपाल र मलेसिया तेस्रोपटक भिड्न लागेका हुन्। यसअघि दुवै सेमिफाइनलमा नेपालले विजय पाएको थियो। २००२ मा सिंगापुरको एसिसी ट्रफीमा नेपालले मलेसियालाई २५ र कुवेतमा २०१० को पछिल्लो संस्करणमा ९ रनले पराजित गरेको थियो। दुवै टोली नेपाल फाइनलमा पुग्दा प्रशिक्षक रोय डायस थिए। झन्डै दुई वर्षअघि नेपाल छाडेका डायस पछिल्लो समय मलेसियाका प्रशिक्षक छन्। 
डिभिजन ४ बाट रेलिगेसनमा परेपछि डायसले टोलीमा ठूलो फेरबदल गर्दै सुरेश नवरत्नम् र राकेश माधवन जस्ता पुराना खेलाडीलाई हटाएका छन्। नवरत्नम्ले नेपालसँग दुई वर्षअघि सेमिफाइनलमा १ सय १५ रन बनाएका थिए। 
नागरिक राष्ट्रिय दैनिकमा असोज २४ गते प्रकाशित

No comments:

Post a Comment