फजलुर रहमान खान पेप्सी स्टयान्डर्ड चाटर्ड राष्ट्रिय एकदिवसीय क्रिकेटको फाइनलमा सतक बनाउने पहिलो खेलाडी बने। एपिएफसँग शुक्रबार फाइनलमा उनले १ सय २४ रन बनाए पनि भैरहवालाई दोस्रो पटक विजेता बनाउन सकेनन्। फाइनलमा खेलेको इनिङले फजलुरलाई प्रतियोगिताको उच्च रन स्कोरमात्र बनाएन्, यसै प्रतियोगिताबाट सुरु गरिएको इमर्जिङ खेलाडीको उपाधि पनि दिलायो। उनले ६ खेलमा ६१.२० औषतमा ३ सय ६ रन बनाए।
२०११ को जनवरी–फेब्रुअरीमा नेपाली यु–१९ टोली बंगलादेश भ्रमणमा तीन अभ्यास खेल खेल्दै थाइल्यान्ड पुगेको थियो। थाइल्यान्डमा नेपालले एसिसी यु–१९ इलिट कपमा प्रतिस्पर्धा गर्दा फजलुर पहिलो दुई खेलमा म्यान अफ द म्याचमा चुनिएका थिए। दोस्रो खेलमा फजलुरले ओमानविरुद्ध १ सय १ रन बनाएका थिए।
बंगलादेश र थाइल्यान्ड भ्रमणको पहिलो दुई खेलमा फजलुरको प्रदर्शनलाई उनकै भनाइमा उतारेको थिए। तर स्थान अभावका कारण मैले पठाएको समाचार नागरिक राष्ट्रिय दैनिकमा प्रकासित हुन सकेन्। त्यसैलाई यस ब्लगमा प्रकासित गरेको छु।
| ओमानविरुद्ध सतक प्रहार गरेपछि फजलुरलाई बधाइ दिदै नेपाली टोली व्यवस्थापक अरुण सत्याल। तस्विरः विनोद पाण्डे |










































